आर्थिक

    Showing ६४१-६५० of १,२४६ items.
  • कोशीको लगानी सम्मेलन , ७१ परियोजना तयार, १ खर्ब ७१ अर्ब लगानी जुटाउने लक्ष्य

    इटहरी । कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गर्ने प्रदेश लगानी सम्मेलनको तयारी पुरा भएको छ । १८ र १९ वैशाखमा विराटनगरमा लगानी सम्मेलन हुँदैछ । सम्मेलनको तयारी पूरा भएको कोशी प्रदेश लगानी प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए । उनका अनुसार सम्मेलनका लागि ७१ वटा परियोजना प्रस्तुत गरिनेछ । ती परियोजनाको लागत १ खर्ब ७१ अर्ब हाराहारी छ । विराटनगरको वीरेन्द्र सभागृहमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी रहेको कोइरालाले बताए । सम्मेलनमा पर्यटन, पूर्वाधार, कृषि, औद्योगिक, ऊर्जा, सूचना प्रविधि र फोहोर व्यवस्थापनलगायत शीर्षक ७१ वटा परियोजना राखिने उनले

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • ६८२ पटक पढिएको
  • आर्थिक सङ्कटबाट गुज्रिरहेको उदयपुर सिमेन्ट उद्योग छ महिनापछि पुनर्सञ्चालनमा

    इटहरी । आर्थिक सङ्कटबाट गुज्रिरहेको उदयपुर सिमेन्ट उद्योग छ महिनापछि पुनर्सञ्चालनमा आएको छ । अदालत र कर्मचारी संयन्त्रको अवरोधले छ महिनादेखि बन्द उद्योग बिहीबार रातिदेखि सञ्चालनमा आएको हो । बिहीबार रातिदेखि उद्योग सञ्चालनमा आएका  निमित्त महाप्रबन्धक महेश साहले जानकारी दिनुभयो । मेसिन उपकरण सञ्चालनमा रहेकाले बिहीबार रातिदेखि क्लिङ्कर उत्पादन सुरु भएको हो । पहिलो दिन नै उद्योगले चार हजार बोरा सिमेन्ट उत्पादन गरिसकेको साहले जानकारी दिनुभयो । दैनिक चार सय मेट्रिक टन क्लिङ्कर उत्पादन हुने उद्योगसँग १२ दिनसम्म पुग्ने कोइला र डिजेल मौजुदा छ । यो अवधिमा उत्पादित क्लिङ्करबाट सिमेन्ट बिक्री गरी पुँ

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • ३८० पटक पढिएको
  • इटहरीको संगीतचौकमा 'गाँजा स्टोर' सन्चालनमा

    इटहरी / काठमाडौँ र पोखरा र कोशी प्रदेशको बिर्तामोड पछी प्रमुख सहर इटहरीमा पनि ‘गाँजा स्टोर’ को शाखा सञ्चालनमा आएको छ। इटहरीको संगीत चोकमा स्थापना गरिएको नयाँ शाखाबाट गाँजाबाट उत्पादन गरिएका विभिन्न सामग्रीहरू बिक्री वितरण सुरु गरिएको सञ्चालक उमेश थाापाले जानकारी दिएका छन्।‘गाँजा स्टोर’ मा गाँजाको रेशाबाट निर्मित कपडा, झोला, लुगा, जुत्ता, चप्पल, बेल्ट लगायतका सामग्रीहरू सजिलै उपलब्ध छन्। साथै, सौन्दर्य सामग्री, तेल, साबुन लगायतका गाँजाबाट तयार पारिएका उत्पादनहरू पनि उपभोक्तालाई उपलब्ध गराइएको छ।स्वदेशी उत्पादनलाई प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ स्टोरको स्थापना गरिएको सञ्चालक थापा बताउँछन्।

    • प्रकाशित मितिः वैशाख १३, २०८२
    • १,१५२ पटक पढिएको
  • जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या

    इटहरी । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिएको छ । प्रवद्र्धक कम्पनी थ्री–स्टार हाइड्रोपावर कम्पनीले उत्पादन गरेको साप्सुखोला जलविद्युत् आयोजनाको विद्युत् विसं २०७८ पुसमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । राजापानीको बेलडाँडास्थित पावर हाउस ९विद्युत्गृह०बाट उत्पादन गरिएको जलविद्युत् दुई दशमलव पाँच किलोमिटरमाथि राजापानीकै पर्ने पुरानो गाउँमा निर्माण गरिएको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । करिब रु एक अर्ब ५० करोड लगानीमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको छ । चार किलोमिटर टाढा पर्ने स

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • ३०५ पटक पढिएको
  • गाउँ फर्किने परिवारलाई खोटाङको वराहपोखरी गाउँपालिका द्धारा एक लाख प्रदान

