काठमाडौँ / बालुवाटारमा बसेको सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठकमा तत्काल मन्त्री परिवर्तन नहुने सहमति भएको छ।आज बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच कुराकानी भएको थियो।संसदमा बजेटबारे मन्त्रालयगत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ पनि दिनुपर्ने भएकोले अहिले मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ।प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले पनि अहिले मन्त्री परिवर्तन नहुने बताएको छ। ‘तत्काल मन्त्री परिवर्तन नगर्ने भन्ने कुरा भएको छ । स्रोतले भन
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको बताउनुभएको छ । १५ औं गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश दिदै मुख्यमन्त्री राईले गणतन्त्रले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन ल्याएको धारणा व्यक्त गर्नुभएको छ ।उहाँले भन्नुभएको छ–‘लामो र ऐतिहासिक संघर्षको बलमा हाँसिल गरिएको गणतन्त्रले राजनीतिक तहमा अर्थपूर्ण परिवर्तन ल्याएको छ । मुलुक गणतन्त्रसँगै संघीय शासन प्रणालीमा रुपान्तरित भएको छ ।’ मुख्यमन्त्री राईले भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत नेपाली जनताले संविधानको रक्षा र संघीय लोकतान्त्रिक
काठमाडौँ/ काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शााह विजयी भएका छन् ।शाहले निर्वाचन आयोगबाट लौरो चुनाव चिन्ह पाएका शाहले २३४२६ मतान्तरले विजयी भएका हुन् ।निर्वाचन आयोगको अन्तीम मतपरिणाम अनुसार शाहले ६१७६७ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८११७ मत मात्र प्राप्त गरेका छन् ।त्यस्तै गठबन्धन तर्फकि नेपालि कांग्रेसकि उम्मेदवार सिर्जना सिहंले ३८३४१ म्त मात्र प्राप्त गरेकी छिन् ।उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छिन् । डंगोलले ६८६१२ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्धन्द्धी गठबन्धन तर्फबाट नेकपा एक
एक वर्ष भित्रमा एम्बुलेन्स खरिद गरी जनतालाई सेवा दिने सुन्दरहरैँचा नगरपालिका ३ का वडा अध्यक्ष विदुर प्रसाद ढुङ्गानाले बताएका छन् । आज कोशी प्रेससँग कुराकानी गर्दै उनले जनतालाई सेवा दिने विषयमा कुनै कसर बाँकी नराख्ने बताएका हुन् । उनले विभिन्न संघसंस्थासगँ समन्वय गरेर एम्बुलेन्स खरिद गरी वडावासीलाई ५० प्रतिशत छुटको व्यवस्था गर्ने समेत तयारी भई हरेको जानकारी दिए । घरघरमा सेवा दिने उद्देश्यले एम्बुलेन्स सेवाको सुरुवात गर्न लागिएको वडा अध्यक्ष ढुङ्गानाले बताए । यस अघिका जनप्रतिनिधिले गर्न बाँकी राखेका पुराना योजनालाई समेत उनले निरन्
प्रकाशपुर । सुनसरीको बराहक्षेत्र नगरपालिकामा स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीले बुधबार(आज) शपथ तथा पदभार ग्रहण गरेका छन । बराहक्षेत्र नगरपाकिलाकामा मेयर रमेश कार्कीले उपमेयर नन्द कुमरी राईलाई सपत ग्रहण गराएका थिए । राईले आजै पदभार ग्रहण गरेकी छन् । एक देखि ११ वटै वडा अध्यक्ष हरुलाई मेयर कार्कीले सपत ग्रहण गराएका थिए ।आजै बसेको बराहक्षेत्र नगरपालिकाको पहिलो बैठकले पाँच बुँदे निर्णय गरि सार्वजनिक गरेका छन् । पदभार ग्रहणपछि बसेको मेयर रमेश कार्की, उपमेयर नन्दकुमारी राई सहित वडा अध्यक्ष हरुको संयुक्त पहिलो बैठकले पाँच बुदे जनमुखी निर्णय गरेको छ । 
