धरान । २५ औं संस्करणको टेष्टी टेष्टी गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १७ नं. वडालाई पराजित गर्दै १४ नं. वडा फाइनलमा प्रवेश गरेको छ ।मंगलबार साँझ भएको दोस्रो सेमिफाइनल खेलमा १७ नं. वडालाई ३–२ गोल अन्तरले पराजित गर्दै १४ नं. वडा फाइनलमा प्रवेश गरेको हो । खेलको सुरुवातमा नै विवाद भएपछि आधा घण्टा खेल अवरुद्ध भएको थियो । १४ नं. वडाका डिफेन्सले डिबक्स भित्र १७ नं. वडाका तपन कार्कीलाई फल गरेको भन्दै निर्णायक मो. फारुख अहमदले १७ नं. वडालाई पेनाल्टी प्रहार गर्न दिएपछि खेलमा विवाद भएको थियो । खेल सुरु भएको तेस्रो मिनेटमा नै भएको विवादका कारण १४ नं. वडाका खेलाडीले खेल्न नमानेपछि आयोजकले सहजीकरण गरेको थ
इटहरी । मोरङको पथरी शनिश्चरेमा प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता (२०८१ सुरु छ। आईतबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले फुटबल खेलका प्रमुख अम्पायरलाई हस्तान्तरण गर्दै उद्घाटन गर्नुभएको हो। पथरी शनिश्चरे वडा नं १ द्वारा आयोजित सो प्रतियोगिता आगामी २५ गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा नगरका १० वटै वडा फुटबल टिमहरूले सहभागिता जनाएका छन्। आईतबारको उद्घाटन खेलमा वडा नम्बर १ ले वडा नम्बर ३ लाई खेल नियमअनुसार ुसडेन डेथु ७(६ गोल अन्तरले पराजित गर्दै गोल गर्दै विजय हासिल गरेको थियो। खेलको निर्धारित समयमा दुवै टिम ब
इटहरी । सहिद भीमनारायण गोल्डकपको १७ औँ संस्करण आइतबारबाट धनकुटामा सुरु भएको छ । धनकुटास्थित तल्लो टुँडिखेलमा भएको उद्घाटन खेलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३(१ गोलले हराउँदै सप्तरीको नमोबुद्ध युथ क्लब दोस्रो चरणमा प्रवेश गरेको छ । सप्तरीले पहिलो हाफमै तीन गोल गरेको थियो । सप्तरीको तर्फबाट निर्मल घिसिङ, मिक्सम दास र मोहित गुरुङले गोल गर्नुभयो । आयोजकको तर्फबाट दोस्रो हाफमा दिपेन शाक्यले गोल गर्नुभयो । प्रतियोगिता चैत्र २३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित पाँच लाख रुपियाँ र उपविजेताले दुई लाख ५० हजार रुपियाँ प्राप्त गर्ने छ । प्रतियोगितामा आठ टिमको सहभागिता
इटहरी । पाँचथरको फालेलुङमा आयोजित ५५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार राशीको म्याराथन प्रतियोगितामा ताप्लेजुङका रमेश तावाहाङ प्रथम हुनुभएको छ। उहाँले निर्धारित ४४ किलोमिटर दुरी तीन घण्टा २३ मिनेट, ५८ सेकेन्डमा दुरी पार गर्नुभयो। यसैगरी पाँचथर फिदिमका विशाल राई तीन घण्टा २९ मिनेटमा दुरी पार गर्दै दोस्रो तथा विभागीय क्लब त्रिभुवन आर्मीका राजन मेयोङवा तीन घण्टा ३८ मिनेट ३० निर्धारित दुरी पार गरेर तेस्रो हुनुभयो। प्रतियोगितामा सहभागी ४६ जना धावकलाई पछि पार्दै उहाँ पुरस्कृत हुनुभएको हो। प्रतियोगिताका विजेताले ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २७ हजार २ सय २७ र तेस्रो हुनेले १२ हजार दुई सय १२ रुपियाँ नगद
धरान । २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा १८ नं. वडा र ११ नं. वडा विजयी भएका छन् । धरानमा भइरहेको रात्रिकालिन प्रतियोगितामा १९ नं. वडा १८ नं. वडासँग स्तब्ध हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । २–१ ले अघि रहेको अवस्थामा अन्तिम मिनेटमा गोल खादै १९ नं. वडा विजयी हुनाबाट बञ्चित भयो । प्रबल राईले खेलको २३ औं मिनेटमा गोल गर्दै १८ नं. वडालाई सुरुवाती अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा प्रमेश राईको गोल मार्फत् वडा नं. १९ ले खेललाई बराबरीमा ल्यायो । खेलको ६१ औं मिनेटमा गोल अतित राईले १९ नं. वडाकालागी गोल गर्दै टोलीलाई २–१ गोल अन्तरको अग्रता बन
