नेपाल खेलकुद महासंघ इनरुवा नगरकमिटिले २०८० बैशाख अन्तिम देखि नेकोस इनरुवा खेल सप्ताह गर्न लागेको छ ।नेपाली खेल क्षेत्रलाई चलायमान बनाउन खेलकुद नागरिकको मौलिक अधिकार, समृद्दिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मुलनाराका साथमा २०६६ सालमा स्थापना भएको नेपाल खेलकुद महासंघले स्थापना काल देखि नै विभिन्न खेल तथा खेलखेलाडी सङ सम्बन्धित कार्यक्रमहरु प्रदेश, जिल्ला, नगरमा गर्दै आएको छ । राज्य तथा सरोकारवाला निकायमा खेलाडीहरुको हकहितको आवाज उठाउने उदेश्य लिएको संस्था अन्तर्गत इनरुवा नगर कमिटीले पनि यसै कुरालाई ध्यानमा राख्दै खेल सप्ताह गर्न लागेको हो । खेल सप्ताह अन
इटहरी । इटहरी उपमहानगर वडा नम्बर चार कमिटिको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ इटहरी स्थित कचना स्कुलमा भएको हाजिरी जवाफ प्रतियोगितामा २२ नम्बर व्यापारी शाखा प्रथम भएको छ । नेकपा एमाले चार नम्बर वडा कमिटिले आयोजनाले गरेको प्रतियोगितामा दोश्रो आयोजक र तेश्रो वडा नम्बर आठ कमिटि भएको छ । विजयी समुहलाई क्रमशः प्रथम पाँच हजार नगद सहित सिल्ड प्रमाणपत्र, दोश्रा नगद तिन हजार सहित सिल्ड प्रमाणपत्र र तेश्रोलाई एक हजार नगद सहित सिल्ड प्रमाणपत्र प्रदान गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य तथा कोशी प्रदेश ईन्चार्ज राजेन्द्र गौतमले यसरी
विराटनगर । कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीको काठमाडौँ स्थित घरमा प्रदेशको नामकरणका विषयमा असन्तुष्ट भएको समूहले तोडफोड गरेको छ । काठमाण्डौको पेप्सीकोला स्थित घरमा पहिचानको आधारमा प्रदेशको नामकरण गरिनुपर्छ भन्ने माग राख्दै राजभण्डारीको बिहान घरमा तोडफोड गरिएको हो । ३०–३५ जनाको समूहमा आएका प्रदर्शनकारीहरूले घरमा तोडफोड गरेको राजभण्डारीका स्वकीय नूतन श्रेष्ठले बताए । नाराबाजी गर्दै उनीहरूले राज भण्डारीको घरको गेटमा तोडफोड गरेका हुन् ।प्रदेशको नामकरणका विषयमा असन्तुष्टि जनाउँदै उनीहरूले घरमा तोडफोड गरेको मन्त्री राज भण्डारीको सचिवालयले जनाएको
इटहरी / इटहरी पुर्वको केन्द्रको रुपमा विकास भई रहेको कारण इटहरीको आफनै महत्व रहेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वताएका छन ।नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा इटहरीको महत्व ठुलो रहेको छ भन्दै पुर्वको केन्द्र विन्दुको रुपमा विकास भई रहेको वताएका हुन । प्रदेशको नामाकरणका विषयमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै अध्यक्ष नेपालले सबैको साझा पहिचानलाई केन्द्रविन्दुमा राखेर सभासदहरुले कोशी राख्नु भएको र राम्रै संदेश गएको वताए । पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले जातिय द्धन्द भड्काउने कोसिस भईरहेको
खोटाङ / कोशी प्रदेशको नाम खारेजीको मागमा आन्दोलन चर्काउनका लागि खोटाङमा एक हजार २०३ सदस्यीय पुन: नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको छ ।कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दबाबमुलक आन्दोलनलाई सशक्त बनाउनका लागि किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातको संयोजकत्वमा पुन: नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको हो ।आइतबार ज्येष्ठ अगुवा पर्खनबहादुर राईको अध्यक्षतामा बसेको आदिबासी जनजाती महासंघ, यायोक्खा, जातीय संगठन, पहिचानपक्षधर दल, सामाजिक संघसंस्था, नागरिक समाज लगायत सम्मिलित बैठकले पुःन नामांकन संयुक्त संघर्ष समिति गठन गरेको हो । बैठकको निर्णय सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गर
