यस्ता छन् प्रदेश १ सरकारका १२ मन्त्रालय

alt

इटहरी / प्रदेश १ सरकारले गठबन्धन दलहरुलाई भागबन्डा पुर्याउन र कामको आवश्यकता भन्दै साविकका चार मन्त्रालय विभाजन गरेर ९ मन्त्रालय बनाएको छ । यसअघि कायम रहेका तीन मन्त्रालय भने यथावत रहेका छन् । मन्त्रिपरिषद बैठकले कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालयको संख्या बढाएको भएपनि सरकारले त्यसबारे औपचारिक जानकारी दिएको छैन । तर, त्यहि अनुसार अबको केहि दिनभित्रै मन्त्रिपरिषद विस्तारको तयारी गठबन्धनभित्र भइरहेको स्रोतले जनाएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधनबारे प्रारम्भिक छलफल भएको बताउँदै यसमा थप हेरफेर हुनसक्ने बताएका छन् ।

अब कायम भएका मन्त्रालय
१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२) आर्थिक मामिला तथा योजना मन्त्रालय
३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४) सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय
५) खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय
६) सामाजिक विकास मन्त्रालय
७) स्वास्थ्य मन्त्रालय
८) उद्योग, श्रम तथा रोजगार मन्त्रालय
९) वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय
१०) संस्कृति तथा पर्यटन मन्त्रालय
११) कृषि तथा पशुपक्षी विकास मन्त्रालय
१२) भूमि व्यवस्था, सहकारी तथा यातायात मन्त्रालय

यसअघि कायम रहेका मन्त्रालय
१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२) आर्थिक मामिला तथा योजना मन्त्रालय
३) आन्तरिक मामिला तथा कानुन मन्त्रालय
४) भौतिक पूर्वाधार विकास मन्त्रालय
५) सामाजिक विकास मन्त्रालय
६) कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय
७) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय

    उत्कृष्ट १९ विद्यार्थीलाई प्यागोडा मोडलद्वारा जनही ५ हजार रुपैयाँसहित  सम्मान उत्कृष्ट १९ विद्यार्थीलाई प्यागोडा मोडलद्वारा जनही ५ हजार रुपैयाँसहित सम्मान

    इटहरी । मोरङको पथरीशनिश्चरे–३ स्थित प्यागोडा मोडल सेकेन्डरी इङ्ग्लिस स्कुलल ...

    धनकुटा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२÷८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता धनकुटा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२÷८३ मा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता

    इटहरी । धनकुटा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८२÷८३ मा सबैभन्दा बढी सम्बन् ...

    धरान र इनरुवाबाट ठूलो परिमाणमा लागूऔषध बरामद, दुई पक्राउ धरान र इनरुवाबाट ठूलो परिमाणमा लागूऔषध बरामद, दुई पक्राउ

    इटहरी । सुनसरीको धरान र इनरुवामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको ...

    सम्पर्क

    • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
    • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
    • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
    • स्थायी लेखा नं.: ६१०१३९७३०
    • पारस सुबेदी (ईटहरी)
    • सरोज पौडेल (बिराटनगर)
    • बिनोद कार्की (तेर्ह्रथुम)
    • पुजन खनाल (धनकुटा)
    • पदम कार्की (पाँचथर)
    • विज्ञापनका लागि : ९८०७०६३२५४
    • Email: [email protected]