इटहरी । साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारमा वैशाख १७ गतेदेखि साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । आयोजक डाँडाबजार फुटबल क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख १७ देखि २० गते सम्म साँगुरीगढी चौथो डाँडाबजार गोल्डकप हुन लागेको जानकारी दिएको हो। डाँडाबजार खेलमैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले ३ लाख सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । त्यस्तै उपविजेता टिमले नगद १ लाख ५५ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक डाँडाबजार फुटबल क्लबले जनाएको छ । हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै सर्वोत्कृष्ट खेलाडी र विधाग
इटहरी । आगामी वैशाख दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव(२०८२’ सञ्चालन हुने भएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा वैशाख(१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने महोत्सवमा ६३ वटा पदकका लागि एथलेटिक्ससहित खुला ब्याडमिन्टन, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई र
मोरङ : मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर - ६ मा प्रथम सिद्धार्थ खुल्ला कप फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ। हाम्रो आव्हान खेल र खेलाडीको प्रोत्साहन भन्ने मूल उदेस्यका साथ सिद्धार्थ युवा समाज क्लव सुन्दरहरैंचा - ६ आयोजनामा प्रतियोगिता सुरु भएको हो। कार्यक्रमका प्रमुख अथिति वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष लिङ्देनले ब्यानर पढेर खेल उद्घाटन गरेका थिए। खेल उद्घाटन गर्दै वडा अध्यक्ष लिङ्देनले सिद्धार्थ युवा समाज क्लवले पहिलो पटक खुल्ला फुटबल आयोजना गरेकोमा खुशी ब्यक्त गर्दै खेलाडीहरुलाई शुभकामना दिए। १२ टीमको सहभागिता रहेको उक्त प्रतियोगिता चैत २१ गते फाइनल खेल हुने स
इटहरी । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा सम्पन्न कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा झापाका जुनुन राई र निरज सिलवालको जोडी प्रथम हुनुभएको छ । सुनसरीका लाक्पा शेर्पा र ज्योतिहाङ राईको जोडीलाई पराजित गर्दै राई र सिलवालको जोडी प्रथम भएको हो । प्रथम बनेको राई र सिलवालको जोडीले ट्रफीसहित ४० हजार रुपियाँ नगद पुरस्कार पाएको छ । उविजेता बनको शेर्पा र राईको जोडीले ३० हजार रुपियाँ नगद पुरस्कारमा चित्त बुझाउनुपरेको छ । यस्तै, प्रदेशस्तरीय भेट्रान्सतर्फ पाँचथरको दीपक आङ्देम्बे र गणेश राई प्रथम हुनुभएको छ । ताप्लेजुङको मानबहादुर पालुङ्वा र अमृत लिम्बूको जोडीलाई पराजित गर्दै प्रथम बनेको
इटहरी । तेस्रो गोर्खा ट्रेल ब्लेजर १० किलोमिटर खुला दौड प्रतियोगितामा पुरुषतर्फ तेह्रथुमका सुरज लिम्बु र महिलामा पाँचथरकी पुष्पा शेर्मा पहिलो हुनुभएको छ । गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको आयोजना र धरान–१८ को वडा कार्यालयको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा शनिबार भएको प्रतियोगितामा लिम्बुले ३४ मिनट ४५ सेकेन्डमा उक्त दुरी पूरा गर्नुभएको थियो । शेर्माले ४५ मिनट ३४ सेकेन्डमा दौड पूरा गर्नुभयो । पुरुषतर्फ ओशन राई दोस्रो र स्काई लिम्बु तेस्रो हुनुभयो । महिलातर्फ दिपा बस्नेत दोस्रो र इन्द्रकला नेम्वाङ निक्की तेस्रो हुनुभयो । विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशस् २० हजार, १० हजार र पाँच ह
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.