चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुरमा नेपाली कांग्रेसका कार्यकर्ताले कसरी मन थामेर बसेका होलान् भनी प्रश्न गरेका छन् ।आइतबार चितवनको भरतपुरमा आयोजित आमसभामा सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताप्रति आफ्नो सहानुभूति रहेको बताए ।जिन्दगीभर कांग्रेस भएर हिँडेकाहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी (भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहाल) जसरी पनि जिताउन लाग्नुपर्ने बाध्यतामा रहेको ओलीले बताए ।५ वर्षअघि प्रचण्डकी छोरी रेनुलाई मतदान गरेर मेयर बनाएका कांग्रेस कार्यकर्ता यस वर्ष पनि मतदान गर्न बाध्य भएका ओलीले टिप्पणी गरे । प्रचण्डल
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्ने बताएका छन् । पार्टी कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकारसम्मेलनमा निर्वाचन भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिए । उनले मतदातालाई तर्साएर मतदान माग्न नपाइने बताए । “आफूलाई मतदान नगर्नेलाई देश दुर्घटनामा जान्छ जस्ता अभिव्यक्ति दिएर मत माग्ने गरेको पाइयो”, उनले भने, “मतदातालाई धम्काएर, तर्साएर मत माग्न पाइदैन, निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्दछ ।”उनले निर्वाचन आयोग निष्पक्ष हुनुपर्नेमा जोड दिए । पार्टी अध्यक्ष ओलीले स्थानीय तहलाई राष्ट्रियता, सामाजिक सद्भाव र सरकारप्रतिको जनव
विराटचाेकः सुन्दरहरैँचा नगरपालिका वडा नम्बर २ अन्य वडाको तुलनामा कम विकसित मानिन्छ। नेपाली काँग्रेसले त्यही अविकसित वडाका ऊर्जाशील युवा विवश प्रधानलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । उमेरले भर्खरै २६ वर्ष पुरा भएका उनी ज्येष्ठ नागरिक देखी बालबालिकाको मुद्दामा केन्द्रित भएका छन्।ज्येष्ठ नागरिकलाई घरमै उपचारको व्यवस्था मिलाउने उनले बाचा गरेका छन्। युवा स्वरोजगारको लागि सीपयुक्त युवा उत्पादन गर्ने उनले सुनाए। बाल उद्यान निर्माणको लागि आफू प्रतिबद्ध भएको उनको भनाई छ।सफा सुन्दर वडा बनाउन ‘हाम्रो वडा सफा सुन्दर हरित, लगौँ बनाउन तपाईँ र म सहित’ भन्ने नारा तय गरेका छन् । काम कारबाहीलाई चुस्त र प्रभाव
काठमाडौं / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ मतदाताहरूलाई जीवनको पहिला मतदान सूर्यमा गर्न आग्रह गरेका छन् । नयाँ मतदाताकाहरूको जीवनस्तर विकसित देशका नागरिकको भन्दा कम हुन नदिने प्रतिबद्धता जनाए ।नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले जीवनको पहिलो मतदान सूर्य चिह्नमा गर्न आग्रह गरेका हुन् । जीवनको पहिलो मतदान सूर्य चिह्नमा गरेर विकासको नयाँ युगमा प्रवेश गर्न ओलीले आग्रह गरे । ‘तपाइँहरूको क्षमता विकास गरी तपाइँहरूलाई अद्वितीय उपलब्धी हासिल गर्नसक्ने प्रतिस्पर्धी, क्षमतायुक्त, सम्मानित र आदर्शवान् नागरिक बनाउने भिजन र कार्यक्रम एमालेसँग छ,’ ओलीले भने ।उनले नयाँ मतदाताला
रसुवा / स्थानीय तहको निर्वाचनका लागि रसुवामा तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ रसुवाका सचिवसहित तीनजना पत्रकार चुनावी मैदानमा उत्रिएका हुन् ।महासंघका जिल्ला सचिव दावा तामाङ, कार्यसमिति सदस्य सानुकान्छा लोप्चन र पत्रकार महासंघका पूर्वअध्यक्ष तथा महासंघका सदस्य सोमबहादुर तामाङ चुनावी प्रतिस्पर्धामा छन् । माओवादी केन्द्रबाट कालिका गाउँपालिकाको अध्यक्षका लागि सोमबहादुर तामाङ, कालिका गाउँपालिका-१ को वडाध्यक्षको लागि दावा तामाङ र नौकुण्ड गाउँपालिका-६ को वडाध्यक्षका लागि सानुकान्छा लोप्चनले टिकट पाएका हुन् । तीनैजना माओवादी केन्द्रबाट प्रतिस्पर्धा गर्दै छन् ।रसुवामा पा
