बिराटनगर / नेपाल खेलकुद महासंघ मोरगं जिल्ला कमिटीको विस्तारित बैठक बिराटनगरमा सम्पन्न भएको छ । बैठकले जिल्ला कमिटी मोरगंमा मनोज खड्काको अध्यक्षतामा ४३ सदस्यीय जिल्ला कमिटी पुनर्गठन गर्दै ५५ सदस्यीय कमिटी निर्माण गरेको हो । जिल्ला कमिटी मोरगं उपाध्यक्षमा प्रभाकर राना (रिक्की) र नन्दलाल मण्डल, सचिवमा सागर खत्री, सह-सचिवमा मेनुका ठाकुर र मिलन खत्री, कोषाध्यक्षमा करुणा दाहाल सिहतकाे कमिटी पुनर्गठन गरेकाे छ ।
महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य जीवन घिमिरे, पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, महासंघ स्थायी कमिटी सदस्य रोहित कोइराला, स्थायी कमिटी सदस्य मनोज बिक्रम शाह, सचिवालय सदस्य योगेश बस्नेत, सचिवालय सदस्य सितल राय, सचिवालय सदस्य शान्ता जोशी लगायतको सम्बोधन रहेको थियोे भने स्थायी कमिटी सदस्य एवं जिल्ला ईन्चार्ज सूरज श्रेष्ठले सहजीकरण गर्नुभयो ।
428663690_3115305705268463_5300677092243626320_n
नेकपा एमाले मोरङको पार्टी कार्यालयमा महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको उपस्थितिमा बसेको बैठकले पुराना पदाधिकारी र सदस्यहरूलाई बिदाई गर्दै कमिटीमा नयाँ सदस्यहरू समेत थप गरेको जनाइएको छ । 
बैठकले दिपकप्रसाद घिमिरे, राजु धमला र प्रकाश पोखरेललाई महासंघको प्रदेश कमिटीमा सिफारिस गर्ने निर्णय गरेको छ ।
428658778_3115305371935163_7515461742110104663_n