बिवस पराजुली

इटहरी । नेपालको लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले इटहरीमा नयाँ आधिकारिक डिलर भवानी शंकर एण्ड सन्स मार्फत सुजुकीको नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । डिलरशिपको उद्घाटनको अवसरमा कम्पनीले असार ५ देखि ९ गतेसम्म टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प र असार ५ देखि १५ गतेसम्म विशेष सर्भिस क्याम्प सञ्चालन गरिरहेको छ ।

कम्पनीका अनुसार, क्याम्प अवधिभर ग्राहकहरूले सुजुकीका विभिन्न मोडेल परीक्षण गर्न, पुराना गाडी साट्न तथा विभिन्न विशेष अफर तथा सेवाहरूको लाभ लिन सक्नेछन् । टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्पमा सहभागी भई नयाँ गाडी खरिद गर्ने ग्राहकले मोडेल अनुसार २ लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको निःशुल्क सवारी बीमा, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, २० हजार रुपैयाँ सम्मको लोयल्टी बोनस, साथै सिट कभर, म्युजिक सिस्टम लगायतका विभिन्न एसेसोरीज निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

क्याम्प अवधिभर अतिरिक्त २० हजार रुपैयाँको नगद छुट पनि प्रदान गरिनेछ । यस्तै, विशेष सर्भिस क्याम्पमा सहभागी हुने सुजुकी गाडीका ग्राहकहरूले निःशुल्क चेकअप तथा कार वास, साथै पाट्र्समा १५ प्रतिशत र लुब्रिकेन्टमा १० प्रतिशत छुट पाउनेछन् । डिलरशिपको उद्घाटनमा भवानीशंकर एन्ड सन्स प्रा.लि.का प्रबन्धक निर्देशक मिशन पराजुलीले सुजुकीको व्यापक र विश्वसनीय सेवा अब इटहरीमै सहज रूपमा उपलब्ध हुने जानकारी दिनुभयो ।

दीर्घकालीन सम्बन्ध र सन्तुष्टिपूर्ण सेवालाई प्राथमिकता राखेको सुजुकीका गाडीहरू उच्चमाइलेज, कम सञ्चालन खर्च, आधुनिक प्रविधि र देशभर फैलिएको सर्भिस नेटवर्कका कारण सबैभन्दा बढी रुचाइएका ब्रान्डहरूमध्ये पर्ने उहाँको भनाइ छ । सेवा सुविधा सहित सजिलै यात्रा गर्न सकिने भएकाले सुजुकीको सवारीसाधन मन परेको ग्राहक प्रभास काफ्लेले बताउनुभयो ।

उहाँले विदेशमा रहँदा पनि सुजुकीकै सवारीसाधन प्रयोग गर्नु भएकाले नेपाल आएपछि पनि यही ब्रान्ड रोज्नुभएको जानकारी दिनुभयो । उक्त अवसरमा नयाँ ग्राहकलाई गाडीको डेलिभरी पनि गरिएको थियो । ग्राहकको हातमा साँचो हस्तान्तरण गर्दै ‘ड्राइभ योर ड्रीम्स’ को सन्देश दिइएको थियो ।