राजनीति

    Showing ३९१-४०० of २,२९९ items.
  • निर्वाचनअघि उद्योगीको आर्थिक एजेन्डा दबाब

    इटहरी । समयअगावैको निर्वाचनसँग खास खुसी नरहेका विराटनगरका उद्योगी व्यवसायीले दलहरूलाई घोषणापत्रमा आर्थिक सुधारका एजेन्डा प्रस्तुत गर्न माग गरेका छन् । जेनजी आन्दोलनका क्रममा भोग्नु परेको परिस्थितिसँग झस्केको निजी क्षेत्रले दिएका १५ बुँदे आर्थिक सुधारका सुझावमा औद्योगिक क्षेत्रमा कडा र दण्डनीय सुरक्षा नीतिको माग गरेको छ । मोरङ उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठीका अनुसार सशस्त्र विद्रोहका नाममा भोग्नु परेको समस्याबाट उम्किन नपाई जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीपछि निजी क्षेत्र हतोत्साही छ । हरेक दशकमा हुने राजनीतिक व्यवस्थाको परिवर्तनबाट निजी क्षेत्र थप कष्टतर्फ बढ्नु परेको छ । यहीबेला

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २६१ पटक पढिएको
  • मोरङ–६ मा चुनावी सरगर्मी चुलिँदै, कोइराला विरासत जोगाउने दबाबमा कांग्रेस

    इटहरी ।  प्रतिनिधि सभाको निर्वाचन नजिकिएसँगै मोरङ ६ मा चुनावी सरगर्मी बढेको छ । यहाँ साबिकका प्रतिद्वन्द्वी नेपाली कांग्रेस र नेकपा (एमाले) बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दलका १४ जना र स्वतन्त्र तीन गरी १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यद्यपि निवर्तमान सांसद एवं नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइराला र एमालेका नेता विनोदप्रसाद ढकालबिच मुख्य प्रतिपस्र्धा हुने देखिन्छ । मोरङको विराटनगरमा कांग्रेसको प्रभुत्व रहँदै आएको छ । स्वर्गीय बिपी कोइराला, गिरिजाप्रसाद कोइरालाले राजनीति गरेको मोरङमा डाक्टर शेखर कोइरालालाई कांग्रेसको मात्र होइन, कोइराला परिवारको राजनीतिक व

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २२८ पटक पढिएको
  • सुनसरी क्षेत्र–३ मा चौधरी र गच्छदारको सक्रियता, मतदाता फकाउन घरदैलो अभियान

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका सुनसरीका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालेपछि चुनावी सरगर्मी बढेको छ। मुख्य राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्म मतदाताका घरघरमा पुगेर आफ्ना चुनावी रणनीति, योजना र प्रतिबद्धता सार्वजनिक गर्न थालेका कारण चुनावी माहोल तातेको हो। चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा १०८ जना उम्मेदवार चुनावी मैदानमा छन्। सबै उम्मेदवार आ–आफ्नो पक्षमा मत माग्न र मतदाता फकाउन घरदैलो अभियानमा जुटेकाले चुनावी गतिविधि बढेको स्थानीयहरूले बताएका छन्। यहाँ नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपा

    • प्रकाशित मितिः माघ २५, २०८२
    • २६९ पटक पढिएको
  • झापामा डग स्निफिङ’ सहित सुरक्षाव्यवस्थामा कडाइ

    इटहरी ।  निर्वाचन नजिकिँदै गर्दा झापामा सुरक्षाव्यवस्थामा थप कडाइ गरिएको छ । झापा क्षेत्र नं। ५ अहिले सबैको चासोको केन्द्र बनेसँगै यहाँको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र कडा बनाइएको प्रहरीको भनाइ छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलगायतका उम्मेदवारको चुनावी अभियान तीव्र भएसँगै यहाँको सुरक्षाव्यवस्थालाई थप कडाइ गरिएको हो । यसै व्रmममा दमक नगरपालिकामा सम्भावित आपराधिक गतिविधि नियन्त्रण तथा सार्वजनिक सुरक्षालाई सुदृढ बनाउन प्रहरीले ‘डग स्निफिङ’ सहित सघन चेकजाँच अभियान

    • प्रकाशित मितिः माघ २५, २०८२
    • २१६ पटक पढिएको
  • नेपाल तरुण दल सुनसरीद्वारा चुनाव लक्षित वृहत छलफल तथा अन्तर्क्रिया कार्यक्रम

    इटहरी | नेपाल तरुण दल जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै वृहत छलफल तथा अन्तर्क्रिया कार्यक्रम गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रमा राखी कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रम नेपाल तरुण दल जिल्ला कार्यसमिति सुनसरीका कार्यवाहक सभापति सुखदेव राईको अध्यक्षतामा तथा नेपाली कांग्रेस प्रदेश नं. १ का सदस्य एवं नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।कार्यक्रममा बोल्दै कार्यवाहक सभापति सुखदेव राईले आगामी चुनावमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई प्रतिनिधि सभामा विजयी गराउन तरुण दल सक्रिय रू

    • प्रकाशित मितिः माघ २३, २०८२
    • ४८० पटक पढिएको
  • युवा देखि बृद्धसम्मको भरोसा : भगबती चौधरीको बढ्दो लोकप्रियता

