आन्दोलनरत विद्यार्थीले काठमाडौँ सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)मा तोडफोड गरेका छन् । 

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)निकट विद्यार्थीले आज (मङ्गलबार) कलेजमा ढुङ्गामुढा गरेका हुन् ।

कलेजले विद्यार्थीले राखेका माग पूरा गराउन आनाकानी गरेकाले आफूहरूले आन्दोलन चर्काएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

यसअघि पनि कलेज सञ्चालक सुनील शर्मालाई मोसो लगाउने प्रयास नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीले गरेका थिए । 

कलेजले विद्यार्थीबाट तोकिएभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन् । काठमाडौँ विश्वविद्यालय, शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा केएमसीले बढी शुल्क लिएको विद्यार्थी नेता ललित विकले जनाए । 

सुनील शर्मा नै सञ्चालक रहेको विराटनगरस्थित नोबेल मेडिकल कजेलका विद्यार्थीसमेत यही मागमा आन्दोलित छन् ।