आर्थिक

    Showing ५६१-५७० of १,२०४ items.
  • भोजपुरको कोटमा प्रसूति भवन निर्माण

    इटहरी । टेम्केमैयुङ–६ को प्रयासमा रु २५ लाखको लागतमा कोटमा प्रसूति भवन निर्माण भएको छ । भवन निर्माणसँगै सेवा प्रवाहको तयारी पनि भएको छ ।  वडाध्यक्ष सूर्यप्रसाद नेपालका अनुसार सङ्घीयता कार्यान्वयनसँगै साविकको एक वडालाई विभाजन गरेर दुई वडा बनाइएकाले आधारभूत संरचना नभएका स्थानमा स्वास्थ्य सेवा विस्तारका लागि भवन निर्माण गरिएको हो । भवन बनेपछि प्रसूति सेवा लिनका लागि घण्टौँ लगाएर स्टेचर तथा डोकोमा  बोकेर जिल्ला अस्पताल लैजानु पर्ने बाध्यता अत्य हुने  वडासदस्य प्रेमकुमारी श्रेष्ठले बताउनुभयो   । 

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • ३२१ पटक पढिएको
  • बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै

    इटहरी । सङ्घ, प्रदेश र स्थानीय तहको लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर सडक धमाधम कालोपत्र भइरहेको छ । सडक डिभिजन कार्यालयका सबइञ्जिनियर मदन साहका अनुसार हर्कलाल मार्ग, बुट्टाबारी ९प्याकुरेल चोक० सडक, गोकुल जोशी मार्ग र सहिदचन्द्र मार्ग सडकको स्तरोन्नति अन्तिम चरणमा पुगेको छ । नगरका २, ३, ४, ६, ७ र ९ नम्बर वडालाई जोड्ने ती सडकको निर्माण लागत रु एक अर्बभन्दा बढी छ । चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम कालोपत्र भइरहेको छ । विश्व बैंकको आर्थिक सहयोग रहेको वडा नम्बर ६, ७ र ८ जोड्ने छ किलोमिटर २५८ मिटर लामो सडकमा हाल कालोपत्र भइरहेको छ । जेठको तेस्रो सातासम्ममा निर्माण सम्पन्न

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • २५२ पटक पढिएको
  • झापाको मेचीनगरमा आगलागीका कारण ११ लाख बराबरको क्षति

    इटहरी । झापाको मेचीनगरमा आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज मेचीनगर ९ थोप्ले विरान निवासी मणिराज अधिकारीको घरमा आगलागी हुँदा १० लाख ८० हजार बराबरको क्षति भएको हो । विद्युत ‘सर्ट’ भई आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, फर्निचरसहितका सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी स्थानीयवासी, प्रहरी र मेची नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको हो । 

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • ३५७ पटक पढिएको
  • भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटार स्थित कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    इटहरी । अरुण गाउँपालिका–७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’ पहाडको संरक्षण थालिएको छ । यी सुन्दर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ संरक्षण तथा विकास थालिएको हो । कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताउनुभयो । कैलाश डाँडाको संरक्षणका लागि पदमार्गसँगै आवश्यक संरचना निर्माण भइरहेको उहाँको भनाइ छ । कैलाश डाँडाबाट नजिकै रहेको हरित हिलसम्म पुग्नका लागि पनि पदमार्ग बनिरहेको वडाध्यक्ष थापाले बताउनुभयो ।प्रदेश सरकारबाट प्राप्त रु पाँच लाख बजेटबाट यहाँ कैलाश पर्वतसम्म पुग्ने पदमार्ग निर्माण गरिएको वडाध्यक्ष थापाले ज

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • ३८८ पटक पढिएको
  • चट्याङबाट पछिल्लो चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    इटहरी । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको जोदिममा रहेका जानकारी दिनुभयो । उहाँका अनुसार विसं २०७८ साउन १ देखि विसं २०८२ जेठ ५ गतेसम्ममा चट्याङका एक हजार ११८ वटा घटना भएका छन् भने एक हजार ६०७ परिवार प्रभावित बनेका छन् । विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौँ स्थानमा पर्ने उहा

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • ३७५ पटक पढिएको
  • इलामको कन्याममा कोशी प्रदेशस्तरीय फोटो प्रदर्शनी

    इटहरी । इलामको प्रमुख पर्यटकीय गन्तव्य कन्याममा कोशी प्रदेशस्तरीय फोटो प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न भएको छ । कोशी प्रदेशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा कोशी प्रदेशभित्रका ६० उत्कृष्ट फोटो छनोट गरी प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनीमा राखिएका ६० फोटोमध्ये फोटो पत्रकार एपी तोलाङको तिङबुङ पोखरीको फोटो प्रथम भएको छ । प्रतियोगितामा वसन्त लिम्बू दोस्रो, डेविड ओझा तेस्रो, निशान्त राना चौथो तथा मनोज बस्नेत पाँचौँ स्थानमा पर्नुभएको छ । कार्यक्रममा उत्कृष्ट पाँच फोटोग्राफर र फोटो पत्रकारलाई क्रमशः नगद २५ हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजा

