राजनीति

    Showing ९९१-१,००० of २,३०२ items.
  • मोरङमा कर्मचारीले मागे सुरक्षा

    इटहरी ।  मोरङमा कर्मचारीले सुरक्षा मागेका छन्। कार्यस्थलमा आक्रमण हुन थालेर काम गर्ने वातावरण नभएको भन्दै पेसागत महासंघमार्फत कर्मचारीले सुरक्षाको माग गरेका हुन्। पेसागत महासंघ मोरङले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई आइतबार ज्ञापन पत्र बुझाउँदै कर्मचारीको सुरक्षाको मागसहित आक्रमणमा संलग्नलाई अविलम्ब कारबाही हुनुपर्ने अडान राखेको छ। मोरङको रंगेली नगरपालिकाका कर्मचारीमाथि कुटपिट एवं आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने माग महासंघले गरेको हो। पेसागत महासंघका जिल्ला अध्यक्ष प्रकाश शर्मा र सचिव सालीग्राम कोइरालाको हस्ताक्षर रहेको ज्ञापन पत्रमा केही दिनअघि मोरङको रंगेलीमा कर्मचारीमाथि

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • २६३ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ झापा अध्यक्षमा रविन खरेल सर्वसम्मत निर्वाचित

    बिर्तामोड । नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा रविन खरेल सर्वसम्मत निर्वाचित भएका छन् । सनिवार बिर्तामोडमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले खरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।  अधिवेशनबाट उपाध्यक्षमा शुक्रराज भण्डारी, महिला उपाध्यक्षमा सिर्जना श्रेष्ठ, सचिव तुलसी कार्की, उपसचिव एवन कटुवाल, गणेश कार्की र कोषाध्यक्षमा ओशिन तामाङ लगायत चयन भएका छन् ।जिल्ला अध्यक्ष भवानी बरालको अध्यक्षतामा भएको दोस्रो जिल्ला अधिवेशनमा नेपाल खेलकुद महासंघ कोशी प्रदेशका इञ्चार्ज विप्लप घोषको प्रमुख आतिथ्यता र प्रमुख वक्ताका रुपमा नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा रहेका थिए ।कार्यक्रममा

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ५७२ पटक पढिएको
  • वर्तमान सरकारले जनतामा आशा जगाएको ऊर्जामन्त्रीको दाबी

    विराटनगर ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकारले जनतामा आशा जगाएको बताउनुभएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितिले आज विराटनगरमा आयोजना गरेको बधाई कार्यक्रममा उहाँले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनतामा आशा जगाएको बताउनुभयो । “दुई ठूला दल मिल्दा अवसर र चुनौती दुवै छन्, यसलाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो । पार्टी र जनप्रतिनिधिबीच एकापसमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका नेता खड्काले पार्टी सङ्गठनलाई बलियो बनाउन मोरङ कांग्रेसबाट अन्य जिल्लाले

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • १८७ पटक पढिएको
  • कोशीका पूर्वमुख्यमन्त्री कार्कीको अनशन तोडियो

    इटहरी । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विभिन्न माग राख्दै  मङ्गलवारदेखि शुरू गरेको अनशन गएराति तोड्नुभएको छ । कोशी सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लीला वल्लभ अधिकारी र कार्कीबीच लिखित सहमति भएपछि अनशन तोडिएको हो । अनशनप्रति प्रदेश सरकारले गम्भीर ध्नाकर्षण भएको जनाउँदै जायज मागहरु पूरा गर्ने र कतिपय माग प्रदेश सरकारको बजेटमा उल्लेख गरी रकमसमेत विनियोजन भइसकेको र कार्यान्वयनको तहमा रहेको सहमतिपत्रमा उल्लेख छ । सम्बोधन हुन नसकेका मागहरुलाई सरकारले पूरा गर्ने जनाएको छ । पूर्वमुख्यमन्त्री कार्कीले आफ्नो कार्यकालमा शुरू गरेका कार्यक्रम कटौती भएको भन्दै त्यसको बिरोधमा आमर

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • २२२ पटक पढिएको
  • कोशीमा संसदीय समिति सभापतिको निर्वाचन, तीन दलबीच भागबण्डा

    इटहरी। कोशी प्रदेशसभाका संसदीय समितिको निर्वाचन  २१ महिनापछि हुन लागेको छ  । भाद्र २८ गते शुक्रबारका लागि तोकिएको निर्वाचनमा उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने समय आज १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ ।  प्रदेश सभा सचिवालयका अनुसार आजै उम्मेदवारको नामावली प्रकाशन ५:१५ सम्ममा हुने र दाबी विरोधका लागि ५:१० देखि ५:३० सम्म, दाबी विरोधमाथि छानविन ५:३० देखि ५:४५ सम्म, उम्मेदवारी फिर्ताको समय ५:४५ देखि ६: ०० बजेसम्म र उम्मेदवारीको अन्तिम नामावली प्रकाशन ६ बजेर १५ मिनेटसम्ममा हुने जानकारी दिएको छ । त्यस्तै निर्वाचन भने २८ गते दिउँसो २ बजेदेखि हुने तालिका संसद् सचिवालयले जानकारी

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • १२८ पटक पढिएको
  • शी लिड्स आइकनमा देशभरका २७ महिला जनप्रतिनिधि छनोट

