नेकपा एमाले धरानको आठौं नगर अधिवेशन आगामी वैशाख ५ र ६ गतेका लागि प्रचारात्मक अभियानअन्तर्गत शनिबार मैत्रीपूर्ण फुटसल सम्पन्न भएको छ । एमाले धरान र पार्टीको संचारसम्बद्ध संस्था प्रेस चौतारी नेपालबीच प्रचारात्मक मैत्रीपूर्ण फुटसल सम्पन्न भएको हो । खेलमा विजयी टिमका कप्तान तथा चौतारी सुनसरीका उपाध्यक्ष विकास चाम्लिङसहितको टोलीलाई नगर अध्यक्ष हर्कजङ एभेङले ट्रफी हस्तान्तरण गरे । धरान १८ स्थित बुढासुब्बा फुटसलमा आयोजित खेलमा एमाले प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद विजयकुमार राई, प्रतिनिधि सभाका पूर्व सांसद जयकुमार राई, एमाले प्रदेश कमिटी सदस्य तथा मजदुर नेता भीमज्वाला राई, धरा
धरान / कोशी प्रदेश नामाङ्कन खारेजी पुनः नामकरण आन्दोलनकारीले खोटाङमा आज शनिवार कोशी प्रदेश सभाका सांसद पाँचकर्ण राई पिकेलाई कालो झण्डा देखाउँदा पाँच जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला समान्वय समितिको बैठकमा सहभागी सांसद राईलाई कोशी प्रदेश नामाङ्कनमा मतदान गरेकोमा नाराबाजी गर्दै प्रदर्शनकारीहरुले कालो झण्डा देखाएका थिए । बैठक चलिरहेकै बेला सभाहलमा उनलाई झण्डा प्रदर्शन गरिएको हो ।लगत्तै प्रहरीले पाँच जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा किरात राई यायोक्खा खोटाङ जिल्ला अध्यक्ष युगसन किराती, सह-कोषाध्यक्ष डार्बिन चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका पूर्
सुन्दरहरैचा / नेकपा एमालेले देशभर मिसन ग्रासरुट अभियान चलाउदैं आएको छ । नेताहरु टोलटोलमा खटिएका छन् । टोलमा पुगेर पुरानै भर्राका कार्यक्रम भइरहेका छन् । पार्टीले केन्द्र, प्रदेश, जिल्लाका एक एक नेतालाई टोलमा पठाएको छ । नेताहरुले पुरानै ढर्रामा कार्यकर्ताहरुलाई भाषण सुनाएर हिडिरहेका छन् । तर मोरङको सुन्दरहरैचाको ४ न. वडा कमिटीले भने फरक किसिमको कार्यक्रम आयोजना गरेको छ । पार्टी सदस्यहरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका लागि तालिमको आयोजना गरेको छ । व्यक्ति सही भए नेतृत्व सही हुन्छ र नेतृत्व सही भए पछि पार्टी मजबुद हुन्छ भन्ने अवधारणासहित पार्टीले २ दिने अभियान
काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष ओलीले एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष नभएको बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सातौँ राष्ट्रिय अधिवेशनको आज उद्घाटन गर्दै उनले एमाले एकजुट रहेको बताएका हुन् ।‘एमालेभित्र कुनै प्रकारको गुटबन्दी र पक्ष–विपक्ष छैन । सबै एकजुट रहेका छन् । स्वार्थका लागि कसैले यस्तो उस्तो नगर्नुहोस् । स्वार्थका लागि साना–साना समूह नबनाउनुहोस्,’– अध्यक्ष ओलीले भने ।उनले एमालेका जातीय सङ्गठनले जातीय वैमनश्यता नभई राष्ट्रिय एकताका लागि काम गर्नेसमेत बताए । एमालेका हरेक सङ्गठन गतिशील हुने भन्दै अनेमसङ्घले सक्षम महिला नेतृ उत्पादन गर्दै नेपालका
धरान : सङ्घीय सरकारले कोशी प्रदेश खारेजी, पुनः नामकरणको आन्दोलनमा सहादत प्राप्त गरेका पदम लिम्बु लाजेहाङलाई शहिद घोषणा गरेको छ ।मन्त्रिपरिषद्को आज शुक्रवार बिहान बसेको बैठकले लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । बैठकमा उपस्थित सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले उक्त जानकारी दिएका छन् ।उनले फेसबुकमा पनि लेखेका छन् 'कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलनमा सहादत प्राप्त गर्नु भएका पदम लिम्बु (लाजेहाङ)लाई मन्त्रीपरिषद्बाट सहिद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको जानकारी गराउँदछु । पदम लिम्बु (लाजेहाङ) प्रति हार्दिक श्रद्धाञ्जली, वीर सहिद
वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका मेयर रमेश कार्की सङ्घीय सरकार र निकायहरूसँग विकासको योजनाकालागी बजेट उपलब्ध गराउन माग गर्दै काठमाडौँका मन्त्रालय र विभागमा दौडधुप गर्दैछन।नगरपालिकाको आन्तरिक साधन र स्रोतले मात्र नगरवासीको आवश्यकता र विकाशका योजनाहरू सञ्चालन गर्ने नसकिने भएकाले मेयर कार्की माथिल्लो तहको सरकारसँग सहकार्यकालागी सक्रिय देखिएका हुन् ।हाल सङ्घीय राजधानी काठमाडौँ पुगेका मेयर कार्की सङ्घीय विभागीय मन्त्री, सङ्घीय प्रतिनिधि सभा सदस्य तथा विभिन्न विभागमा योजनाका लागी बजेट उपलब्ध गराउने कार्यमा लागिपरेका छन् ।कोसी कट्टान नियन्त्रण, सडक पूर्वाधार, स्वास्थ्य संस्थाको स्तरोन्नति, मोबाइल
सुन्दरहरैँचा। माेरङकाे सुन्दरहरैँचा नगरपालिकाबाट गरिएका निर्णयहरुप्रति नेकपा एकीकृत समाजवादी , नेकपा माओवादी केन्द्र तथा नेपाली काँग्रेसले गंभीर ध्यानाकर्षण भएको भन्दै ज्ञापनपत्र बुझाएका छन्।बुधबार ति दलहरुले संयुक्त रूपमा आपत्ति जनाउँदै ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा जनताकाे अहितमा गरिएका निर्णयहरू ३ दिन भित्रमा सर्वदलीय सहमति गरी नसच्याइएमा संघर्षका थप कार्यक्रमहरू अघि बढाउन बाध्य हुने चेतावनी सहित माग गरेका छन् ।गम्भीर ध्यानाकर्षण भनिएको उक्त ज्ञापनपत्रमा विभिन्न मागहरुका बुद्वाहरू उल्लेख गरिएकाे छ।
इटहरी । झुम्का उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष उम्मेदवार सन्दिप गौतम, दुर्गा फुयाल र भरत कार्की प्यानलले बहिस्कार गरेका छन् ।उच्च अदालत बिराटनगरको आइतबारको फैसला पछिनिर्वाचन अधिकृत डिल्ली कार्कीले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै सबै अध्यक्षका उम्मेद्वारहरुलाई निर्वाचन गर्ने सम्बन्धि जानकारी गराएको बताएका थिए ।यता अध्यक्षका उम्मेदवार दुर्गा फुयाँल, भरत कार्की र सन्दीप गौतमले पत्रकार सम्मेलन गर्दै आफुहरु चुनाव बहिष्कार गरेका जानकारी दिए ।‘यहाँका सदस्य गैर सदस्य छन् भनेर हामीले विभिन्न पटक कुरा उठाइरहँदा र बेथिति अन्त्य हुनुपर्ने माग राखिरहँदा निर्वाचन समितिले एकतर्फी हिसाबमा चुनाव
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा नेपाली युवा उद्यमी देशबन्धु बस्नेत (अजित) ले उम्मेदवारी घोषणा गरेका छन् । बस्नेतले एशोसिएट्सतर्फ कार्यसमिति सदस्यमा उमेशलाल श्रेष्ठ समुहबाट उम्मेदवारी दिने भएका हुन् ।आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहबाट उनी एशोसिएट्सतर्फ सदस्यमा उम्मेदवार बनेका हुन् । सोमबार एक कार्यक्रमबीच श्रेष्ठसहित विभिन्न उम्मेदवारले उम्मेदवारी घोषणा गरेका छन् । जसलाई संघको सातै प्रदेशका अध्यक्षहरु र केही अग्रज व्यवशायी नेतृत्वहरुको साथ रहेको बताइएको छ ।बस्नेतले यसअघि पनि महासंघको केन्द्रिय सदस्य निर्वाचित भएर महासंघ अन्तर्गतको द्
इनरुवा । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकभित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको बताएका छन् ।सोमबार सुनसरीको इनरुवामा आयोजित नागरिक अभिनन्दन ग्रहण पश्चात सम्बोधन गर्दै शाहले जनताको चासोप्रति आफू जानकार रहेको बताएका हुन् ।सम्बोधनका क्रममा शाहले जनताबाट प्राप्त चिन्ता र चासोप्रति आफू गम्भीर बनेको बताए । उनले देशमा स्थिरता र स्थायित्व सही राज्य पद्धती शान्ति र अनुशासन बिना हुन नसक्ने बताए ।उनले कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर लालचमा पारी सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको बताए ।राष्ट्रियताको रक्षा र राष्ट्रिय एकतामा जोड दिनुपर्ने भन्दै शाहले परिवर्तन देखाउ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.