सुनसरी/नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौ जिल्ला अधिवेशन अन्तरगत जिल्ला कार्यसमितिको नेतृत्व चयन गर्न मतदान भएको छ । इनरुवा नगरपालिका-१ स्थित जेल फिल्डको मतदान केन्द्रमा मंगलवार मतदान सम्पन्न भएको हो । मंगलवार नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौ जिल्ला अधिवेशनको नेतृत्वको लागि कडा प्रतिस्पर्धाकाबीच चुनाव सम्पन्न भएको छ । कार्यतालिका अनुसार मतदान केन्द्रमा चुनाव सम्पन्न भएलगत्तै मतगणना शुरु भएको थियो । मतगणना शुरु भएपनि मतगणनाको अन्तिम परिणाम भोलि (बुधबार) सार्वजनिक हुने श्रोतले जनाएको छ ।
इनरुवा : सुनसरी एमालेमा सातौँ अधिवेशनको क्रममा अहिले नेतृत्वमा पुग्न रस्साकस्सी छ । अध्यक्षको लागि मङ्गलवार हुने निर्वाचनमा रेवती रमण भण्डारी, खेमराज पोख्रेल र द्वारिकलाल चौधरी प्रतिस्पर्धा हुदैछ । तिन जना चुनावी मैदानमा भए पनि खासमा प्रतिस्पर्धा भने खेमराज पोख्रेल र रेवती रमण भण्डारी बिच हुने माहौल देखिन्छ ।भण्डारी र पोख्रेल यी दुवै पात्र प्रतिनिधिसभा विघटनपछि नेकपा र कालान्तरमा एमाले भित्रको अन्तरसंघर्षमा केपी ओलीकै लाइनमा रहेका व्यक्तिहरू हुन् । एमाले र माओवादीलाई सर्वोच्चले पुरानै अवस्थामा पुर्याएपछी ओली समूहको लीडिंङ गरेर पछिल्लो पटक अध्यक्ष बनेका हुन भण्डारी । जसले सुनसरीमा करिब शून्यमै
इनरुवा : नेकपा एमाले सुनसरीको सातौं अध्यक्ष सहित १३५ पदका लागि निर्वाचन सुरु भएको छ । जिल्ला निर्वाचन कमिटि सुनसरीका निर्वाचन अधिकृत सुमन ढुंगेलका अनुसार दिउसो १२:३० देखि निर्वाचन सुरु भएको हो ।१० बजे देखिनै सुरु हुने भनिएपनि निर्वाचन प्रमुख गोबिन्द मिश्रले हस्ताक्षर गर्न ढिलाई भएपछी अढाई घाटा ढिलो सुरु भएको हो । निर्वाचनको लागि ४ किसिमको ५ ओटा मतपत्र रहेका छन् । जसमा पदाधिकारी, भूगोल, क्लस्टर र दुई वटा खुल्ला सदस्यको मतपत्रको व्यवस्था गरिएको छ ।अधिवेशनमा २१ सय ५० जना अधिवेशन प्रतिनिधिहरुले मतदान गर्नेछन् । जसको लागि ११ ओटा बुथहरुको व्यवस्था इनरुवा स्थित जेलफिल्डमा गरिएको छ ।अध्यक्षमा तिन जना
बेलबारी। ठूलो सङ्ख्यामा सुकुम्बासी तथा अव्यवस्थित जनसङ्ख्या रहेको बेलबारी नगरपालिकालाई भूमि आयोगले पहिलो चरणमा नपारे पछि बेलबारी नगरपालिकाले त्यसमा आपत्ति जनाएको छ । बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले पाँच हजारभन्दा बढी सुकुम्बासी रहेको पालिकालाई पहिलो चरणमा नपार्नुलाई आयोगको ठूलो कमजोरी रहेको प्रतिक्रिया दिएका छन् । राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको सूचनामा बेलबारी नपरे पछि संक्षिप्त प्रतिक्रिया दिँदै नगरप्रमुख सुवेदीले भने ‘सबैलाई थाहै छ धेरै सुकुम्बासी समस्या रहेको पालिका बेलबारी
बेलबारी । मोरंगको बेलबारी नगरपालिकाका ७ हजार बढी सुकुम्बासी माथि गठबन्धन सरकारले घात गरेको बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीले आरोप लगाएकी छिन । उनले गठबन्धन सरकारको कर्तुत भएको समेत बताईन ।राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको सुचनामा बेलबारी नगरपालिकाको नाम नै नआएपछि उपमेयर पराजुलीलिे यस्तो प्रतिक्रिया दिएकी हुन ।आयोगले सार्बजनिक गरेको सुचनामा जिल्लाका कानेपोखरी,पथरीशनिश्चरे,बुढीगंगा,सुन्दरहरैचा,उर्लाबारी र रतुवामाई नगरपालिकाको मात्र नाम उल्लेख गरिएको छ । सोही सुचनामा बेलबारीको नाम उल्लेख नगरिएपछि बेलबा
