इटहरी । आधुनिक प्रविधिको विकाससँगै दैनिक प्रयोगबाट हराउँदै गएको परम्परागत जाँतोको स्मरण गराउने गरी मोरङको लेटाङमा नेपालकै सबैभन्दा ठुलो जाँतो पर्यटकको रोजाई बनेको छ। लेटाङ नगरपालिका–९ मा करिब १५ धुर क्षेत्रफलमा फैलिएको उक्त जाँतो हाल सार्वजनिक अवलोकनका लागि खुला गरिएको छ। देशको प्रमुख राजमार्गबाट ८ किलोमिटर दूरीमा रहेको जाँतो स्थलमा अहिले पर्यटकहरूको घुइँचो लाग्न थालेको छ। उक्त जाँतो कोशी प्रदेश सरकारको १० लाख रुपैयाँको सहयोग र स्थानीयवासीको ४ लाख बराबरको जनश्रमदानमा निर्माण गरिएको हो। जाँतोसँगै आकर्षक पार्क पनि निर्माण भइसकेको छ, जसले पर्यटकहरूलाई थप आकर्षण प्रदान गरिरहेको छ। जाँतोबाट नामकरण
इटहरी । डिभिजन वन कार्यालय झापाले हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा बढी राहत उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१(८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट एक करोड ९० लाख एक हजार ९९३ राहत उपलब्ध गराइएको डिभिजन वन कार्यालयका पशु चिकित्सक डा। सोनाम भलले जानकारी दिए । कार्यालयले ५१० हात्तीपीडित घरपरिवारलाई ६९ लाख ९३ हजार ५६५ र निर्देशनालयले ७३ हात्तीपीडित घरपरिवारलाई एक करोड २० लाख आठ हजार ४२८ राहत उपलब्ध गराएको उनले बताए । निर्देशनालयले हात्तीको आक्रमणबाट ज्यान गुमाएका १० जना मृतकको परिवारलाई प्रतिपरिवार १० लाखका दरले एक करोड, हात्तीको आक्रमणमा परी घाइते भएका १० जनालाई ११ लाख १८
इटहरीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । असार ८ गतेदेखि १३ गतेसम्म इटहरी मिलनचोक बुढीखोला छेउमा हुने सो मेलामा ग्राहकहरूले नागरिकताको आधारमा मात्र बजाजको बाइक फाइनान्स गर्न सक्नेछन् ।शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको कम्पनीले जनाएको छ ।इटहरीमा हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकहरूको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आउँने छन् । यी अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँ सम्मको बो
इटहरी । खोटाङको खोटेहाङ गाउँपालिकामा भौतिक पूर्वाधार विकास योजनाको काम ९० प्रतिशत सम्पन्न भएको पाइएको छ । आर्थिक वर्ष २०८१(८२ का लागि सडक, पुल, सिँचाइ योजना, विद्यालय भवन, सभाहल, कभर्डहल, चिस्यान केन्द्र, खेलमैदान निर्माणलगायतका शीर्षकमा भौतिक पूर्वाधार विकास योजना बनाएर गाउँपालिकाले बजेट विनियोजन गरेको थियो । वडा नं ९ रहेको खोटेहाङमा चालु आर्थिक वर्षका लागि विभिन्न शीर्षकका ११ भौतिक पूर्वाधार विकास योजना निर्माण गरिएको थियो । चालु आर्थिक वर्षका लागि निर्माण गरिएको भौतिक पूर्वाधार विकास योजनामा विनियोजन गरिएको रु १२ करोड ५४ लाख ८८ हजारमध्ये नौँ करोड ६० लाख ११ हजार खर्च भएको पाइएको हो । सङ्घ तथ
इटहरी । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपन्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक तथा विद्यालय र उत्कृष्ट कर्मचारीलाई गाउँपालिकाले बिहीबार पुरस्कृत गरेको हो । गाउँपालिकामा सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं ७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं १ लिकुवा पोखरीका मणिकुमार राई, नगदेबाली उत्पादन गर्ने वडा नं ३ सावाकटहरेका बलजित राई तथा पशुपन्छी पालनमा सबैभन्दा उत्कृष्ट हुने वडा
