सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर ५ स्थित वसन्तपुरमा यही चैत्र महिनाकाे १८ गते साेमबार भएको भिषण आगलागीबाट ११ घर परिवारकाे २९ वटा घर पुर्ण रुपमा जलेर नष्ट भए पछि आज नेकपा एमाले हरिनगर गाउँपालिकाकाे कमिटीले राहत वितरण गरेकाे छ । 

राहत वितरणमा खाध्यन सामग्री चामल,तेल,भुजा,चुरा,दाल,बिस्कुट,चाउचाउ,चिनी,नुन,लत्ताकपडा,त्रिपाल,र नगद सताइस हजार पाँच सय रकम समेत वितरण गरिएका छन् ।  पीडित परिवारलाई हौसला प्रदान,घाउँमा मलहम थप्ने काम नेकपा हरिनगर गाउँपालिका कमिटीले गरिएको छ । र नेकपा एमाले हरिनगर गाउँपालिकाले हरिनगर भित्ररहेकाे हरेक जनताकाे दुख सुखमा हरपल साथ रहने रमेत गाउँपालिका अगुवा नेता लस्करी अन्सारीले वताए । र आउने दिन् आवश्यक परेमा थप अझै सहयोग गर्ने प्रतिवद्ध रहेको समेत जानकारी दिनु भयो ।

नेकपा एमाले हरिनगर गाउँपालिकाकाे सम्पुर्ण र अगुवानेता लस्करी अन्सारी,अब्बास मियाँ,तुफेल अहमद,प्रविण गुप्ता,तफेजुल अन्सारी(बच्चु) लगायतको सहभागीमा राहत वितरण तथा घटनास्थल अनुगमन गर्नु भएको हाे