इटहरी, एमाले सुनसरी ३ की एमाले उम्मेदवार भगवती चौधरीले यसपटक जनताले आफूलाई न्याय गर्ने बताउनुभएको छ । इटहरी ६ अनामनगरमा आयोजित कोणसभालाई सम्वोधन गर्दै उहाँले भन्नुभयो “दुई दुई पटक जनताले जिताएपनि शक्तिको आडमा धाधली भयो,न्यायका लागि अदालत गएँ,अदालत बाट पनि न्याय पाइन,यसपटक चुनाव मार्फत जनताले मतदान गरेर न्याय दिनेमा ढुक्क छु । ” तीस बर्षमा पञ्चायती ब्यवस्था हटयो तर सुनसरी ३ मा एकै ब्यक्तिले ३१ बर्ष देखि शासन गरिरहेको जनाउदै उहाँले जनता परिवर्तनको पक्षमा रहेको बताउनुभयो । एकै ब्यक्ति तीसौ बर्ष शासनमा रहदा त्यसो शासन सामन्ती बन्ने उहाँको दावी छ । सुनसरी ३ मा तीस बर्ष देखि नभएको बिकासको काम आफूले
इटहरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिद्ध्याउन खोज्नेहरू अब आफै सकिने बताएका छन् ।आज (शुक्रबार) धरानमा आयोजित चुनावीसभामा एमालेलाई सिद्ध्याउने षडयन्त्र लामो समयदेखि नै भएको भन्दै एमालेलाई सिद्ध्याउन खोज्नेहरू अब आफै सकिने टिप्पणी गरे ।उनले देश विकासका सन्दर्भमा गठबन्धनलाई बोकेको कांग्रेसलाई एक्लै चुनाव लड्न आउन चुनौती दिए ।ओलीले एक्लै चुनाव लडे एमालेले सिद्ध्याउँछ भन्ने कांग्रेसलाई राम्ररी थाहा भएको बताएका छन् । कांग्रेसले समाजवादको कुरा गरे पनि समाजवाद भन्ने नै थाहा नपाएको भन्दै उनले अहिले ढोडको वैशाखी टेकेर हिँडेको समेत बताए ।उनले विदेशी दे
इटहरी । सुनसरीको निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार बिजयकुमार गच्छदारले प्रचारप्रसारका क्रममा व्यापक रुपमा निर्वाचन आचारसंहिता विपरितका कार्य गरेका छन् । गच्छदारले निर्वाचन आयोगको आचारसंहिता विपरित ठाउँठाउँमा फ्लेक्स व्यानरहरु राखेका छन् ।गच्छदारले मतदातालाई आकर्षित गर्न आफ्नो फोटो राखेर ठूल्ठूला फ्लेक्सहरु चोक चोकमा झुण्ड्याएका हुन् । निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारले निर्वाचन आयोगले तोके अनुसारको प्रचार सामग्री प्रयोग गर्नुपर्नेमा गच्छदारले सो विपरित ठूल्ठूला रंगीन फ्लेक्स नै राखेका छन् ।दुहवी नगरपालिका वडा नं। ११ तनमुनाको मुख्य चौकमा गच्छदारले आफ्नो तथा प्रदेश सभ
इटहरी । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभामा नेपाली कांग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिएको छ।बेलबारी नगरपालिका-८ निवासी लिम्बूले बिहीबारै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका छन्। लिम्बू कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् नेविसंघ मोरङका पूर्व सभापति पनि हुन्। उक्त क्षेत्रबाट चुनावी मैदानमा रहेका शेखरचन्द्र थापाको डेंगु र निमोनियाका कारण बुधबार निधन भएको थियो। प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री थापाको निधनपछि निर्वाचन आयोगले मंसिर ४ मै निर्वाचन गर्ने गरी कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयन समय बिहीबारका लागि दिएको थियो। लिम्बूले बेल
रामधुनी । सुनसरी क्षेत्र नं. ४ (क) बाट प्रदेशसभाका लागि उम्मेदवारी दिएका परशुराम बस्नेत यतिबेला जनताको घरघर पुगेर उनीहरुको समस्या बुझ्न व्यस्त छन् । उनी जनताको घरदैलोमा पुगेर जनतासंग प्रत्यक्ष भेट गरिरहेका छन् । लामो समयदेखि राजनितिमा सक्रिय बस्नेत जनताले रुचाएका व्यक्तिमा पर्छन् । २०४० सालदेखि अहिलेसम्म बिश्राम नलिकन आफूले निरन्तर सामाजिक कार्य गरिरहेको उनी बताउँछन् । आफूले जीवनमा कहिल्यै पनि भ्रष्टाचार नगरेको र अब पनि नगर्ने उनले प्रतिबद्ता जनाए । नेकपा एमालेले निर्वाचनमा पुर्णरुपमा समर्थन गरिरहेको उनी बताउँछन् ।&nbs
