इटहरी | इटहरी उपमहानगरपालिकाको नगर प्रमुख पदको लागि १८ जनाको उम्मेद्धवारी परेको छ । निर्वाचन अधिकृतको कार्यलय इटहरीको अनुसार वैशाख ११ र १२ गतेको उम्मेद्वारी मनोनयनमा मेयरमा १८ र उपमेयर पदका लागि ९ जना उम्मेद्वारले मनोनयन दर्ता गराएका छन्।सुनसरी जिल्लाकै बढी मतदाता भएको इटहरीमा एक सय तेइस जनाले वडा अध्यक्षमा उम्मेद्वारी मनोनयन गराएका छन् । २० वटा वडा रहेको उपमहानगरमा दुई सय तीन खुल्ला सदस्य, एक सय एक महिला सदस्य उनानब्बे दलित महिला सदस्यले आफ्नो उम्मेद्वारीदर्ता गराएका हुन्।वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा इटहरीमा विभिन्न पदमा गरी ५ सय ४३ जना उम
नेपाल परिवार दल मोरङले बिराटनगर माहानगरपालिका बाट मेयर ,उपमेयर र वडा १० को अध्यक्षमा उम्मेद्वारी मनोनयन दर्ता गराएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलका मोरङ बिराटनगरको मेयर महेश निरौला र उपमेयरपदमा दिपा पोख्रेलले उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् ।साथै माहानगर १० को वडाअध्यक्ष मा अमित सुबेदिको उम्मेद्बारी दर्ता भएकोजिल्ला अध्यक्ष सरोज पौडेल ले जानकारी िदए ।।
इटहरीः उमेरले उनी २६ वर्षका मात्रै भए । देशभरको राजनीतिक माहोल हेर्दा उनी स्थानिय चुनावको प्रचारप्रसार र उमेद्वारको सहयोगीको रुपमा हिड्ने युवा जस्ता लग्छन् । तर, भोजपुरको पौवादुङ्मा गाँउपालीका वडा नम्बर ३ च्याङ्ग्रे का सन्तोष कोइराला भने यो भिडमा अपवाद भएका छन् । उनी आफै वडा अध्यक्षका उमेद्वार भएका छन् । देशभर गठबन्धन भएपनि उनी वडामा गठबन्धनका तर्फबाट नभएर नेपाली कांग्रेसका एक्ला उमेद्वारको रुपमा आएका छन् । विद्यार्थी राजनीतिबाट सक्रिय राजनीतिमा आएका कोइरालाको पारिवारिक विरासत नै राजनीति हो । उनका हजुरबुबा च्यांग्रे गाँउपन्चायतको उपप्रधानपन्च सम्म भएका थिए । विभिन्न सामाजिक सं
रामधुनी : रामधुनी नगरपालिकामा १५ जनाले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । वैशाख ३० गते हुने निर्वाचनका लागि रामधुनी नगरपालिकामा स्वतन्त्र मेयर पदमा ९ जनाले मनोनयन दर्ता गरेका छन । भने उपमेयरमा ८ जनाले मनोनयन दर्ता गरेका छन् । ८ जना स्वतन्त्र उपमेयर पदमा उमेद्धारी गराएका मध्य २ जनाले स्वतन्त्र दर्ता गरेका हुन् ।नेकपा एमाले, कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टी र स्वतन्त्रबाट मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्य पदमा उमेदवारी परेको छ । ९ वटै वडामा ५६ जनाले वडाअधयक्ष मनो
इटहरी / इटहरी उप महानगरपलिकामा प्रमुख पदको लागी १८ र उप प्रमुख पदको लागि ९ जनाले र धरान उप महानगरपलिकामा प्रमुख पदको लागी २२ र उप प्रमुख पदको लागि ११ जनाले उम्मेदवारी दर्ता गरएका छन्बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागि उप महानगरको प्रमुखका लागी विभिन्न राजनितिक दल तथा स्वतन्त्र उम्मेदवार गरी १८ जनाले उमेदवारको मनोनयन दर्ता गराएका हुन् । जसमध्ये १२ जना राजनैतिक दलका उम्मेदवार हुन भने ६ जना स्वतन्त्र उम्मेदवार हुन् । उप महानगरको प्रमुखका आकांक्षी मध्ये १ जना महिला रहेका छन् । तेस्तै उप प्रमुखका लागि ९ जनाले उमेदवारको मनोनयन दर्ता गराएका हुन् । जसमध्ये ६ जना