दाङको तुलसीपुर उपमहानगरपालिमा सत्ता गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।एमालेबाट नगरप्रमुखका उम्मेवदवार टिकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी भएका हुन् ।एमालेका खड्काले नेपाली कांग्रेस गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मतअन्तरले पराजित गर्दै विजयी भए । खड्काले ३१ हजार ४०८ मत प्राप्त गरे भने गिरीले २७ हजार ७१७ मत प्राप्त गरे ।गठबन्धनबाट उम्मेदवार बनेका गिरी अघिल्लो चुनावमा पनि एमालेका घनश्याम पाण्डेसँग पराजित भएका थिए ।यस्तै उपप्रमुखमा चौधरीले गठबन्धन तर्फ नेकपा एकिकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित
काठमाडौँ महानगरपालिकाको मेययरमा स्वतन्त्र उम्मेदवार बालेन शााह २११५१ मतले अगाडि छन् । शाहले ५५७७७ मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेका केशव स्थापितले ३४६२६मत मात्र प्राप्त गर्नुभएको छ । भने गठबन्धन तर्फकी नेपालि कांग्रेसकि उम्मेदवार सुनिता सिर्जना सिंहले ३५३७१ म्त मात्र प्राप्त गर्नुभएको छ । यता उता उपमेयर तर्फ भने नेकपा एमालेकि उम्मेदवार सुनिता डंगोल ३५८७७ मतले अगाडि छिन् । डंगोलले ५३६४२ मत प्राप्त गर्नुभएको छ भने । उनका प्रतिद्धन्द्धी गठबन्धन तर्फका नेकपा एकिकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७७६५ मत मात्र प्राप्त गर्नुभएको छ । मेयरमा बालेन शाह र उपमेयरमा सुनित
इटहरी/धरान उपमहानगरपालिकाको मेयरमा हर्क साम्पाङ विजयी भएसगँै खुसियालिमा विजय जुलुस निकालिएको छ । उनि स्वतन्त्र तर्फबाट निर्वाचनमा हुमिएका थिए र उनको चुनाव चिन्ह भने लौरो थियो र आज उनको जितसगै धराने जनताको पनि जित भएको स्थानिय वासिन्दा सुभचिच्तकले बताए । उनी यस भन्दा अगाडि पनि उप निर्वाचनमा हुमिएका थिए । र त्यस चुनावमा भने उनले विजयी हासिल गन भने सकेनन् ।यसपालि भने उनलाई धराने जनताले साथ दिएसगैँ भोट पनि उनै साम्पाङलाई दिएर जिताए । उनले उपनिर्वाचन हारेर पनि उनि निरास भएनन् र उनलाई विश्वास थियो मलाई एकदिन यहाँका जनताले भोट दिएर जिताउछन् भन्ने आत्माविश्वास थियो । र आज उनलाई त्यहाका जनताले जि
चितवन/ भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेणु दाहाल र उपमेयरमा कांग्रसका चित्रसेन अधिकारी विजयी हुनु भएको छ ।सुवेदिलाई १२००० मतले पछि पार्दै दाहाल विजयी हुनुभएको हो । नेकपा माओवादी तर्फकि उम्मेदवार रेणु दाहालले ५२०३० मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९५८१ म्त मात्र प्राप्त गनुभयो ।दाहाल भरतपुर महानगरको निर्वतमान मेयरसमेत हुन् । २०७४ मा भएको निर्वाचनमा उनले देवि ज्ञावलीलाई २०३ मतले हराएकि थिइन ।दोस्रो पटकमा भने रेणु १२००० भन्दा बढि मतले जित्न सफल भइन् । रेणुका बागि उम्मेदवार जगनाथ पौडेलले १४७२८ मत मात्र ल्याए । यस्तै उपमेयरमा भने गठबन्धन तर्फकै नेपालि कांग
इटहरी/ सडक , गल्ली गाउँ बस्तीमा विकासको नारा लगाउदै र धरानको समस्या समाधन गर्ने नारा लगाउँदै डिडेका हर्कराज साम्पाङ मेयर बनेका छन् । टेलिचलचित्रको कथा जस्तै तरिकाले मेयर बने ।स्वतन्त्र उम्मेदवारमा उनि निर्वाचनमा लडेका उनको कार्यक्रममा खासै मानिस पुगेनन् ।न त घरदैलो र उम्मेदवारी मै देखिए, तर पनि उनलाई धराने जनताले सुटुक्क भोट दिएर जिताए ।धरानको विकासको लागी धेरै अगाडि देखि विभिन्न आवाज उठाउँदै आएका थिए । उनले विशेश गरेर भष्टचार , खानेपानी र स्वास्थ्य क्षेत्रको वेतिथिलाई बढि केन्द्रमा राखेर आवाज उठाउँदै आएका थिए । उनले वेतिथिलाई सामाजिक सञ्जाल मार्फत पनि आक्रोश पोख्ने गदर्थे ।धरानका खोलाहरुमा हु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.