इटहरी । रामधुनी वडा नं ५ को वडा कार्यालयले रामधुनीस्तरिय अन्तर वडा क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने वडाका खेलाडीहरूलाई सम्मान गरेको छ। वडा नं। १ विरुद्ध ७ विकेटले विजय प्राप्त गरेको ५ नम्बर वडाको टिमलाइ्र्र वडाअध्यक्ष लेखनाथ बास्तोलाले सम्मान गरेका हुन् । उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्यले वडाले सम्मान गरेको बाँस्तोलाले बताए । खेलाडीहरूमा साइमन दाहाल, अमन कटवाल, अनुभव न्यौपाने, भुवन थापा, शिसिर भट्टराई, सन्जोग मल्लिक, आभास गेलाल, सेमनमतराज रेग्मी, गौरव चौधरी, राजेश थापा, अंकित गुरागाईं, निर्जल खतिवडा, भुपाल लुइटेल, सन्दिप कार्की, कृष शाह र प्रसान्त ने
इटहरी । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि ल्याइएको बजेट यथार्थपरक र सन्तुलित रहेको बताउनुभएको छ । कोशी प्रदेश सरकारले आइतबार प्रदेशसभामा पेस गरेको बजेटबारे जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले कृषि, स्वास्थ्य, सडक पूर्वाधार, सिँचाइ तथा ऊर्जा, सवारी अनुमतिपत्र, विपद् व्यवस्थापनलगायत क्षेत्रमा नयाँ–नयाँ कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँले २०८२ पर्यटन वर्षका रूपमा रहेको र हालसालै भएको लगानी सम्मेलनमा निजी क्षेत्रको उत्साहलाई मध्यनजर गरी उद्योग स्थापना, रुग्ण उद
इटहरी । प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट पछिल्लो एक महिनामा झण्डै २४ लाख रुपियाँ भेटी सङ्कलन भएको छ । जेठ महिनामा २३ लाख ९५ हजार रुपियाँ भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरणअनुसार उक्त रकम सङ्कलन भएको छ । वैशाखमा करिब ६१ लाख भेटी सङ्कलन भएको पाथीभरामा जेठमा खटेको समितिले जनाएको छ । पाथीभरा दर्शनका लागि प्रमुख सिजन समाप्त भएसँगै दर्शनार्थीको सङ्ख्या क्रमशः कम हुँदै गएकाले भेटी रकम पनि कम सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिनुभयो । तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीक
इटहरी । नेपालबाट भारततर्फ लैजाँदै गरेको ३२ लाख मूल्य बराबरको चाँदी र सुन जस्तो पहेँलो देखिने साढे पाँच किलो पहेँलो धातु प्रहरीले इलामको पशुुपतिनगर चारमाईलबाट बरामद गरेको छ । आइतबार राति करिब १२ः३० बजे गस्तीमा खटिएको प्रहरी टोलीले सूूर्योदय नगरपालिका–२ चारमाइलबाट भारत हिमाचल प्रदेशको कुल्लुु परगानुका २८ वर्षीय अभिनाश बोध, सोही स्थानमा ३५ वर्षीय रवि कुुमारको झोला चेकजाँच गर्दा चाँदी २८ किलो र पहेँलो धातुु समेत बरामद गरिएको इलामस्थित सशस्त्र प्रहरीले जनाएको छ । सेतो धातुपरिक्षण गर्दा १७ हजार चार सय ग्राम चाँदीसहित अन्य गरगहना गरेर ३२ लाख ६९ हजार ५५७ रुपियाँ कायम भएको र पशुुपतिनगरस्थित भन्सार कार्
इटहरी । कोशी प्रदेश सरकार पुँजीगत खर्चमा कमजोर देखिएको छ । प्रदेशले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विनियोजित बजेटमा पुँजीगत शिर्षकमा जम्मा ३९.२८ प्रतिशत खर्च गरेको हो । सो प्रदेशले वैशाख मसान्तसम्म पुँजीगततर्फ ६ अर्ब ८१ करोड ८६ लाख अर्थात् ३९.२८ प्रतिशत र चालुतर्फ नौ अर्ब ३१ लाख अर्थात् विनियोजनको ५५.३ प्रतिशत खर्च भएको जनाएको छ । सो प्रदेशले चालु आर्थिक वर्षमा ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये चालुतर्फ १७ अर्ब ९० करोड १० लाख र पुँजीगततर्फ १७ अर्ब ३५ करोड ८२ लाख र वित्तीय हस्तान्तरणतर्फ दुई करोड बजेट विनियोजन गरेको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.