इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं १०  जिरीखिम्तीमा रहेको मेघा बहुउद्देश्यीय परियोजना अन्तर्गत विधुतीय चार्जिङ स्टेसन उद्घाटन भएको छ । शुक्रबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले उक्त विद्युतीय चार्जिङ स्टेसन उद्घाटन गर्नुभएको हो । मेघा बहुउद्देश्यीय परियोजना अन्तर्गत विधुतीय चार्जिङ स्टेसन संचालन गरिएको प्रबन्धक तथा निर्देशक देउमान सम्वाहाम्फेले  बताउनुभयो । कुल ७ कट्ठाको क्षेत्रफलमा संरचना सहित ७ करोड  रुपैयाँ बराबरको लगानीमा मेघा परियोजना अन्तर्गत विद्युतीय चार्जिङ स्टेसन स्थापना भएको उहाँले जानकारी दिनुभयो । उक्त अवसरमा संविधानसभाका सभासद चण्डीप्रसाद राई, वडाध्यक्ष भीमकुमार राई, उक्त परियोजनाका सञ्चालक सदस्यहरू ,  उद्योगी व्यवसायी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उक्त स्टेसन सञ्चालनका लागि आवश्यक ’इलेक्ट्रोनिक भोल्ट’ कम आपूर्ति भएको भन्दै सञ्चालक समितिले विद्युत प्राधिकरणको वितरण केन्द्रसित गुनासो राखेको छ ।