माैन अवधिमा इटहरी : मुख्य चाैक सुनसान ,मतदातालाइ आफुतिर प्रभावित पार्न भित्री गाउ रातभरी चहल पहल , सामाजिक सञ्जालमा बिराेधै बिराेध

alt

इटहरी । निर्वाचन आयोगले मौन अवधिमा   राजनीतिक दल  वा उम्मेद्वारहरूले मतदाताहरूलाइ प्रभावित पार्न  कुनै प्रकारको गतिविधि नगर्न निर्देशन जारी गरेपनि सुनसरीको इटहरीमा भने रातभरी उम्मेद्वार पक्षका कार्यकर्ताहरूले मतदाताको घर घर पुगेर पैसा बाडेको भनि सामाजिक सञ्जालमा बिरोध भएको छ । 

बैशाख ३० गते हुने स्थानिय निर्वाचनको तयारी लगभग अन्तिम चरणमा पुगेको बेला आयोगले मौन अवधिलाइ उलंघन नगर्न सबै राजनीतिक दलहरूलाइ अनुरोध गरिरहेकै बेला इटहरीमा भने रातभरी कार्यकर्ताहरू जम्मा भएर पैसा बाडेको र भोज भत्तेर गरेको समाचार प्राप्त भएको छ । 

मौन अवधीमा इटहरीको मुख्य शहरी क्षेत्रमा बाक्लो सुरक्षाकर्मी तैनाथ भएकै कारण राजनीतिक चहल पहल नभएपनि भित्री गाउहरूमा भने रातभरी उम्मेद्वार पक्षका कार्यकर्ताहरूले मतदाता प्रभावित बनाउने काम गरेको सामाजिक सञ्जालहरूमा चर्चा छ । 

इटहरीकि तत्कालिन उपमेयर लक्ष्मी गौतमले सामाजिक सञ्जालमा वडा नं २ र १६ मा गठबन्धन पक्षले मौन अवधीको समयमा  २५ , ३० वटा गाडीको ताती लिएर हो हल्ला गर्दै हिडेको लेख्नुभएको छ भने गौतमकै स्टाटसलाइ उदृढ गर्दै नेपाली कांग्रेसका बिद्यार्थी नेता प्रमोद भट्टराइले भने एमाले हार्ने निश्चित भएपछि अनावस्यक हो हल्ला गरेको सामाजिक सञ्जालमा स्टाटस लेखेका छन । 

त्यस्तै  नेत्रमणि अधिकारीले इटहरी १५ रेग्मी टोलमा राती भतेर खुवाउँदै गर्दा लखेटिएको    भनेर फेसबुकमा लेखेका छन् ।यता इटहरीकै सिमरवनामा पनि २० , २५ वटा मोटरसाइकलहरूको ताति रातभरी हो हल्ला कुदेको स्थानीय मदनराज बरालले लेखेका छन । 

यता निर्वाचन अधिकिृतको कार्यालय इटहरीमा भने कुनै पनि राजनीतिक दल वा उम्मेद्वारलाइ लक्षित गरेर त्यस्ता उजुरीहरू नपरेको जनाएको छ । इटहरीस्थित निर्वाचन अधिकृत नारायण रिमालका अनुसार सामाजिक सञ्जालहरूमा केहिले पैसा बाडेको र होहल्ला गरेको भनि खबर सुनिएपनि अहिले सम्म कुनै प्रकारको उजुरी परेको छैन । 

     मोरङमा महिला लक्षित एक दिने हिपहप नृत्य कार्यशाला सम्पन्न मोरङमा महिला लक्षित एक दिने हिपहप नृत्य कार्यशाला सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित द राइजिङ बोर्डिङ स्कुलको सभा हलम ...

    कोशीमा मुख्यमन्त्रीको विषयलाई लिएर एमालेभित्र विवाद, नयाँ सरकार गठनमा ढिलाइ कोशीमा मुख्यमन्त्रीको विषयलाई लिएर एमालेभित्र विवाद, नयाँ सरकार गठनमा ढिलाइ

    इटहरी । कोशी प्रदेशको मुख्यमन्त्रीका बिषयमा नेकपा एमालेभित्र विवाद भएपछि एम ...

    नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रिट’ कार्यक्रम इटहरीमा सम्पन्न नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रिट’ कार्यक्रम इटहरीमा सम्पन्न

    इटहरी । साइप्रस स्थित नियोपोलिस विश्वविद्यालय पाफोसको ‘एजेन्ट मिट एन्ड ग्रि ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]