इटहरी ।  झापा जिल्लाको चालु आर्थिक वर्षको नौ महिनामा पुँजीगत खर्च ३७।५ प्रतिशत भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार झापाका लागि पुँजीगततर्फ १० अर्ब ७० करोड विनियोजन भएकामा चैत मसान्तसम्म चार अर्ब एक करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । समग्रमा जिल्लामा १५ अर्ब २१ करोड २५ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । चालु आवको चैत महिनासम्म १५ अर्ब २२ करोड ७३ लाख ६० हजार ९११ रुपैयाँ राजस्व संकलन भएको छ  ।