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फेरी आफ्नो पार्टीले सरकारको नेतृत्व लिने दावी गर्नु भएको छ ।सभापति देउवाले अहिले काँग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै फेरी सरकारको नेतृत्व लिन सक्ने बताउनु भएको हो । मंगलबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै उहाँले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पार्नु भयो ।सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई
राष्ट्रिय युवा संघ नेपालको आधिकारिक टिसर्ट घोषणा भएको छ ।नेपालगञ्जमा भएको नवौ महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल सुनसरी द्वारा तयार पारिएको टि-सर्ट लाइ अध्यक्ष केपी शर्मा ओलीले आधिकारिक टिसर्ट का रूपमा घोषणा गर्नु भएको छ। राष्ट्रिय युवा संघ नेपाल सुनसरीले तयार पारेको टि-सर्टले रास्ट्रिय महत्व पाउद खुसी लागेको राष्ट्रिय युवा संघ नेपाल सुनसरीका अध्यक्ष सुजन लामाले बताउनु भयो ।
इटहरी । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिष्कार गरेपछी अवरुद्ध भएको इटहरी उपमहानगरपालिको नगरसभा बैठक तीन सातापछि आज सात वटा विधेयक पारित गर्दै सम्पन्न भएको छ । विधेयक पास गर्ने बिषयमा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले असन्तुष्टी जनाउदै बहिष्कार गरेपछी १२ औं नगरसभा अनिश्चितकालको लागि स्थगित भएको थियो । फागुन २७ गते १२ औं नगरसभाको पहिलो बैठक सम्पन्न भएको थियो । चैत ३ गते दोस्रो बैठक बहिष्कार गरेपछी अनिश्चित बनेको हिउँदे नगरसभा दुई पक्षीय सहमतिपछि सोमबार सकिएको हो ।नगरसभाले विनियोजन ऐन संशोधन विधेयक २०७९, इटहरी उप–महानगरपालिकाको केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९, रात्रि बजार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताएका छन् ।व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि बारा २ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विषयमा आफूहरुको भनाइ र गराइ एउटै हुने बताए ।उनले भने, ‘हामीले भ्रष्टाचारको बारेमा आवाज उठाइरहेको बेलामा आज हाम्रो सांसदको एउटा अडियो टेप सार्वजनिक भएको कुरा मैले सामाजिक सञ्जालबाट जानकारी प्राप्त गरेको छु । तपाईंहरुलाई स्पष्ट पार्न चाहन्छु भ्रष्टाचारको विषयमा हाम्रो भनाइ, गराइ र कुरा सधैं एउटै हुन्छ । अडियो सार्वजनिक हुनेव
धरान / नेकपा एमाले निकट उद्योगी व्यवसायीहरू सम्बद्ध नेपाल उद्योग तथा व्यवसायी महासङ्घ धरान उपमहानगर समितिको प्रथम अधिवेशनले शिवराज श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।धरान स्थित होटेल पूर्वी स्टारमा शनिवार भएको प्रथम नगर अधिवेशनले महासङ्घको धरान नगर अधिवेशन भएको हो ।नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा टङ्ककुमारी गुरुङ र राजेश अग्रवाल रहेका छन् । सचिव दीपेन्द्र निरौला, कोषाध्यक्ष मिशन लामा, उपसचिवद्वय वैजुप्रसाद साह, जीवन राई, सह-कोषाध्यक्ष लीला शङ्कर रहेका छन् ।सदस्यहरूमा विजेन्द्र श्रेष्ठ, सोम परियार, सुरेन्द्र बज्राचार्य, श्यामकुमार सोनी, मधु स्थापित, म
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.