आङदेम्बेलाई पाँचथरबाट हराउदै नेकपा एमालेका नेम्वाङले चौथो पटक संसद यात्रामा

alt

पाँचथर । नेपाली काँग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई पाँचथरबाट हराउदै नेकपा एमालेका बसन्तकुमार नेम्वाङले चौथो पटक संसद यात्रा तय गरेका छन।

    प्रतिनिधिसभा सदस्यका लागि यही मंसिर ४ गते भएको निर्वाचनमा एमालेका तर्फबाट उमेदवार रहेका नेम्वाङले काँग्रेस सहमहामन्त्री आङदेम्बेलाई ४६ मतको झिनो अन्तरले पराजित गर्दै चौथो पटक संसद बन्न सफल भएका हुन ।

 केपी शर्मा ओली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री समेत भई सकेका नेम्वाङ  २०४८, २०५६ र २०७४ मा पाँचथरबाट केन्द्रीय संसदमा बिजयी  भएका थिए ।vlcsnap-2022-11-30-16h32m52s257

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मत गणना सम्पन्न हुदा नेम्बाङले कांग्रेसका आङदेम्बेलाई ४७ मतको अन्तरले पछि पारेका थिए तर विजयको आधिकारीक घोषणा भएको थिएन ।

प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिक मतपेटिकामा फेला परेपछि समानुपातिकतर्फका मत गणना सकेपछि मंगलबार बेलुका मात्रै एमालेका नेम्वाङलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी भएको प्रमाणपत्र उपल्वध गरायो ।vlcsnap-2022-11-30-16h32m24s350

चार दिनअघि प्रत्यक्षतर्फको मतपेटिकाका मत गणना गर्दा नेम्वाङ नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका उम्मेदवार भीष्मराज आङदेम्बे भन्दा ४७ मतान्तरले अघि थिए । तर समानुपातिक मतपेटिकामा पनि भेटिएका मतहरू गणना गर्दा नेम्वाङ ४६ मतान्तरले विजयी भएका हुन् । नेम्वाङले ३२ हजार १ सय ३५ मत ल्याउदा आङदेम्बेले ३२ हजार ८९ मतमात्रै ल्याएका थिए ।

     मोरङमा महिला लक्षित एक दिने हिपहप नृत्य कार्यशाला सम्पन्न मोरङमा महिला लक्षित एक दिने हिपहप नृत्य कार्यशाला सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित द राइजिङ बोर्डिङ स्कुलको सभा हलम ...

    कोशीमा मुख्यमन्त्रीको विषयलाई लिएर एमालेभित्र विवाद, नयाँ सरकार गठनमा ढिलाइ कोशीमा मुख्यमन्त्रीको विषयलाई लिएर एमालेभित्र विवाद, नयाँ सरकार गठनमा ढिलाइ

    इटहरी । कोशी प्रदेशको मुख्यमन्त्रीका बिषयमा नेकपा एमालेभित्र विवाद भएपछि एम ...

    नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रिट’ कार्यक्रम इटहरीमा सम्पन्न नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रिट’ कार्यक्रम इटहरीमा सम्पन्न

    इटहरी । साइप्रस स्थित नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रि ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]