सुन्दरहरैंचा / प्रमुख र उपप्रमुखसहित ६२ जना जनप्रतिनिधि निर्वाचित हुने सुन्दरहरैंचामा ३ सय १३ जनाले उम्मेद्वारी दिएका छन् । जसमा ११ जनाले प्रमुख र ८ जनाले उपप्रमुख पदमा उम्मेद्वारी दिएका छन् ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर ३ मा सबैभन्दा धेरै २८ जनाले उम्मेद्वारी दिएका छन् । जसमा ७ जनाले वडाध्यक्षमा, १० जनाले खुला वडा सदस्यमा, ६ जनाले महिला सदस्यमा र ५ जनाले दलित महिला सदस्यमा उम्मेद्वारी दिएका छन् ।११ जनाले प्रमुखमा, ८ जनाले उपप्रमुखमा, ७१ जनाले वडाध्यक्षमा, ११३ जनाले खुला वडा सदस्यमा, ५८ जनाले महिला सदस्यमा र ५२ जनाले दलित महिला सदस्यमा उम्मेद्वारी दिएका छन् ।वडागत रुपमा
इटहरी | मोरङमा चार हजार तीन सय ६१ उमेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् । जिल्लाभित्र रहेका एक महानगरपालिका, आठ नगरपालिका र आठ वटा गाउँपालिकामा आइतबार र सोमबार कुल आठ सय २९ विभिन्न पदका लागि चार हजार तीन सय ६१ जनाले उमेद्वारी दर्ता गराएका हुन्। मोरङमा एक महानगर र आठ नगरपालिकाका मेयर पदका लागि ८६ जनाको उम्मेद्वारी परेको छ भने उपमेयरमा ७७ जनाले उमेद्वारीदिएका छन्। यसैगरी आठवटा गाउँपालिका अध्यक्षका लागि ६३ जना र उपाध्यक्षमा ५२ जनाले उमेद्वारी दर्ता गराएका छन्। निर्वाचन कार्यालय मोरङका अनुसार जिल्लामा वडाध्यक्ष प
सुर्खेत / चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कालीकोटका नौवटै पालिकामा स्वतन्त्र उम्मेदवारी दिएको छ । विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यहरूसमेत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।कालीकोटको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम विसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन् । विसी सो पार्टीका केन्द्रीय सदस्य हुन् भने विक सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माकी भाइबुहारी हुन् । रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्याय २०६४ सालको संविधानसभाको सदस
प्रकाशपुर । स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बराहक्षेत्रका ११ वटै वडाको उमेरद्वारको टुंगो लगाएको छ । नेकपा एमालेले बराहक्षेत्रका मेयर निलम खनाल र उपमेयर नन्द कुमारी राई सहित ११ वटै वडाका उमेरद्वारहरु टुंगो लगाएको हो ।यी हुन् नेकपा एमाले बराहक्षेत्रका अध्यक्ष पदकालागि उमेरद्वारहरुःवडा नम्बर १ – किसन थापा मगर वडा नम्बर २– होमप्रसाद गौतमवडा नम्बर ३– रुद्र बहादुर दाहालवडा नम्बर ४ –आशाराम चौधरीवडा नम्बर ५– देबेन्द्र बहादुर बिष्टवडा नम्बर ६– टेकेन्द्र कार्कीवडा नम्बर ७– होमनाथ निरौलावडा नम्बर ८– भानु लिम्बूवडा नम्बर ९– दिपक लिम्बूवडा नम्बर१०– मणि तामाङ्गवडा नम्बर ११– गोकुल श्रेष्ठ
विराटचोकः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनअन्तर्गत बैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेद्वारको उम्मेद्वारीमाथि आज दाबी विरोध गर्ने दिन हो ।मनोनयन दर्ता गरेको कुनै व्यक्ति उम्मेद्वार हुन योग्य नभएको प्रमाणसहित उजुरी दिने समय आज १ दिन राखिएको छ । उजुरीमाथि निर्वाचन आयोगले भोलि र पर्सि छानबिन गर्नको लागि समय छुट्याइएको छ ।बैशाख १६ गते उम्मेद्वारले आफ्नो मनोनयन फिर्ता लिन चाहेमा फिर्ता लिन पाउने कार्यतालिका आयोगले राखेको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.