    इटहरी । खोटाङको वराहपोखरी गाउँपालिकाले गाउँ फर्किने परिवारलाई एक लाख रुपियाँ प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपियाँ दिएको हो । वराहपोखरी गाउँपालिका–६, मौवाबोटेका बोदबहादुर खड्काको परिवार २०६३ सालमा सप्तरी बसाइँसराइ गरेर गएका थिए । गाउँबाट गएको १८ वर्षपछि उनीहरू पुनः गाउँ फर्किएका हुन् । पछिल्लो समय बसाइँसराइले गाउँ खाली हुँदै गएको छ । गाउँ छाडेर जानेको सङ्ख्या वृद्धि भइरहेको अवस्थामा गाउँ फर्किनेलाई प्रोत्साहनका लागि गाउँपालिकाले रकम प्रदान गरेको जनाएको छ । केही महिनाअघि गाउँ फर्किएका खड्काको परिवारलाई गाउँपालिका अध्यक्ष श

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • ३९० पटक पढिएको
  • नौ महिनामा झापा जिल्लाको पुँजीगत खर्च ३७।५ प्रतिशत

    इटहरी ।  झापा जिल्लाको चालु आर्थिक वर्षको नौ महिनामा पुँजीगत खर्च ३७।५ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड विनियोजन भएकामा चैत मसान्तसम्म चार अर्ब एक करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । समग्रमा जिल्लामा १५ अर्ब २१ करोड २५ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ रुपैयाँ राजस्व संकलन भएको छ  । 

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • ३८६ पटक पढिएको
  • सुनसरीको कोशी गाउँपालिकामा आगलागी हुँदा ६० लाख रुपैयाँको क्षति

    इटहरी ।  सुनसरीको कोशी गाउँपालिका–६ मा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो ९घुरा० ले आगलागी हुँदा पाँच परिवारका १० वटा घर जलेर नष्ट भएको छ । स्थानीयवासी बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुशीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता एवम् प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिनुभयो । हिजो बाबुनन्दको घरबाट आगलागी शुरू भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको दमकलको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयले जन

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • ४२७ पटक पढिएको
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरोपीडित परिवारलाई स्थायी पुनर्वासका सुरु

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरोपीडित परिवारलाई स्थायी पुनर्वासका लागि प्रक्रिया अगाडि बढाइएको छ । करिब १८ महिनाअघिदेखि अस्थायी टहरामा बसोवास गर्दै आइरहेका ६५ परिवारका लागि गाउँपालिकाले स्थायी पुनर्वासको पहल सुरु गरेको हो । स्थायी एकीकृत आवास केन्द्र निर्माण गर्न पालिकाको ३ नम्बर वडा लुकुवामा करिब ७० रोपनी जग्गाको टुङ्गो लगाइएको प्रवक्ता चन्द्र तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सो जग्गाको माटो परीक्षणका लागि पठाइएको छ । रिपोर्ट प्राप्त हुनासाथ जग्गा प्राप्तिका लागि थप प्रक्रिया अघि बढाइने प्रवक्ता तामाङको भनाइ छ । पीडितलाई प्रतिपरिवार एकरएक रोपनी जग्गा प्रदान गरिने ग

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • २५१ पटक पढिएको
  • कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा

    विराटनगर।कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा भएको छ। सम्मेलनको तयारीबारे आज आयोजित पत्रकार सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मेलनको तयारी पुरा भएको जानकारी दिनुभयो । सोकेस गर्ने आयोजना, लगानीका लागि रहेको बाधा हुने खालका कानुन संशोधन गर्ने प्रकृया लगायतका सबै विषयमा तयारी पूरा भएको उहाँले बताउनुभयो।लगानी सम्मेलनमा मुख्य गरी पर्यटन क्षेत्रका योजनाहरु समेटिएको र त्यसबाहेक उद्योग र आइटी क्षेत्रलाई पनि समेटेको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो। मुख्यमन्त्री कार्कीले संघीय सरकार सँगको समन्वयमा कानुन संशोधन र आवश्यक पर्ने नीतिहरू संशोधन गर्न बताउनुभयो। उह

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • ३८५ पटक पढिएको
  • कोसी प्रदेशमा सवारी कर बाँडफाँट ः २२ स्थानीय तहलाई करोडमाथि, चारवटालाई ४० लाखभन्दा कम

    इटहरी । आगामी आर्थिक वर्ष २०८२ र ८३ का लागि कोसी प्रदेश सरकारले स्थानीय तहमा बाँडफाँट हुने सवारीसाधन करको हिस्सा र अनुमानित सीमा सार्वजनिक गरेको छ ।  आइतबार कोसी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले त्यससम्बन्धी विवरण सार्वजनिक गरेको हो । प्रदेश मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट भएको बाँडफाँट हिस्सासम्बन्धी सिफारिसअनुरुप विवरण सार्वजनिक गरिएको हो । आर्थिक मामिला तथा योजना मन्त्रालयले सवारी कर अनुमानित आय र बाँडफाँटको विवरण सबै स्थानीय तहलाई पठाएको छ । कोसी प्रदेशमा १३७ स्थानीय तह रहेका छन् । आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्षका लागि को

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • ४९२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]