इटहरी । प्रेस चौतरी सुनसरीको अध्यक्षमा सुभद्रा प्याकुरेल चयन भएकी छन् ।सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा चुनिएकि प्याकुरेल प्रेस चौतारी जिल्ला अध्यक्ष हुने पहिलो महिला पत्रकार हुन ।सुनसरीमा पत्रकारहरुका अन्य संगठनहरु र पत्रकार महासंघले समेत अहिलेसम्म महिला नेतृत्व पाउन सकेको छैन् । प्रेस चौतारी सुनसरीको उपाध्यक्षमा विकास चाम्लीङ र विमला कस्यप भएका छन भने सचिवमा दिनेश गजमेर र उपसचिव वसन्त वान्ताव चयन भएका छन ।यस्तै, कोषाध्यक्षमा कृष्ण बहाब सर्वसम्मत चयन भएका छन २५ सदस्यीय समितिमा पाँच सदस्य प्रदेश प्रतिनिधि समेत चयन भएका छन ।
सुन्दरहरैँचा/ नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङ्गले नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढाउने प्रतिबद्दता ब्यक्त गरेकाछन्। नेपाली कांग्रेस सुन्दरहरैँचा ४ स्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ्गले पार्टीको महाधिबेशनका क्रममा गुट उपगुटमा बिभाजित भएर आन्तरीक प्रतिष्पर्धा गरेतापनि अव कांग्रेसलाई एकढिक्का बनाएर अघि बढ्नुपर्ने बेला भएको बताए ।आगामी स्थानीय निर्वाचनका लागि टिकटको लागि अस्वस्थ्य प्रतिष्पर्धा नगर्न आग्रह गर्दै जसले टिकट ल्याएपनि टिकट पाएपनि कांग्रेसले जित्ने सम्झन आग्रह गरेका छन् । सभापति तामाङ्गले टिकटको लागि नेतृत्वको
मोरङ/ मोरङको केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बु(भुजेल) नेकपा एमाले मोरङ्गको उपसचिबमा चयन हुनुभएको छ। उपाध्यक्ष लिम्बु एमाले मोरङ्गको जारी नवौँ अधिबेशनबाट निर्बिरोध चयन हुनुभएको हो।जारी अधिबेशनमा उपसचिव पदमा लिम्बु र सन्तोष साहको मात्र उम्मेद्वारी परेपछि उहाँहरु निर्बिरोध चयन हुनुभएको हो। यस्तै अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा निर्बिरोध चयन हुनुभएको छ।यस्तै सदस्य पदका लागि भने निर्वाचन नै हुने भएको छ। मोरङ्गमा सदस्य पदका लागि १६०जना हुने भएपनि ४०८जना आकांक्षी भएपछि निर्वाचन हुने भएको हो।
सुन्दरहरैचा । राप्रपाले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रूपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरी ज्ञापनपत्र बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।
सुन्दरहरैँचा । सुन्दरहरैँचामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएसँगै नगरले दिने सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ ।मोरङको विराटनगर महानगरपालिका पछिको दोस्रो ठूलो शहरमा प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको हो ।२०७४ सालमा भएको स्थानीय तहको निर्वाचन भए यता सुन्दरहरैँचामा ११ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा भईसकेको छ । हरेक आउने प्रमुख प्रशासकीय अधिकृत प्राय:९ महिना देखि ६ महिनासम्म मात्र नगरपालिकाको कार्यभार सम्हालेर बस्ने गरेको देखिएको छ ।मोरङ जिल्लाको अन्य पालिकाहरु हेर्दा धेरै प्रमुख प्रशासकीय अधिकृत फेरिने नगरमा सुन्दरहरैँचा नगरपालिका पर्दछ । जनप्रत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.