    काठमाडौं। सुनसरी निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (एमाले) की नेतृ भगबती चौधरी ले युवा, बृद्ध तथा महिलासहित सबै वर्ग–समुदायको व्यापक साथ र समर्थन प्राप्त गर्दै लोकप्रिय तथा विश्वासिलो नेतृत्वका रूपमा आफूलाई स्थापित गर्दै जानु भएको छ।समावेशी विकास, सामाजिक न्याय र जनमुखी कार्यशैलीलाई प्राथमिकतामा राख्दै निरन्तर जनतासँग प्रत्यक्ष सम्पर्कमा रहनु भएकी चौधरीप्रति पछिल्लो समय युवाहरूको सक्रिय सहभागिता, ज्येष्ठ नागरिकहरूको भरोसा र महिलाहरूको अटुट समर्थन थप मजबुत बन्दै गएको देखिन्छ।युवाहरूले उहाँलाई अवसर सिर्जना, रोजगारी, शिक्षा र आधुनिक विकासको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने नेतृका रूपमा हेरेका छन् भने

    • प्रकाशित मितिः माघ २३, २०८२
    • १५९ पटक पढिएको
  • फागुन २१ नजिकिँदै गर्दा उदयपुर–२ मा कडा प्रतिस्पर्धा

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिएसँगै उदयपुरको निर्वाचन क्षेत्र नं। २ मा पनि चुनावी गतिविधि बढेको छ । ९६ हजार १२२ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित १३ जना उम्मेदवार घरदैलो अभियानमा व्यस्त हुन थालेका छन् । सबै उम्मेदवार वडा वडामा पार्टीका चुनावी सम्पर्क कार्यालय स्थापना गर्दै आआफ्नो चुनाव चिह्नसहित मतदाताको घर घरमा पुगेर भोट माग्दै हिँड्न थालेका छन् । निर्वाचन क्षेत्रको केन्द्र रहेको कटारी बजारमा सबै राजनीतिक दलले क्षेत्रीयस्तरको निर्वाचन सम्पर्क कार्यालय खोलेर त्यहीँबाट चुनावी गतिविधि अगाडि बढाइरहेका छन् । यसअघि नेपाल कम्युनिस्ट पार्टी 

    • प्रकाशित मितिः माघ २३, २०८२
    • २२५ पटक पढिएको
  • पाँच वटा निर्वाचन क्षेत्र रहेको झापा क्षेत्र नं। ४ मा यस पटक रोचक प्रतिस्पर्धा हुँदै

    इटहरी ।  पाँच वटा निर्वाचन क्षेत्र रहेको झापा क्षेत्र नं। ४ मा यस पटक रोचक प्रतिस्पर्धा हुँदै छ । यहाँ लगातार दुई पटक निर्वाचन जित्नुभएका नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) का उम्मेदवार लालप्रसाद साँवा र दुई पटक नै साँवासँग पराजय बेहोर्नु भएका नेपाली कांग्रेसका झापा सभापति देउमान थेवेको प्रतिस्पर्धालाई रोचक हुने आकलन मतदाताले गरेका छन् । साँवा ह्याट्रिक गर्ने दाउमा हुुनुहुन्छ भने थेवे यस पटक चुनावी परिणाम आफ्नो पक्षमा आउनेमा विश्वस्त हुनुहुन्छ ।  तर यस पटक उहाँहरूलाई अन्य राजनीतिक दलका उम्मेदवारले पनि उत्तिकै चुनौती भने थपेका छन् । अघिल्लो पटक मतका आधारमा तेस्रो स्थानमा रहेको राष्

    • प्रकाशित मितिः माघ २३, २०८२
    • १८८ पटक पढिएको
  • राजनितिको ‘उर्वर भूमि’ सुनसरी ४ नम्बरको चुनावी अंक गणित

    सुनसरी । नेपाली राजनीतिको ‘उर्वर भूमि’ भनेर चिनिने सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ यही क्षेत्र सधै चर्चामा आउने गरेको छ ।सुनसरी ४ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बिजयी भएका स्वर्गीय गिरिजाप्रसाद कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बनेर उदाएका थिए ।काग्रेसका डा खलिल आजाद यश क्षेत्रबाट निर्वाचित भएर २०४८ सालकाे पहिलो आम निर्वाचन पछि बसेकाे प्रतिनिधिसभा बैठककाे सभामुख बन्न पुगे। उनका छाेरा  जमिल आजाद यसपटक काग्रेसकाे समानुपातिक उम्मेदवार रहेका छन । गिरिजापछि यही क्षेत्रबाट सुजाता कोइराला, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाली काँग्रेसका प्रभावशाली नेता ज्ञाने

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २८९ पटक पढिएको
  • विगतका प्रतिबद्धताबाट नहटेको दाबी गर्दै लिङ्देन घरदैलोमा

    इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले जनताले खोजेको विकल्प र परिवर्तन अनुहारको नभएर विचारको भएको बताउनुभएको छ। झापा क्षेत्र नं। ३ को प्रतिनिधि सभा सदस्य उम्मेद्वार रहनु भएका लिङ्देन मतदाताको घरदैलोमा पुग्दै आफूले बिगतमा गरेका वाचा र प्रतिबद्धताभन्दा बाहिर नगएको जनाउदै मत माग्दै आउनु भएको छ। जनताको चाहना र परिवर्तनलाई आत्मसाथ गर्ने पार्टी राप्रपा भएको जनाउदै उहाँ मत माग्दै आउनुभएको छ। आफुहरुसंग डराएर नभएका भ्रामक कुरा सामाजिक सञ्जालमा फैल्याउने काम समेत भइरहेको उल्लेख गर्दै उहाँले जनताको अभिमत परिवर्तन र आफूहरुमा रहने विश्वास प्रकट गर्नुभयो

    • प्रकाशित मितिः माघ २२, २०८२
    • २०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]