    • प्रकाशित मितिः जेठ ६, २०८२
    • ३११ पटक पढिएको
  • मुन्दम पदमार्गमा ‘राष्ट्रिय चित्रकला कार्यशाला’ २०८२ सुरु

    इटहरी । मुन्दुम पदमार्गको विकास तथा प्रवद्र्धन गर्न यहाँको पर्यटकीयस्थल चखेवामा क्यानभासमा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्यशाला’ २०८२ सुरु भएको छ । मुन्दुम पदमार्गका रहेको विभिन्न प्राकृतिक सौन्दर्यसँगै कला संस्कतिलाई चित्रमा उतार्नका लागि तीनदिने चित्रकला कार्यशाला सञ्चालन गरिएको हो । कार्यशालामा २० जना राष्ट्रिय चित्रकारको सहभागिता रहेको छ । कलाकारहरुले मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि ऐतिहासिक, प्राकृतिक, धार्मिक सांस्कृति तथा किरात सस्कृतिसँग जोडिएका विभिन्न मिथक, बिम्बहरुलाई चित्रमा उतार्ने चित्रकला विभागका प्रमख सञ्जय बान्तावाले जानकारी दिनुभयो । कलाको माध्यमबाट यहाँको रैथाने संस

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • ५३८ पटक पढिएको
  • झापाको बिर्तामोडबाट तीन भारतीय कन्टेनर नियन्त्रणमा

    इटहरी । प्रहरीले झापाको बिर्तामोडबाट कृषि औजार बोकेका तीनवटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रवीण श्रेष्ठका अनुसार कन्टेनरमा भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको फसल काट्ने मेसिन, पराल संकलक मेसिन र तिनमा प्रयोग हुने सामान पाइएको छ । आइतबार साँझ बिर्तामोड नगरपालिकाका ५ मा चेकजाँच गर्दा भारतको नागाल्यान्डबाट काँकडभिट्टा नाका हुँदै ती सामान नेपाल ल्याइँदै गरेको पाइएको श्रेष्ठले बताए । एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका कन्टेनरमा तीन करोड ६१ लाख रुपैयाँबराबरको कृषि औजार भेटिएको थियो । ती कन्टेनरलाई आवश्

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • २८४ पटक पढिएको
  • गाईघाट बजार सुरक्षाका लागि दुई स्थानमा स्थायी ुप्लमवालु तटबाँध निर्माण सम्पन्न

    इटहरी। उदयपुर सदरमुकाम गाईघाट बजार सुरक्षाका लागि बाढी प्रभावित क्षेत्रमा तारजालीमा ढुङ्गा भर्ने तथा सिमेन्ट छड जडान गरेर बनाइएको स्थायी प्रकृतिको ‘प्लमवाल’ सहितको तटबाँध निर्माणको काम सम्पन्न भएको छ । अघिल्लो वर्ष असोज १२ गते परेको अविरल वर्षाका कारण स्थानीय बरुवाखोलामा आएको बाढीले पुरानो बाँध बगाएर मानवबस्तीमा बाढी पसेपछि वर्षाकालीन अवस्थामा असुरक्षित हुँदै आएको गाईघाट बजार तटबाँध निर्माण भएपछि धेरै सुरक्षित बनेको स्थानीय बासिन्दाले बताएका छन् । बरुवाको बाढीले पुरानो बाँध भत्काएकै स्थानमा ५६ मिटर लामो कङ्व्रिmट वाल र अर्को प्रभावित क्षेत्रमा ६० मिटर लम्बाइ तथा तीन मिटर चौडाइको ढुङ्गा जालीको

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • २८६ पटक पढिएको
  • रामधुनी मन्दिर परिसर क्षेत्रमा १०८ धारा बनाउन सुरु

    इटहरी । रामधुनी मन्दिर परिसर क्षेत्रमा १०८ धारा बनाउन सुरु गरिएको छ । भगवान् रामको पाउ स्पर्श भएको मन्दिर परिसर क्षेत्रमा धारा बनाउन सुरु गरिएको हो । सङ्घीय पर्यटन मन्त्रालय र रामधुनी नगरपालिकाको ५०र५० प्रतिशत अनुदान सहयोगबाट निर्माण हुने धारा, मण्डपसहित कमलकुण्ड पोखरीको सौन्दर्यीकरण गर्न सुरु गरिएको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताउनुभयो । उहाँका अनुसार सङ्घीय पर्यटन मन्त्रालय र रामधुनी नगरपालिकाबाट बजेट छुट्याएपछि मन्दिर क्षेत्रमा भौतिक संरचना बनाउन सुरु गरिएको छ । एक करोड ३४ लाख ५६ हजार १०९ रुपियाँ पाँच पैसा बजेटमा ठेक्का लागेर मन्दिरपरिसर क्षे

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • ४७० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]