संखुवासभा । खाँदबारीमा सम्पन्न नेपाल खेलकुद महासंघ संखुवासभाको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुनिल श्रेष्ठ निर्वाचित भएका छन् । फागुन १२ गते सञ्चालन भएको जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्ष भएका हुन् । अधिवेशनले अध्यक्ष श्रेष्ठसहित ३५ सदस्य जिल्ला कमिटी घोषणा गरेको छ ।
कमिटीको उपाध्यक्ष बिजय कट्वाल, महिला उपाध्यक्ष मुना महन्थ रावत, सचिव भिम जिमि, उपसचिव सुनिल राइ र छेन्दुक भोटे कोषाध्यक्ष हरिबहादुर राइ चयन हुनुभएको छ । संखुवासभा जिल्ला खेलकुद महासंघ इन्चार्ज भरत घिमिरेको अध्यक्षतमा भएको दोस्रो अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाल खेलकुद महासंघ केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज बिप्लब घोस तथा रहनु भएको थियो ।

नवनिर्वाचित कमिटीलाई वाधाई तथा शुभकामना दिदै प्रदेश इन्चार्ज बिप्लब घोसले खेलकुद क्षेत्रको विकासको लागि स्थानीय स्तरबाट प्रतिभाको खोजी हुनु पर्नेमा जोड दिनुभएको छ । उहाँले यो कमिटीले लुकेर रहेका प्रतिभालाई वाहिर ल्याउने विश्वास समेत व्यक्त गर्नुभयो।

दोस्रो अधिवेशन कार्यक्रममा विशिष्ठ अतिथि कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष जित बहादुर घिमिरे, सचिव खड्ग राइ, उपसचिव तथा जनवर्गीय संगठन इन्चार्ज वाङ दाबि भोटे नेपाल खेलकुद महासंघका स्थाइ कमिटी सदस्य तथा कोशी प्रदेश सहइन्चार्ज कमल मणि गौतम केन्द्रिय सदस्य युगल भुसाल, सिपि पौडेल, केन्द्रीय प्रचार बिभाग सदस्य बिकल पौडेल लगायतको सहभागिता रहेको थियो ।

नेपाल खेलकुद महासंघ सचिवालय सदस्य महेस्वरा बज्राचार्यले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन मोर्चा संगठन प्रमुख दुर्गा निलम श्रेष्ठले गर्नु भएको थियो ।
अधिवेशनले खेलकुद क्षेत्रमा याेगदान दिएका ईश्वर घिमिरे, देवेन्द्र घिमिरे, सुमन श्रेष्ठ र मुकुन्द श्रेष्ठ र लक्ष्मण लिङथेप लाई सम्मान गरिएकाे छ ।



