इटहरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा रोचक प्रतिस्पर्धा भएको छ । मतगणना सुरु भएदेखि विभिन्न पार्टीका उम्मेदवारले अग्रगता बनाइरहेका छन् । पछिल्लो समय जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा छ ।
जनता समाजवादी पार्टीका अशोककुमार राईले केही समय अग्रता लिएका थिए । पुन: राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले अग्रता लिएकी छन् । गोमाले १२ हजार ८५५ मत ल्याउँदा एमालेको समर्थन पाएका राईले १२ हजार ५०५ मत पाएका छन् ।
माओवादीका मुक्सामहाङ्ग सुब्बाले ९९००, स्वतन्त्र मनोजकुमार मेयाङ्गबोले ६७२८ र राप्रपाका अशोक कुमार राई ५८९१ मत पाएका छन् ।


