एमसिसीबारे डाक्टर बाबुराम भट्टराई र डाक्टर भीम रावलबीच सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप तीब्र भएको छ ।
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर भट्टराईले आफू प्रधानमन्त्री भएका बेला ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न नेकपा एमालेका नेता भीम रावललाई चुनौती दिएका छन्। एमसीसी पास नगर्न भन्दै नेता रावलले सांसदहरूलाई लेखेको स्मृतिपत्रमा भनिएको छ, ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुङ्गो लगाउन व्यस्त थियौं, बाबुराम (तत्कालीन प्रधानमन्त्री डाक्टर भट्टराई) ले गोप्य रूपमा एमसिसी सम्झौता गर्नुभएको हो।
‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि ‘डा.’ पनि झुन्ड्याउँछन्१ विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोतर मितिरस्थान खुलाउनुपर्छ’, डाक्टर भट्टराईले सोमबार राति सामाजिक सञ्जालमा लेखेका छन् ।
‘‘बाबुरामले गोप्य रूपमा एमसिसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन? कि यी नक्कली पीएचडी हुन् ?’ उनले सामाजिक सञ्जालमा लेखेका हुन् ।



