इटहरी । धरान उपमहानगरपालिकामा रहेको ४ वटा क्याम्पसमध्ये ३ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सुरु भएको छ । नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक क्याम्पस पिण्डेश्वर विद्यापीठमा गठबन्धनका सभापति सहित कार्यसमिति नै गठबन्धनबाट निर्विरोध भएको हो । मंगलबार विहान ८ बजेदेखि धरानका अन्य ३ वटा महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसहरुमा भने स्वतन्त्र विद्यार्थी युनियनको चुनावी मतदान सुरु भएको छ । महेन्द्र क्याम्पसमा कुल मतदाता सङ्ख्या ४ हजार २ जना रहको निर्वाचन अधिकृत लक्ष्मीकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । हालसम्म करिव
स्वतन्त्र विद्यार्थी युनियन नेपाली विद्यार्थी आन्दोलनको मेरुदण्ड हो । नेपाली विद्यार्थी आन्दोलनलाई निर्णायक र उपलब्धिमुलक बनाउनका लागी स्ववियु बिना संभव हुदैन । हजारौँ अग्रजहरुको मेहनत र परिश्रम द्धारा स्थापित स्ववियलेु आम विद्यार्थीहरुको शैक्षिक हक-अधिकारहरुलाई सुनिश्चित गर्न सहयोग गरेको छ । हिजो पञ्चायतकालीन समयमा समेत विद्यार्थी आन्दोलन यहि स्ववियु मार्फत अगाडि बढाईएको र हरेक क्याम्पसमा अध्ययन गर्ने दुर-दराजका विद्यार्थीहरुलाई शैक्षिक हक अधिकार सुरक्षित गर्ने निर्वाचित संस्था स्ववियु हो । शैक्षिक क्षेत्रमा देखिएका अनेकन बेतिथीहरुलाई उखेल्न स्ववियुले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको छ ।
इटहरी । ताप्लेजुङमा निर्माणाधीन केबलकारको विवादलाई समाधान गर्नका लागि गृह मन्त्रालयले फेरि आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरिएको हो। आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ अन्तर दलीय सङ्घर्ष समिति ताप्लेजुङका प्रतिनिधिलाई तत्काल वार्तामा आउन आग्रह गरिएको छ। केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधानका लागि गत माघ २२ गृह मन्त्राल
इटहरी | जनता बहुमुखी क्याम्पस इटहरीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यक्रम स्थगित गरिएको छ।निर्वाचन समितिले मङ्गलवार सूचना जारी गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको छ ।निर्वाचन संयोजक सञ्जीवकुमार यादवद्वारा हस्ताक्षरित सूचनामा आगामी सूचना नआएसम्म निर्वाचनसम्बन्धी कुनै पनि कार्यक्रम सञ्चालन नहुने जनाइएको छ।जनता बहुमुखी क्याम्पस अनेरास्ववियु कमिटीले निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा असन्तुष्टि जनाउँदै निर्वाचन समितिको कार्यालयमा
इटहरी । स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङमा सर्वसम्मत नेतृत्व चयन भएको छ । तिलकुमार जोगीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो । जोगी नेपाल विद्यार्थी सङ्घबाट हुनुहन्छ । यस्तै, सचिवमा अनेरास्ववियुका लक्ष्मण पौडेल सर्वसम्मत चयन हुनुभएको छ । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका निकिता लिम्बू चयन हुनुभएको छ । सदस्यहरूमा नेविसङ्घका सौगात विष्ट, अखिल क्रान्तिकारीका शान्तिला गुरुङ र सुजन लिम्बू चयन हुनुभएको छ । यस्तै, सदस्यमा अनेरास्ववियुका सनुजा गौतम र विनु तामाङ सर्वसम्मत चयन हुनुभएको छ । निर्वाचन तालिकाअनुसार आज प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयन दर्ता सम
