इटहरी । तहरामा भएको नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा समुह ’क’ अन्तरगत धनबहादुर पुरी र प्रदिप श्रेष्ठको टिम बिजयी भएको छ । इटहरी २० तरहरामा तरहरा ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा पुरी र श्रेष्ठको टिम बिजयी भए भने राजकुमार राइ र राम तामाङको टिम उपबिजेता बन्यो । तीन समुह चरणमा भएको प्रतियोगितामा ख समुहबाट रबिन बस्नेत र मेम कुमार राईको टिम प्रथम भएको छ । उपबिजेतामा आशिष श्रेष्ठ र गिता तामाङले चित्त बुझाए । त्यस्तै समुह ग बाट सिम्रन मगर र प्रेमको टिम बिजयी भए भने उपबिजेतामा ललित मगर र तिलकले बाजी मारे । प्रतियोगिताको बिजेताले नगद १० हजार र ट्रफि ,उपबिजेताले नगद ५ हजार र ट्रफि
इटहरी । गत महिना परेको अविरल बर्षाका कारणका डुवानमा परेका बराहक्षेत्र नगरपालिका वडा नं.–६ का ४६ घरधुरी बाढीपीडितलाई लायन्स क्लबले राहत वितरण गरेको छ । बराहक्षेत्र नगरपालिका वडा नं.–६ का वडा अध्यक्ष उद्वब प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ सी का डिस्ट्रिक गभर्नर बिकास अधिकारीको अध्यक्षतामा उक्त राहत सामाग्री वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ सीका लायन्स नेताहरू सहित स्थानीय लायन्स क्लब अफ सप्तकोसी डायनामिकका लायन्सकर्मीहरूको उपस्थिति रहेको थियो । प्राकृतिक विपत्तिका बेला लायन्स इन्टरनेसनलले पठाएको राहत सामाग्री स्थानीय लायन्स
छविराज ढकाल पथरिशनिश्चरे / बेलबारीमा भएको ७ औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको उपाधि झापा ११ फुटबल क्लबले उचालेको छ । एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनल खेलमा झापाले पाहुना टोली सिराहाको सलहेस फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै च्याम्पियन बनेको हो ।खेलको निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा झापाले सिराहालाई ५–३ गोल अन्तर हराउँदै उपाधि जितेको थियो। जितसँगै झापाले ८ लाख रुपैयाँ र उपविजेता सिराहाले ४ लाख रुपैयाँका साथ ट्रफी प्राप्त गरे । झापाका दिनेश उराव, अभिषेक
इटहरी । धनकुटाको हिलेमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । आगामी तीन महिना भित्रमा हुन लागेको तेस्रो राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको सहयोगार्थ हिले व्याडमिन्टन क्लबले बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो। बिहीबार क्लबले पत्रकार सम्मेलनको आयोजना गरेर आगामी कार्तिक १४ गते सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको हो । सांस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका बहुचर्चित कलाकार तथा स्थानीय कलाकारको प्रस्तुति रहने आयोजक हिले व्याडमिन्टन क्लबका अध्यक्ष आशिष तामाङले जानकारी दिनुभयो । तेस्रो राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको लागि करिब २० लाख खर्च हुने अन
इटहरी । मोरङको पथरी शनिश्चरे वडा नम्बर १ जाँते मोडस्थित पथरी रङ्गशालामा यही कार्तिक ८ गतेदेखि १४ गतेसम्म प्रथम वडाध्यक्ष भेट्रान्स पथरी शनिश्चरे गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मङ्गलबार पथरी रङ्गशालामा आयोजित पत्रकार सम्मेलन मार्फत पथरी शनिश्चरे भेट्रान्स फुटबल क्लबका उपाध्यक्ष प्रतीत सुब्बाले सोको जानकारी दिनुभएको हो ।“ स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद“ भन्ने मुख्य नाराका साथ आयोजना हुन गइरहेको सो प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको र खेल तालिका समेत सार्वजनिक गरिसकिएको पनि उहाँले बताउनुभयो । सो प्रतियोगितामा झापा र मोरङका उत्कृष्ट ८ वटा भे
मोरङ / काठमाण्डौको चित्लाङ फुटबल क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बेलबारी-११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा शनिवार सम्पन्न खेलमा आयोजक एलएक्स सिटी फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै चित्लाङले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा आयोजक एलएक्स सिटी पहिलो खेलबाटै बाहिरिन बाध्य भयो । चित्लाङको जीतमा सनम धिमाल र विदेशी खेलाडी कार्लोस र हेनरीले एक-एक गोल गरे । आयोजकको तर्फबाट सुशील राई र प्रदीप लामाले गोल गरे पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन ।
काठमाडौं : नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ ।दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्यो । यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
भोजपुर – जनजागृति सामाजिक संस्था, टेम्केमैयुङ-९ लेखर्कको आयोजनामा सम्पन्न साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा आमचोक आसिङ थर्पु कारा टिमले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पारेको छ। सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा असोज २८ देखि ३० गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा गोगने टिमले दोस्रो स्थान र मातिम टिमले तेस्रो स्थान हासिल गरेको हो।प्रतियोगिताको समापन कार्यक्रममा प्रथम हुने आमचोक आसिङ थर्पु कारा टिमलाई नगद रु ५१,१११ पुरस्कारसहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। दोस्रो स्थान प्राप्त गोगने टिमले रु ३१,१११ नगद पुरस्कार र तेस्रो स्थान हासिल गरेको मातिम टिमले रु २१,१११ नगद
बराहक्षेत्र / बराहक्षेत्र नगरपालिका वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेको छ। उपाधि जित्दै वडा ३ ले नगद रु २५ हजार, मेडल, ट्रफी, र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको वडा नम्बर ९ ले नगद रु १५ हजार, मेडल, ट्रफी, र प्रमाणपत्र प्राप्त गर्यो। तृतीय स्थानमा वडा नम्बर ७ रहेको छ, जसले नगद रु १० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। चौथो स्थानमा पुगेको वडा नम्बर ८ ले नगद रु २५ सय प्राप्त गर्न सफल भयो।प्रतियोगितामा व्यक्तिगत प्रदर्शनका आधारमा विशेष पुरस्कारहरू प्रदान गरिएका थिए। वडा नम्बर ९ का प्रताप राई उत्कृष्ट लिब्रो घोषित भए र नगद रु ११०० सहित ट्
सुनसरी / बराहक्षेत्र वडा स्तरीय प्रथम चौखोला भलिबल प्रतियोगितामा वडा `३´र`९´ फाइनलमा प्रवेश गरेको छ । भोलि वडा ७ र ८ तृतीय स्थानको लागि खेल खेलाइने छ । प्रतियोगिता चौखोला युवा क्लबको आयोजनमा भलिबल प्रतियोगिता गरेको हो । आज खेलको दोस्रो दिन सभापतिको रूपमा आयोजकका अध्यक्ष दिपक राई रहेकोे थियो भने प्रमुख अतिथिको रूपमा बराहक्षेत्र वडा -९ को वडासदस्य चतुरलाल रहनु भएको थियो । अतिथि हरुमा बराहक्षेत्र ९ को वडा सदस्य भगवती खड्का ,बराहक्षेत्र ८ को वडा सदस्य नबिना बि.क ,बराहक्षेत्र -३ को वडा अध्यक्ष राजदिप लामा,स्थानीय प्रहरी , समजसेवि बुद्धिजीवी खेल प्रेमि हरुको बाक्लो उपस्थितमा खेल दोस्रो द
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.