विराटनगर : कोशी प्रदेशको प्रदेशसभा सचिवालयले सांसदहरूलाई वितरण गर्न लागेको ल्यापटप खरिद प्रक्रिया रद्द गरेको छ ।

बुधबार प्रदेशसभा सचिवालयले बोलपत्र रद्द गरिएको सूचना प्रकाशित गरेको छ ।

प्रदेशसभा सचिवालयले प्रदेशसभाका ९३ सांसद र ७ वटा संसदीय समितिका सचिवका लागि भन्दै एक सय वटा ल्यापटप खरिद गर्न टेन्डर आह्वान गरेको थियो ।

प्रदेश सरकारले रकामान्तर गरेर प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएपछि प्रदेशसभा सचिवालयले ल्यापटप खरिद प्रकिया अगाडि बढाएको थियोे ।

तर, प्रदेशसभामा रहेका राजनीतिक दलहरूले सांसदलाई ल्यापटप दिन नहुने धारणा सार्वजनिक गरेपछि संसद सचिवालयले टेन्डर रद्द गरेको हो ।