इटहरी । दोस्रो पुष्पाञ्जली नकआउट फुटबल प्रतियोगिताको उपाधि रतुवामाई फुटबल क्लबले जितेको छ । शनिबार बेलबारीमा भएको फाइनल खेलमा रतुवामाईले आयोजक पुष्पाञ्जली फुटबल क्लबलाई ४–३ गोलले पराजित गर्दै च्याम्पियन बनेको हो । फाइनल खेल कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । रोमाञ्चक खेलमा रतुवामाई क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेबापत क्लबका अध्यक्ष भूपेन्द्र लिम्बु र सहभागी खेलाडीहरूलाई बधाई तथा सफल खेलकुद जीवनको शुभकामना व्यक्त गरिएको छ । आयोजक क्लबका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद विकास र खेलाडी प्रोत्साहनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।


