राजनीति

    Showing २,२४१-२,२५० of २,३०२ items.
  • केएमसीमा विद्यार्थीले गरे तोडफोड, शुल्क घटाउन आनाकानी गरेको आरोप

    आन्दोलनरत विद्यार्थीले काठमाडौँ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा तोडफोड गरेका छन् । नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)निकट विद्यार्थीले आज (मङ्गलबार) कलेजमा ढुङ्गामुढा गरेका हुन् ।कलेजले विद्यार्थीले राखेका माग पूरा गराउन आनाकानी गरेकाले आफूहरूले आन्दोलन चर्काएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।यसअघि पनि कलेज सञ्चालक सुनील शर्मालाई मोसो लगाउने प्रयास नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीले गरेका थिए । कलेजले विद्यार्थीबाट तोकिएभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन् । काठमाडौँ विश्वविद्यालय, शिक्षा मन्त्रालय र चि

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १५८ पटक पढिएको
  • नेपाल मुस्लिम सङ्घ रामधुनी नगर कार्य समिती गठन

    रामधुनी/ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघ रामधुनी नगर समितिको नयाँ कार्यसमिति गठन भएको छ । सङ्गठन लाई बिस्तार गर्ने क्रममा नेपाली काङ्ग्रेस नगर कार्य समितीले नौसाद  खानको अध्यक्षतामा २३ सदस्यीय मुस्लिम सङ्घ नगर कार्य समिति गठन भएको हो । गठित समितिको उपाध्यक्ष बेचन मिया ,सचिव मो.मकबुल अहमद ,सह सचिव ईरफान आलम  ,कोषाध्यक्ष सुबान मिया रहेका छन् । नेपालका हरेक परिवर्तनमा मुस्लिम समुदायले पुर्र्याएको योगदानको कदर तथा मुस्लिम समुदायका समस्या र आबश्यकताको पहिचान गरी काम गने नवगठित समितिका अध्यक्ष नौसाद  खानले जानकारी दिनुभयो । ४ वर्षे कार्यकाल रहेको समिति

    • प्रकाशित मितिः माघ ११, २०७८
    • ११२ पटक पढिएको
  • साकेलामा राष्ट्रिय कर्मचारी संगठन निजामतीको पालिका कमिटी गठन

    खोटाङ / खोटाङको साकेला गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको पालिकास्तरीय कमिटी गठन गरिएको छ । भेलाले बबिन घिमिरेको अध्यक्षतामा ३९ सदस्यीय कमिटी गठन गरेकाे हाे । उपाध्यक्षमा अर्चना राई, सचिवमा गणेश राई, सहसचिवमा सुवास राई र कोषाध्यक्षमा शिला थापा चयन भएका छन् ।रविन मगर, सन्तोषकुमार राई र होमनाथ ढकाललाई सल्लाहकार चयन गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ११, २०७८
    • ११६ पटक पढिएको
  • राष्ट्रिय युवासंघ मोरङद्वारा विभिन्न ४ सूत्रीय माग राख्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

    सुन्दरहरैंचा। राष्ट्रिय युवासंघ नेपाल मोरङले विभिन्न ४ सूत्रीय माग राख्दै मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री शेरबहादुर देवालाई ज्ञापन–पत्र बुझाएको छ । आज राष्ट्रिय युवा संघ नेपाल मोरङका संयोजक मनोज राईको नेतृत्वमा विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर टोलीले प्रमुख जिल्ला अधिकारी काँशीराज दाहालमार्फत प्रधानमन्त्रीलाई विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापन–पत्र बुझाएको हो ।ज्ञापनपत्रमा नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्दा समेत वर्तमान सरकारले कुनै प्रतिकृया नदेखाएको भन्दै खेद प्रकट गरिएको छ । उक्त क्षेत्रमा सडक निर्माण गर्न तत्काल रोक लागइ भारतीय सेना र क

    • प्रकाशित मितिः माघ ११, २०७८
    • १४३ पटक पढिएको
  • मुख्य राजमार्गमा सिसी क्यामेरा जोड्दै प्रदेश १ सरकार

    प्रदेश १ सरकारले कोसी पुलदेखि मेची पुलसम्म र विराटनगर जोगवनीदेखि धरानसम्म सिसी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सिसी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जानकारी दिए ।  मन्त्री कार्कीका अनुसार सिसी क्यामेरा जडान गर्न बजेट विनियोजन गरिसकिएको छ । शान्ति सुरक्षाको दृष्टिकोणमा सरकार नागरिकसँगै छ भन्ने बनाउनका लागि सरकारले वैज्ञानिक ढङ्गले काम गरिरहेको उनले बताए । ‘हामीले वैज्ञानिक ढङ्गले काम गरिरहेका छौँ । प्रदेशको राजधानीलाई पनि हामीले प्रविधिमैत्री निगरानीमा राख्ने गर

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १६७ पटक पढिएको
  • कलेज प्रशासनविरुद्ध विद्यार्थीहरु आन्दोलित सञ्चालक सुनिल शर्मा अमेरिका

