आगामी मंसिर १६ गते कोशी प्रदेशका विभिन्न पालिकाका रिक्त ९ पदमा उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले आवश्यक तयारी गरिरहेको छ । मतदाता नामावली अद्यावधिक गर्ने, निर्देशिका निर्माण र उम्मेदवारहरूको मनोनयन प्रक्रियासम्बन्धी कामलाई प्राथमिकताका साथ अघि बढाइएको आयोगले जनाएको छ।कार्तिक २६ गते अन्तिम मतदाता नामावली सूची सार्वजनिक गर्दै आयोगले मतदान केन्द्रहरूको निर्धारण गर्ने तयारी थालेको छ । त्यसैगरी कार्तिक ३० गते निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गर्ने तयारी छ । आयोगले उपनिर्वाचनका लागि आवश्यक बजेट व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिक
भोजपुर / नेकपा (एमाले) भोजपुरको पौवादुङमा गाउँ कमिटीले आफ्नो दोस्रो अधिवेशन भव्य रुपमा सम्पन्न गरेको छ। यस अधिवेशनमा स्थानीय तहको नेतृत्वलाई सबल बनाउने उद्देश्यका साथ ४५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।अधिवेशनले सर्वसम्मत रुपमा देउमान राईलाई अध्यक्षमा चयन गरेको छ। अध्यक्षमा चयन भएका देउमान राईको नेतृत्वमा गठित नयाँ कमिटीमा पवित्रा भुजेल उपाध्यक्ष, कुसल कार्की सचिव तथा वर्तमान राई र सरस्वती सुवेदी श्रेष्ठ उपसचिव रहेका छन्। साथै, लेखा आयोग संयोजकको भूमिकामा बोम प्रसाद राई चयन भएका छन्। अधिवेशनले विभिन्न जिम्मेवारीमा ४५ सदस्यीय टोलीको चयन गर्दै पार्टी संगठनको आगामी योजनालाई कार्यान्वयन गर्ने
इटहरी । प्रदेश सरकारले धनकुटाबाट सञ्चालन गरेका सेवा कार्यालयबाट प्रभावकारी काम नभएको सरोकारवालाहरुले बताएका छन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा प्रदेश सरकारको सार्वजनिक सेवा प्रवाहमा बहुसरोकारवालाको छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले धनकुटाबाट सञ्चालित मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय काम बिहीन भएको, प्रदेश सरकार अन्र्तरगतका शिक्षा र स्वास्थ्य निर्देशनालयको अधिकार दिनहुँ कटौती भइरहेको, कृषि तथा पशु सेवा कार्यालयमा अनुदान बाहेकका कार्यक्रम नभएको गुनासो गरेका हुन् । प्रदेश सरकारले धनकुटेलीको आँखामा छारो हाल्ने भन्दा पनि कार्यालयका कामलाई प्रभावकारी बनाउन सहभागीले माग गर
अनिल श्रेष्ठ इनरुवा / नेकपा एमाले इनरुवा नगरपालिका वडा नम्बर ३ काे वडा अधिवेशन सनिवार सम्पन्न भएको छ । अधिवेशनबाट चेतराज पाेखरेलकाे अध्यक्षतामा १३ सदस्यीय वडा कमिटी निर्विरोध निर्वाचित भएको छ।वडा कमिटी उपाध्यक्षमा केशवकुमार श्रेष्ठ, सचिवमा कमलप्रसाद उपाध्याय, सहसचिव खुलामा उमेश कुमार चाैधरी, सहसचिव महिलामा करुणा सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ ।त्यसैगरी सदस्यहरुमा लिलि घाेष, गुण बहादुर लुईटेल, टेकबहादुर घिमिरे , नातिबाबु कार्की ,बादलकुमार श्रेष्ठ , पूर्ण माया बस्नेत र शर्मिला चाैधरी निर्विरोध निर्वाचित हुनुभएको हो । कोशी प्रदेशका पुर्ब मुख्य मन्त्री तथा सुनसरी २ का संघीय सास
काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि थप सात दिनको समय दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बाह्रखरीलाई जानकारी दिए । सहकारी ठगी प्रकरणमा लामिछाने गत शुक्रबार (कात्तिक २ गते) काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई सोही दिन राति स्थलमार्गबाट पोखरा लगिएको थियो । यसअघि, अदालतले लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको म्याद दिएको थियो । तर, रास्वपाले लामिछानेलाई पोखरा ल्याएर बयान नलिएको भन्दै आक्रोश व्यक्त गरेको छ । बिहान पोखरा
