विराटनगर : प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलको पहलमा मोरङ क्षेत्र नम्बर २ का ३९५ घर परिवारको फुसको छानो विस्थापित गरी जस्ताको छानो लगाइने भएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत मोरङ क्षेत्र नम्बर २ मा पर्ने रतुवामाई, सुनवर्षी, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका ३९५ घरमा जस्ताको छानो लगाइने भएको हो ।

बुधबार पालिकाका प्रमुख र जिल्ला समन्व्य समितिका प्रमुखसँग बैठक राखेर सांसद पोखरेलले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अति विपन्न घर परिवारको लागि फुसको छानो हटाएर जस्ताको छानो लगाइने निर्णय गराएका हुन् ।

रतुवामाई नगरपालिकामा २५ घर, सुनवर्षी नगरपालिकामा १५० घर, पथरीशनिश्चरे नगरपालिकामा ९० र कानेपोखरी गाउँपालिकामा १३० गरी घरमा जस्ताको छानो लगाउने कर्यक्रम निर्णय गरी पालिकाहरुलाई हस्तान्तरण गरेको सांसद पोखरेलले जानकारी दिए ।