इटहरी । नेकपा (एमाले) बाट इटहरी उपमहानगरपालिकाको मेयर पदमा उमेदवारी दर्ता गराएका यामकुमार सुब्बाले युवालाई एक पत्र लेखेका छन् । सो पत्रमा उनले युवालाई आफूसँग समहित भएर ‘युवा इटहरी’ निर्माण गर्न आग्रह गरेका छन् । अहिलेका युवाको भोटले इटहरीको वर्तमान र भविष्यलाई निर्क्यौल गर्ने भएकाले विवेक प्रयोग गरेर भोट हाल्न अनुरोध गरेका छन् । पहिलो पटक मतदान गर्ने युवालाई लक्षित गरेर जारी भएको पत्रमा उनले कसैको करकाप र धाक धम्कीमा नपरि मतदान गर्न सुझाएका छन् । ‘मतदान भनेको तपाइँको संवैधानीक अधिकार हो’, उनले लेखेको पत्रमा भनिएको छ, ‘तपाइँले दिएको एक मतले इटहरीको वर्तमान र भविष्य नि
इटहरी । नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रदेश १ का इन्र्चाज देवराज घिमिरेले एमालेले प्रदेश १ का कम्तिमा एकसय पालिकामा जित्ने दावी गरेका छन् । उनले प्रदेश १ का १३७ पालिकामध्ये कम्तिमा सय पालिकामा एमालेले जित्ने दावी गरेका हुन् । । घिमिरेले भने ‘गठवन्धनको भिजन,मिसन,कार्यक्रम केहि छैन,अपवित्र गठवन्धन हो, गठवन्धनकै दलभित्रको किचलोले उनिहरुको पनि भोट सूर्यमा आउछ ।’ एमालेलाई हराउन र आफना छोरा, छोरी, नाता गोतालाई चुनावमा उठाउन वनेको गठवन्धनलाइ जनताले राम्ररी चिनिसकेको उनले दावी गरे । देश र जनताको हीतमा काम गर्ने पार्टी एमालेमात्र भएको जनतामाझ प्रष्ट भएको घिमिरेको भनाई छ । ठूलो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काङ्ग्रेसले देशकाे सम्पत्ति खाएकाे बताएका छन् । आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्ताे बताएका हुन् ।बहुदलीय अध्यासमा आएपछिको ३२ वर्षमा नेपाली काङ्ग्रेसले २७ वर्ष शासन गरेको बताउँदै उनले काङ्ग्रेसले यो अवधिमा देशको सम्पत्ति खाएको, शासन राजालाई बुझाएको र राज्य संयन्त्रको दुरुपयोग गर्ने काम मात्र गरेको बताए ।यस्तै ओलीले काङ्ग्रेसले आफ्नो पार्टीको नीति, कार्यक्रम र योजनाहरूलाई गफ ठान्ने गरेको पनि बताए । उनले भने, 'अचम्म त के लाग्छ भने, एमालेले ल्याएको नीति, कार्यक्रम र योजनाहरूलाई काङ्ग्रेस
धरान : धरानस्थित निर्वाचन अधिकृतको कार्यालयमा दलका नेतालाई खटाएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी परेको छ ।क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत मणिराज पोखरेललाई निर्वाचन कार्यालयमा खटाइएको छ । उनी नेकपा समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरू कुनै पनि दलमा आबद्ध हुन नहुने कानुन भए पनि उनी दलसँग आबद्ध भएको पाइएको छ । दलका जिम्मेवार व्यक्तिलाई निर्वाचनमा खटाउँदा निष्पक्षता माथि प्रश्न उठ्छ ।दलका जिम्मेवार व्यक्ति चुवानमा खटाइएको विषयमा जिल्ला निर्वाचन कार्यालय सुनसरीमा नेकपा एमाले जिल्ला कमिटी सुनसरीले गत १५ गते उजुरी दिइएको थियो । तर उजुरीको विषयमा
धरान । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धरान ४ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार धन बहादुर राई यस वडामा परिचित नाम हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट अध्यक्ष मन बहादुर राईको अध्यक्षतामा उनि खुल्ला सदस्यको रुपमा निर्वाचित भएको थिए ।अघिल्लो कार्यकालमा जनतासँग गरेका प्रतिबद्धता अनुसारका बिकास, पूर्वाधार निर्माणको काम सुरुवात मात्रै गर्न सफल भएकोले ति कार्यलाई सम्पन्न गरी वडालाई समृद्ध बनाउन आफ्नो उमेदवारी रहेको बताउँछन् । वडा नम्बर ३ को भौगोलिक बनोट बिशेष प्रकारको रहेकाले थोरै लगानीबाट पूर्वाधार विकासको काम गर्न असम्भव जस्तै भएको थियो । नेतृत्वले समन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.