    काठमाडौं / देशभरका महिला जनप्रतिनिधिहरुको सहभागितामा "शी लिड्स आइकन" नामक प्रतियोगिता आयोजना हुने भएको छ।प्रतियोगितामा विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख गरी २७ जना महिला जनप्रतिनिधिहरु सर्टलिस्ट भएका छन्।देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुमध्ये निर्णायक मण्डलले २७ जनालाई छानेको हो।प्रतियोगिताको सर्टलिस्टमा तीन जना प्रमुख र बाँकी उपप्रमुखहरु परेका छन्। सर्टलिस्ट गर्दा महिला स्वास्थ्य, उद्यमशीलता, नीति र न्याय, जवाफदेहिता लगायतका पक्षमा ध्यान दिइएको आयोजकले जानकारी दिएका छन्।निर्णायक मण्डलमा नेपालकी प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, मिडियाकर्मी चारु चड्डा र सामाजिक क्षेत्रकी शरु जो

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • ३२८ पटक पढिएको
  • सांसद अशोक चौधरीलाई ऋण तिर्न नबिल बैङ्कको ३५ दिने सूचना, नतिरे कालोसूचीमा राखिने

    इटहरी / नबिल बैङ्कको तरहरा शाखाले प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीलाई ऋण भुक्तानी गर्न ३५ दिने समयसीमा तोकेको छ। बैंकले गत भदौ ६ गते कारोबार दैनिकमा सूचना प्रकाशित गर्दै, यदि तोकिएको समयभित्र उनले ऋणको साँवा, ब्याज, हर्जाना ब्याज तथा अन्य दस्तुर नतिरेमा उनलाई कालोसूचीमा राखिने चेतावनी दिएको छ। बैङ्कका अनुसार, चौधरीले मौखिक र लिखित जानकारी प्राप्त गरिसकेपछि पनि ऋण भुक्तानी नगरेको उल्लेख छ। सूचना अनुसार, उनले असोज १० भित्र बाँकी सम्पूर्ण रकम नतिरेमा बैंकले धितो जफत गर्ने र ऋण असुलउपर गर्न कानूनी प्रक्रिया अनुसार जमानतमा राखिएको चल-अचल सम्पत्ति बेचबिखन गर्ने तयारी गरेको छ। साथै, जमानतकर्त

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • २५१ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ दुहवी नगर अध्यक्षमा धिरज राई

    विराटनगर / नेपाल खेलकुद महासंघ दुहवी नगर कमिटीको अध्यक्षमा धिरज राई निर्वाचित भएका छन् । दुहवीमा सम्पन्न नगर कमिटीको दोस्रो अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित भएका हुन्।स्थायी कमिटी सदस्य तथा दुहवी इञ्चार्ज सन्तोषी श्रेष्ठको सभाअध्यक्षता तथा नेपाल खेलकुद महासंघ केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत को प्रमुख आतिथ्यमा भएको अधिवेशन बाट उपाध्यक्षमा सहवाज आलम र रचना राई , सचिवमा अनुज कट्वाल , उपसचिवमा आशु मण्डल र अनिता राई, कोषाध्यक्षमा आशिषकुमार तब्दार सहित कार्यसमितिमा २१ जना सदस्य निर्वाचित भएका छन् । दोस्रो नगर अधिवेशको उद्घाटन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष तथा कोशी प

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • ४०९ पटक पढिएको
  • एमाले केन्द्रीय अनुसासन आयोग द्वारा प्रदेश स्तरीय प्रशिक्षण तथा अनुगमन

    इटहरी/ नेकपा एमालेले बिराटनगरमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको आयोजना र कोशी प्रदेश कमिटीको ब्यबस्थापनमा प्रशिक्षण तथा अनुगमन १ दिने कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश स्थित केन्द्रीय सदस्य एब जिल्ला इन्चार्जहरु ,प्रदेश पदाधिकारी तथा सचिबालय सदस्यहरु र १४ जिल्लाका जिल्ला अध्यक्षहरु को सहभागिता रहेको थियो ।अनुशासन आयोगका सचिब प्रा डा भरतराज पहाडीले अनुशाशन र आचारसहिता सम्बन्धि र अनुशासन आयोगका अध्यक्ष केशब बडाल ले समग्र पार्टी नीति कार्यक्रम र सञ्चालन , अनुशासन र पारदर्शीता लगायत बिषयमा प्रशिक्षण दिए ।कार्यक्रम

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • २९६ पटक पढिएको
  • ‘जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध नङ र मासुजस्तै हुनुपर्छ’ : मेयर कोइराला

    विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धलाई नङ र मासुको जस्तै हुनुपर्ने आवश्यकतामा जोड दिएका छन्। विराटनगरमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि र कर्मचारीको घनिष्ठ सहकार्यले मात्र देशको समग्र विकास सम्भव हुने बताए। कार्यक्रम मोरङ जिल्ला प्रशासन कार्यालयद्वारा निजामती सेवा दिवसको अवसरमा आयोजना गरिएको थियो।मेयर कोइरालाले जनप्रतिनिधिले नीति निर्माण गर्ने तर त्यसको कार्यान्वयन कर्मचारीहरूले गर्ने भएकाले उनीहरूबीचको सम्बन्धले देशको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। उनले भने, “जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • २४६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]