बेलबारी नगरपालिकाका निवर्तमान मेयर ज्ञानेन्द्र सुवेदी यतिखेर प्रदेश सभा सदस्यको लागि उम्मेदवार बनेका छन् । नेकपा (एमाले) बाट उनी प्रदेश सभा सदस्यको लागि मोरङ क्षेत्र नं. ३ को २ बाट चुनावी मैदानमा उत्रिएका हुन् । बेलबारीका भिजनरी र सफल मेयरको रुपमा चर्चा गरिएका सुवेदी उत्साहित छन् । हामीले उनीसँग चुनावी माहोलका विषयमा गरेको कुराकानी यस्तो छ –हिजो बेलबारी नगरपालिकाको मेयर हुनुहुन्थ्यो, अहिले प्रदेशसभा सदस्यको उम्मेदवार हुनुभएको छ ? जनतामा जाँदाको अनुभूति के छ ?हिजो मेयर भएर ५ वर्ष काम गरिरहँदाका क्षणहरुलाई जनताले नजिकबाट प्रत्यक्ष रुपमा जोडिएर जाने खालको अवस्था थियो । जनतासँगै दैनिक जोडिनुपर्ने
विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ का ६३ हजार ६२२ मतदाता यसपटक पनि दुई छिमेकीको प्रतिस्पर्धामा निर्णयक हुने छन् । अर्थात् प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सत्ता गठबन्धनका विजयकुमार गच्छदार र एमाले-जसपा गठबन्धनकी भगवती चौधरी राजनीतिक रूपले प्रतिस्पर्धी भएपनि छिमेकी हुन् ।यसअघि २०७० र २०७४ को निर्वाचनमा यी दुवैजना मैदानमा थिए । दुईटै चुनाव गच्छदारले जिते ।विजय र भगवतीको जात र समुदायमा मात्रै मिल्ने होइन । उनीहरूको गाँउ पनि एउटै हो । दुवै तत्कालीन भलुवा गाविसमा जन्मिएका हुन् । दुहवी नगरपालिकाभित्र पर्ने भलुवाका छिमेकी दुवैजना मोरङ्गिया थारु हुन् । उमेर र राजनीतिक यात्राको हिसाबले विजय भगवतीभन्दा
इटहरी । सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नेकपा९एमाले० का भीम आचार्यले आफूले जनताको अपेक्षाभन्दा बढी नै विकास निर्माणका कामहरु गरेको बताएका छन् । उनले आफूले जितेर गएको निर्वाचन क्षेत्रमा विकासका विभिन्न पूर्वाधारहरु बनाउन र स्थानीय सरकारमार्फत् विकास गतिविधि अघि बढाउन सहयोग गरेको फेहरिस्त पेश गरेका छन् । उनले आफू छोटो समय पर्यटन मन्त्री हुँदा विजयपुर, विष्णुपादुका, बराहक्षेत्र, रामधनी, बर्जु ताल, तालतलैया सबैमा पहिलो केन्द्रिय सरकारको बजेट पारेको बताए । ‘मैले नेपालमा दुई वटा इन्टरनेशनल एयरपोर्ट सुरु गराएँ,’ उनले भने, ‘छोटो समयलाई पनि उपयोग गरेर काम गरेँ ।’ द
मोरङ । मोरङ क्षेत्र नं ६ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार सरोज नेपालले अन्य दललाई कडा टक्कर दिने देखिएको छ । लामो समय नेतृत्वमा रहेका दलका प्रतिनिधिले ६ नं. क्षेत्रमा निर्वाचनको मुखमा मात्र अनुहार देखाउने गरेको र विकास निर्माणमा सोचे अनुरूप काम गर्न नसकेको भन्दै यति बेला मतदाताहरू स्वतन्त्र उम्मेदवार प्रति सहानुभुती देखाउन थालेका छन् । यसको फाइदा उठाउँदै सरोज नेपाल अहिले आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय पूर्वक घरदैलो अभियान र मतदाताहरूसँग अन्तरकृया गरिरहेका छन् ।२०७४ को निर्वाचनमा मोरङ क्षेत्र नं ६ बाट प्रतिनिधि सभा सदस्यमा एमाले नेता लालबाबु पण्डित विजयी भएका थिए । यस पटक
कात्तिक २३ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ ।चुनावी दौडाहका क्रममा सुर्खेत पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको हो ।मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि एक युवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन ।जुत्ता प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.