पेशागत महासंघ नेपाल कोशी प्रदेश समितीको आयोजनामा भएको २ (दुइ) दिने प्रशिक्षक प्रशिक्षण तालिमको उदघाटन समारोह सम्पन्न भएको छ । महासंघका प्रदेश अध्यक्ष अशेष लम्सालको अध्यक्षतामा तथा महासंघका केन्द्रीय अध्यक्ष पुन्यप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुविर महासेठ, स्थाइकमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज गुरु वराल, कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा , सचिव राजकुमार भण्डारी , विनोद ढकाल लगायतको उपस्थीती कार्यक्रम सम्पन्न भएको छ
मिलन अधिकारीसंखुवासभा / अनेरास्ववियु जिल्ला कमिटी संखुवासभाको आयोजनामा ३ बर्षे अखिल रनिङ शिल्ड हाजिर जवाफ प्रतियोगिता हुने भएको हो । संखुवासभामा रहेका ७५ वटा माध्यमिक विधालयलाई समेटेर जिल्ला स्तरीय हाजिर जवाफ प्रतियोगिता हुने भएको छ ।“चेतनशिल नागरिकको काधमा राष्ट्र विकास, विद्यार्थीको बौद्धिक क्षमता वढाउने अनेरास्ववियुको प्रयास” भन्ने मुल नाराका साथ प्रतियोगिता हुने प्रतियोगिताका संयोजक विवश खत्रीले पत्रकार सम्मेलनमा वताएका हुन् । संखुवासभामा रहेका ७५ वटा माध्यमिक विधालयलाई विभिन्न ९ समुहमा विभाजन गरेको छनौट गरी प्रदेश निर्वाचन क्षेत्रिय सेमिफाईनल प्रतियोगिता माघको २२ गते सरस्वती
विराटनगर / कोशी प्रदेशसको सभामुख लिने राप्रपाले निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।सत्तारुढ गठबन्धनले यसअघि नै सभामुख राप्रपालाई दिने निर्णय गरेको थियो । गठबन्धनको निर्णयपछि राप्रपाले सभामुख लिने निर्णय गरेको हो । निर्वाचन कार्यतालिका प्रकाशन भएपछि उम्मेदवारी दिने राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । राप्रपाबाट अम्बरबहादुर विष्टले उम्मेदवारी दिनेछन् । निर्वाचन तालिकाको टुङ्गो लगाउन कार्यवस्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।सभामुखको निर्वाचनका लागि नेपाली कांग्रेस संसदीय दल र नेकपा एमाले संसदीय दलको बैठक पनि बसि
इटहरी / जनता बहुमुखी क्याम्पस इटहरिमा नेपाल बिद्यार्थी संघले नारा सहित विरोध प्रदर्सन गरेको छ । नेपाल बिद्यार्थी संघले उपकुलपती नियुक्ती खुल्ला प्रतिस्पर्धा बाट गर भन्ने नारालाई अत्मासाथ गर्दै बिरोधि नारा सहित विरोध प्रदर्शन गरेको हो ।बिरोध प्रदर्शन गर्ने क्रममा नेपाल विद्यार्थी संघका जिल्ला सभापति , इकाई सभापति ,सदस्यहरु लगाए अन्य बिद्यार्थी हरुको उपस्थितमा नारा लगाएर विरो गरिएको हो ।नारा लगाउने क्रममा दलिय भागवण्डाको अन्त्य गर , शिक्षाको दलियकरण अन्तय गर ,विश्वविध्यालयका पदहरुको लिलामी बन्द गर , उपकुलपतीको परीचय दलको झण्डा नहोस , ज्ञानको पुन्ज होस , फेरी गल्ती नगरौ ,विश्वविध्यालयक
इटहरी / ललितपुरको बालकुमारी घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी नगर समितिले सोमबार उर्लाबारीमा विरोध प्रदर्शन गरेको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनमा दुई जनाको मृत्यु भएपछि सरकारको विरोध गर्दै सो पार्टीले प्रदर्शन गरेको छ ।घटनाको छानबिन गरी दोषीलाई कारबाही गर, पीडित परिवारलाई न्याय दे, युवालाई गोली होइन रोजगारी दे, जनता मार्न पाइँदैनलगायतका नारा लेखिएका प्लेकार्डसहित सरकारको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको रास्वपा नगर सचिव सुमन कार्कीले जानकारी दिनुभयो ।प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला नेता भरत