    काठमाडौं: काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिलकुमार शर्मा अमेरिका प्रस्थान गरेका छन् । यता कलेज प्रशासनविरुद्ध विद्यार्थीहरु आन्दोलित रहेको अवस्थामा शर्मा भने अमेरिका पुगेका छन् ।उनी हिजै विहान अमेरिकाको लागि उडेका हुन् । हिजोमात्रै विद्यार्थीहरुले कलेजमा ताला लगाएका थिए । पछिल्लो समय कलेजले तोकिएको भन्दा महँगो शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् ।यो बीचमा सरकारले पनि कलेज सञ्चालकसँग छलफल गरिसकेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले त गृहमन्त्री बालकृष्ण खाँणलाई कलेजलाई कारबाहीको लागि आग्रह गरेका छन् ।

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १६४ पटक पढिएको
  • वीपी प्रतिष्ठान सम्हाल्न आइपुगे यादव: आन्दोलनरत पक्षले गर्याे स्वागत, कर्मचारी समाजले गर्याे विरोध

    सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अस्पताल र दैनिक प्रशासनिक कार्य गर्न पठाएको स्वास्थ्य मन्त्रालय बाह्रौँ तहका प्रमुख विशेषज्ञ डा.श्यामसुन्दर यादव कार्यभार सम्हाल्न प्रतिष्ठान आई पुगेका छन् । उनी सगैं प्रतिष्ठानको आर्थिक तथा खाता सञ्चालन गर्न कोष तथा महालेखा नियन्त्रकको कार्यालयबाट एक जना उपसचिव पठाउने निर्णय गरेको थियो । महालेखा नियन्त्रकको कार्यालयले सुनसरीस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख चिरञ्जीवी अधिकारीलाई प्रतिष्ठान पठाएको छ । यादव र अधिकारी आज प्रतिष्ठान पुगेका हुन् ।छानबिन समितिले दोषी देखाएका प्रतिष्ठानका बहालवाला ३ पदाधिकारीहरूलाई काम गर्न

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १५८ पटक पढिएको
  • मधेस प्रदेशले ‘चुच्चे नक्सा’ हालेर राजपत्र सच्चायो

    काठमाडौं / तत्कालीन प्रदेश २ को नाम परिवर्तन भई मधेस भएको जानकारी दिन जारी राजपत्रमा नेपालको ‘चुच्चे नक्सा’ नसमेटिएको विषय सार्वजनिक भएपछि पुनः सच्चाइएको छ । मधेस प्रदेशका महान्यायाधिवक्ता दिपेन्द्र झाले ‘भूलवश हुन गएको प्रावधिक त्रुटि सच्याइएको जानकारीसहित मन्त्रालयले पुनः राजपत्र छापेको’ जानकारी दिएका छन् । गत ३ माघमा प्रदेश २ को प्रदेशसभाले नाम परिवर्तन गरी मधेस प्रदेश कायम गरेको थियो । सो बारे जानकारी दिने भन्दै प्रदेश सरकारले शुक्रबार राजपत्रमा प्रकाशित गरेको थियो, जसको सार्वजनिक सामाजिक सञ्जालमार्फत झाले गरेका थिए ।पहिलो प्रकाशित राजपत्रमा सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र का

    • प्रकाशित मितिः माघ १०, २०७८
    • १०८ पटक पढिएको
  • ‘मधेस प्रदेश’ ले नेपालको चुच्चे नक्सा अटाउन सकेन !

    केही दिनयता मात्रै प्रदेश नम्बर २ ले नाम परिवर्तन गरी ‘मधेस प्रदेश’ बनाएको थियो । ‘मधेस प्रदेश’ को विषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ समेटिएको छैन । सार्वभौम सङ्घीय सांसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई वर्ष बितिसकेको छ ।नयाँ नक्सा हुँदा पनि मधेस प्रदेशले लिम्पियाधुरा, लिपुलेक र कालापानी नसमेटिएको राजपत्र प्रकाशित गरेको छ । मधेस प्रदेश नामकरण गरिएको विषय जानकारी दिन जारी राजपत्रमा चुच्चे नक्सा नअटेको हो ।मधेस प्रदेशका महान्यायाधिवक्ता दीपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा चुच्चे नक्सा नदेखिए पछि सवार्धीक जनताले चासोको रूपमा हेरिएको छन्

    • प्रकाशित मितिः माघ ९, २०७८
    • १३८ पटक पढिएको
  • को हुन राष्ट्रिय सभाका उम्मेद्वार गुरु बराल ? बराल नै किन ?

    सुन्दरहरैँचा / आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रदेश नम्वर १ बाट नेकपा एमालेले पार्टीका स्थायी कमिटि सदस्य गुरु प्रसाद बराललाई खुल्ला तर्फको उमेद्धवार बनाएको छ। बिगतमा नेकपा एमालकै तीनजना सदस्य रहेको राष्ट्रियसभाको रिक्त खुल्लातर्फ गुरुप्रसाद बराल, अल्पसंख्यक तर्फ सोनाम गेल्जेन शेर्पा र महिला तर्फ सुमित्रा भण्डारी नेकपा एमालेका उमेद्धवारहरु हुनुहुन्छ।को हुन गुरु प्रसाद बराल ?त्याग, इमान्दारिता, लगनशीलता र निष्ठाको पर्यायको रुपमा गुरुप्रसाद बराललाई लिने गरिन्छ । नेकपा एमालेको राजनीतिक संगठनात्मक क्षेत्रमा करिव ५०बर्षदेखि अनवरत रुपमा सकृय बराल अहिले नेकपा एमालेको स्थायी कमिटि सदस्य हुन

    • प्रकाशित मितिः माघ ९, २०७८
    • ३१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]