इटहरी। लोकतन्त्रवादी पेशाकर्मीहरुको साझा संस्था नेपाल ट्रेड युनियन काँग्रेसको कोशी प्रदेशको अध्यक्षमा पुन नारायणबाबु कार्की चयन भएका छन । इटहरीको नेवा पाटी प्यालेसमा भएको सातौं अधिवेशनले पुनः नारायणबाबु कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।

३२सदसीय कार्य समितिको सदस्यमा भक्तबहादुर बिक , अरविन्द विश्वास ,नागेश चौधरी , कल्पाना राई, सरस्वती महतरा लगायत रहेका छन ।
अधिवेशनले कोशी प्रदेश महिला समिति अञ्जु दाहालको अध्यक्षतामा सर्वसम्मतले गठन गरेको निर्वाचन अधिकृत अधिवक्ता रमेश पोखरेलले जानकारी दिए । अधिवेशनको नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले एक कार्यक्रमका विच उदघाटन गरेका थिए ।