सुनसरी / अनेरास्ववियु सुनसरी जिल्ला कमिटीले सुनसरी जिल्लाको सबै शैक्षिक संस्थाहरुमा अनेरास्ववियुको संगठन विस्तार एवम् सदस्यता वितरण तिव्र रुपले अगाडि बढिरहेको छ ।त्यसै अनुरुप सरस्वती माबि इटहरी, जनता माबि रामधुनी, सारदा माबि खनारमा अनेरास्ववियु माबि कमिटी गठन अनेरास्ववियु सुनसरी जिल्ला कमिटि सहसचिव उज्वल सिक्देलको प्रमुख आतिथ्यतामा गरिएको जिल्ला कमिटी कार्यालय सचिव आदित्य खड्का ले बताए।
सुन्दरहरैंचा / नेपाल प्रेस युनियन कोशी प्रदेशमा अध्यक्षले एकलौटी निर्णय लाद्न खोजेपछि महासचिवले आपत्ति जनाएका छन् । अध्यक्ष मीनकुमार श्रेष्ठले एकलौटी र मनोमानी निर्णय लाद्न खोजेपछि महासचिवले आपत्ति जनाएका हुन् । आइतबार साँझ महासचिव सञ्जीव वाग्लेले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष श्रेष्ठसहित केही सीमित व्यक्तिहरूले एकलौटी निर्णय गरेको, प्रेस युनियनको विधानको आँच आउने काम गरेको, उनकै निर्देशनमा सचिवबाट लेटरप्डायको दुरुपयोग भएको जनाउँदै आपत्ति जनाएका हुन् । ‘एकतर्फी र मनोमानी ढंगबाट गत मंसिर ८ गते बोलाइएको स्वघोषित सचिवालय बैठक (कोठे भेला) ले गरेका निर्णय र पुस १४ गते सामाजिक सञ्जालमार्
इटहरी । प्रहरी प्रदेश अस्पतालको उद्घाटन तथा सञ्चालनको वातावरण बनाइदिन भन्दै सुनसरीका काँग्रेस नेताहरू काठमाडौँ प्रधानमन्त्री देखी पार्टीका शीर्ष नेताहरूको ढोका ढोका धाइरहेका छन् । प्रहरी अस्पताल सञ्चालनका लागि पूर्वाधारमा विभिन्न पालिकाहरूको लाखौँ रकम खर्च भइसकेको अवस्थामा पुनः अस्पताल अन्यत्र सार्ने प्रयास भएको भन्दै काँग्रेस नेताहरूले प्रधानमन्त्री सम्मलाई भेटेर अस्पतालको स्थायित्वको माग गरेका हुन । लामो समयको प्रयास पछि प्राप्त भएको अस्पताल गुम्न नदिन र अन्यत्र सार्न नदिन तथा इनरुवामा नै स्थापित गरिदिन भन्दै प्रधानमन्त्री, मन्त्री देखी पार्टीका शीर्ष नेतालाई भेटेर ध्यानाकर्षण गराइरहेका छन्
सुनसरी / नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर सभा बैठक स्थगित गरेको विषयलाई लिएर नगरप्रमुखले लगाएको आरोपको खण्डन गरेका छन् । नगरप्रमुख हेमकर्ण पौडेलले हिजो बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले कामै गर्न नदिएको भन्दै विभिन्न आरोप लगाएका थिए । पौडेलले बुधवार बोलाइएको चौधौँ नगर सभा बैठक तयारी नपुगेको भन्दै सहमतीयै स्थगित गरिए पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले एकलौटी ढङ्गले स्थगित गरेको भन्दै भ्रम फैल्याएको आरोप लगाएका थिए । त्यसको एक दिन बित्न नपाउँदै उपप्रमुख सहितका जनप्रतिनिधिहरूले आज पत्रकार सम्मेलन गर्दै नगरप्रमुख पौडेलले लगाएको आरोप
इटहरी । नेपाल तरुण दलको इटहरी उपमहानगरपालिका वडा नम्बर १५ गयाराम चौधरीको सभापतित्वमा विस्तार गरिएको छ ।विस्तारित कार्यसमितिको उपाध्यक्षमा सुमोद चौधरी ,सचिव चुमन लाल चौधरी र कोषाध्यष नन्द कुमार चौधरी चयन भएका हुन । त्यसैगरी वडा समितिको सदस्यहरुमा सुरेश ऋषिदेव , रामसागर साह ,श्याम ठाकुर ,सिलिप ऋषिदेव रहेका छन lसर्वसम्मत रुपमा विस्तार गरिएको नेपाल तरुण दल इटहरी १५को विस्तारित कार्यक्रम नेपाल तरुण दल इटहरीका सभापति विष्णु क्षेत्रीको अध्यक्षता तथा जिल्ला सभापति सिजन गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो । सो कार्यक्रममा नेपाली काँग्रेस इटहरी वडा नम्बर १५ का कार्यवाहक सभापति सत्यनारायण चौधरी , स्थान
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.