सुन्दरहरैँचा । नोबेल मेडिकल र के.एम.सी लगायत मेडिकल कलेजहरुमा चलिरहेको बिध्यार्थी आन्दोलनमा नागरिक समाज ,अभिभावकहरु लगायतको ऐक्यवद्धताका निम्ति बिध्यार्थी संगठनले अपिल जारी गरेको छ ।

मंगलवार संयुक्त बिध्यार्थी संगठनका जारी बिज्ञप्तिमा देशभरका मेडिकल बिध्यार्थी, अभिभावक,पत्रकार नागरिक समाज लगायतलाई जारी आन्दोलनमा सहभागिता र ऐक्यबद्धताको लागी अपिल गर्दै बिज्ञप्ति जारी गरेको हो । नेबिसंघ अध्यक्ष राजिव ढुंगाना, अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, मोहन बैध्य निकट अखिल(क्रान्तिकारी)का हरिकृष्ण गजुरेल ,विप्लव बिध्यार्थी संगठनका अध्यक्ष प्रकाश शाही, अखिल छैठौंका देवेन्द्र कुँवर र अखिल नेपाल बिध्या्थी युनियनका अध्यक्ष मनिष भट्टराई द्रारा हस्ताक्षरित बिज्ञप्तिमा कलेज प्रशासको दुर्ब्यबहार र दमनको निन्दा गर्दै घाइते बिध्यार्थीहरुको स्वास्थ्यलाभको कामना गरिएको छ ।

No description available.

काठमाडौ मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्क बिरुद्ध चलेको आन्दोलनमा बिध्यार्थी र कलेज प्रशासन बिच समझदारी कायम हुन नसक्दा आन्दोलन थप मुठभेड तर्फ अघि बढेको थियो । लामो समयसम्म बिध्यार्थीका मागहरु सम्बोधन गर्न कलेज प्रशासन तयार नभएको भन्दै संयुक्त बिध्यार्थी संगठनले मागपत्र टाँसेर के.एम.सी प्रशासनमा दुई दिन अघि ताला लगाएको छन। माग पुरा गर्ने तर्फ उदासिनता देखिएको भन्दै सोमबार बिध्यार्थीहरुबाट नोबेल प्रशासन बिरुद्ध गरेको सिट्टि जुलुसमा कलेज प्रशासनको हस्तक्षेप हुँदा बिध्यार्थी नेताहरु ताजिम अन्सारी, दिपेन्द्र मेहता टेकेन क्षेत्रि ,उमेश सेन्चुरी, सोयब अन्सारी, शहिल झा सहित १ दर्जन बढी बिध्यार्थी घइते भएका छन ।

शान्तिपुर्ण कार्यक्रममा दमन गरेको प्रति आक्रोसित न्बिध्यार्थी संगठनले इंटको जवाफ पत्थरले दिने भन्दै समश्या समाधानमा पहल नगरे थप कडा संघर्षमा उत्रने चेतावनि दिएको छ ।

nobel apil.jpg

प्रतिक्रिया दिनुहोस्