इटहरी । राष्ट्रीय युवा संघ नेपाल इटहरीले शनिबार आफ्नाे १० औ अधिवेशन भब्यताका साथ सम्पन्न गरेकाे छ । इटहरीस्थित लायन्स भवनमा सम्पन्न अधिवेशनले कमलजंग क्षेत्रीको अध्यक्षतामा ७५ सदस्यीय कार्यसमिति चयन गरेकाे छ ।
समितिको उपाध्यक्षमा अजय आठपहरिया राई, सचिवमा सुमन कटुवाल, सहसचिवमा मनिष कोइराला र नविन चौधरी चुनिएका छन् । यसैगरी कोषाधयक्षमा संगीना राई र कार्यालय सचिवमा अविस कटुवाल चुनिएका छन् ।
यसैगरी सदस्यहरुमा निर्दिप काफ्ले, मनोज अधिकारी, भुवन पराजुली, राजन घिमिरे, दिपेस ढुंगाना, सरिता आचार्य लगायत ७५ सदस्य नगर कमिटी निर्विरोध चयन भएको निर्दिप काफ्लेले जानकारी दिए ।
राष्ट्रिय युवा संघका केन्द्रीय उपमहासचिव विजय डाँगीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा संचार क्षेत्रमा योगदान दिएकोमा संचारकर्मी बिकल पौडेल, सडक मानब रहित समाज निर्माणका लागि योगदान दिएकोमा माया घर नेपाल र युवा उद्यमी मन्च फुडका सन्चालक तथा युवा व्यवसायी बिसाल अधिकारी र गोविनद झा लाइ सम्मान गरिएकाे थियाे ।