धरान / सुनसरीको बाम आन्दोलनका उर्वर र ऐतिहाँसिक स्थान बलाहाका ८० बर्षीय अग्रज चरा विज्ञ जीवनाथ पोखरेलले नेकपा (एमाले)को २०८२ सालको सदस्यता नविकरण गर्नु भयो । त्यस्तै ९२ बर्षिय अग्रज नेता भवानी पोखरेलले पनि आफ्नो सदस्यता नविकरण गर्नु भयो । शनिवार नेकपा (एमाले) इनरुवा नगरपालिका–५ वडा कमिटीले चलाएकाे को वडा केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रममा उहाँले सदस्यता नविकरण गर्नु भएको हो । उहाँहरु जस्तै बलाहाका अग्रजहरू ७८ बर्षीय बाम बुद्धिजीवी अच्युत खतिवडा, ७४ बर्षीय बुद्धकुमार नेपाल, ७३ बर्षीय गणेश निरौला, ७० बर्षीय मननारायण श्रेष्ठलगायत व्यक्तित्वहरुले पार्टी सदस्यता नवीकरण गर्नु
सुबास घिमिरे/ काठमाडौं। ‘सबै महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ।सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला सङ्गठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएका छन् ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवम् एमाले नेत्री भगबती चौधरीले नेपालमा अझै पनि महिला अधिकारका लागि ठुलो सङ्घर्ष गर्न आवश्यक रहेको बताउनु भएको छपूर्व महिला मन्त्री चौधरीको शुभकामना
इटहरी – जनता बहुमुखी क्याम्पस, इटहरीमा स्ववियु निर्वाचनका लागि मतदाता नामावली प्रकाशन हुन सकेको छैन । यसले गर्दा स्ववियु निर्वाचन प्रक्रिया अन्योलमा परेको छ ।त्रिभुवन विश्वविद्यालय (TU) ले स्ववियु निर्वाचन प्रयोजनका लागि माघ ११ गते सम्मको भर्नालाई अन्तिम मान्ने निर्णय गरेको थियो । तर जनता बहुमुखी क्याम्पस TU को आङ्गिक क्याम्पस नभएकाले आफ्नै परम्परा अनुसार फागुन १५ गते सम्म विद्यार्थी भर्ना लिने भनेको थियो । यही आधारमा क्याम्पसमा विद्यार्थीहरूले तोकिएको अन्तिम मिति सम्म भर्ना लिएका थिए । तर, हाल आएर मतदाता नामावली प्रकाशनमा अवरोध सिर्जना भएको छ । माघ ११ पछाडी भर्ना भएका विधार्थीलाई
इटहरी । नेकपा एमाले मोरङको दशौँ जिल्ला अधिवेशनको मतगणना अन्तिमतिर पुग्दै गर्दा संस्थापन पक्षको पूरै प्यानलले धक्का ब्यहोर्ने करिब निश्चित भएको छ । अहिलेसम्म ६८० मत गनिसक्दा अध्यक्ष केपी शर्मा ओलीसहितका संस्थापन पक्षीय नेताहरूको समर्थन पाएको प्यानलले हार्ने अवस्था आएको छ । ८८८ मत खसेकोमा अब २०८ मात्रै गन्न बाँकी रहेको अवस्थामा अध्यक्षसहित पाँचजना पदाधिकारीमा एमाले कोशी प्रदेश अध्यक्षमा पराजित पूर्वकेन्द्रीय सदस्य विनोद ढकाल नेतृत्वको प्यानलले निरन्तर पकड बनाएको छ। अध्यक्षका लागि ढकालको प्यानलबाट मैदानमा रहेका अजम्बर राईले ताजा अवस्थामा ३३२ मत पाएका छन् । उता ओली, महासचिव शंकर पोखरेल र स्थायी क
मोरङ | मोरङको ग्रामथान गाउँपालिकाले आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, र नागरिकमैत्री बनाउन सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजनामा तथा कोचिला मिडिया प्रा.लि. दुहबीको सहजीकरणमा आयोजित यो कार्यक्रममा गाउँपालिकाले प्रवाह गर्दै आएका सेवा, योजना, तथा विभिन्न नीतिहरूको बारेमा नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै तिनका समस्या तथा सुझावहरू लिने अवसर प्राप्त भएको थियो।ग्रामथान गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममार्फत नागरिकहरूका गुनासाहरू सुन्ने, उनीहरूको माग तथा आवश्यकताहरू बुझ्ने, साथै उपलब्ध सेवा तथा सुविधाहरूबारे जानकारी गराउने उद्देश्य लिएको थियो। कार्यक्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.