इटहरी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले वर्तमान सरकार परिर्वतन बारे सोच्न नसकिने बताउनुभएको छ । विहिवार विराटनगर स्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ नेता डा.कोइरालाले करिब दुई तिहाईको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संसोधन र आर्थिक सुधारमा ध्यान दिनु पर्ने समेत बताउनुभयो । उहाले वर्तमान सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा बनेकोले धेरै जनताले आशा र भरोसा गरेको कारण सरकारको कामलाई अझ तिब्रता दिनुपर्ने उल्लेख गर्नुभयो । जनताले आशा र अपेक्षा गरे अनुसार यो सरकारले एक सय दिन केही राम्रा काम गरेको भए पनि पर्याप्त काम नगरेको उहा
काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको १०० दिनको उपलब्धि आज सार्वजनिक गर्ने भएका छन् ।प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।गत ३० असारमा चौथो पटक प्रधानमन्त्री नियुक्त भएका ओलीले आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा सरकारका महत्वपूर्ण कार्य र उपलब्धिहरू सार्वजनिक गर्न लागेका हुन् ।यसैबीच, उपलब्धि सार्वजनिकीकरण कार्यक्रम अघि प्रधानमन्त्री ओलीले सत्ता साझेदार दलहरूसँग छलफल गर्न बिहान बैठक बोलाएका छन् । बैठक केहीबेरम
धरानका मेयर हर्क साम्पाङले वडा नम्बर ११ का वडाध्यक्षलाई लोकेन्द्रकुमार फागोलाई दिएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन आदेश दिएको छ । धरानका उप मेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालीन अन्तरिम आदेश दिएको हो । । न्यायधिस ध्रुवराज नन्दको इजलासले धरानका मेयर हर्क साम्पाङले दिएको कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयनमा नगर्न आदेश दिएको हो। मेयर साम्पाङले उप मेयर कार्यकक्षमा रहँदा रहँदै नाताले मामा ससुरा पर्ने वडा अध्यक्ष फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर बेलायत गएका थिए । उन
काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई आज अदालतमा पेश गरिदै छ । शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुदै शनिबार विहान ३ बजे पोखरा पुर्याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो । लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पनि अनुसन्धान अदालतको अनुमति लिएसँगै दुवै आरोपमा अनुसन्धान हुने भएको हो । अ
<strong>काठमाडौँ</strong>, ३ कार्तिक । महिला विकास उत्सुकता मञ्च (फरवार्ड) मार्फत सुनसरी निर्वाचन क्षेत्र नं. ३ का एक सय विपन्न परिवारलाई निःशुल्क घर निर्माण गरिदिने सहमति भएको छ । ताइवानी संस्था चुजी फाउन्डेसनको सहयोगमा फरवार्डले ती घरहरू निर्माण गर्नेछ । जस अन्तर्गत पहिलो चरणमा गढी गाउँपालिकामा ४० घर र इनरुवा नगरपालिका वडा नं ७ (चांद्बेला) मा ३० घर निर्माण हुनेछन् । सोही परियोजना अन्तर्गत गढी र चांद्बेलाका स्थानीयसँग प्रारम्भिक छलफल गरिएको छ । त्यस अवसरमा बोल्दै पूर्वमन्त्री तथा सुनसरी ३ का प्रतिनिधि सभा सदस्य भगबती चौधरीले स्थानीयमा उत्साह, आशा, भरोसा र विश्वास रहेको प
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.