इटहरी : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ खाम्जे उन्मिलोका करिब ३५ वर्षीय ग्याल्जेन शेर्पामाथि जंगली भालुले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन् ।प्रहरीका अनुसार बुधबार करिब ४ बजे शेर्पा जुनबेसीस्थित सामुदायिक जंगलमा च्याउ टिप्न गएको अवस्थामा जंगली भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट उनको अनुहारमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरी चौकी बेनीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । स्थानीयवासी र प्रहरीको सहयोगमा घाइते शेर्पालाई उद्धार गरी स्ट्रेचरमार्फत जुनबेसीसम्म ल्याइएको थियो ।त्यसपछि एम्बुलेन्समार्फत उनीलाई थप उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको
इटहरी : रसुवाका विभिन्न स्थानमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन् ।महासंघ, कोशी प्रदेशले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत अध्यक्ष राउतले व्यक्तिगत रूपमा ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको जानकारी दिएको हो । महासंघले रसुवामा बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर
इटहरी : रसुवाको टिमुरे तथा चीनसँगको केरुङ नाका आसपास बुधबार आएको बाढीपछि इलाम र पाँचथरका केही नागरिक सम्पर्कविहीन भएका छन् ।गोसाइँकुण्ड यात्राका लागि काठमाडौंको नयाँ बसपार्कबाट छुटेको बसमा सवार इलामका यात्रुसहित रसुवामै कार्यरत पाँचथरकी ज्योती मगरसमेत सम्पर्कविहीन भएको परिवारजनले बताएका छन् । इलामको माई नगरपालिका–७ का नरेन्द्रप्रसाद दाहालसहित यात्रु सवार बा ६ ख ८५६५ नम्बरको बस बुधबार बिहान ६ बजे काठमाडौंको नयाँ बसपार्कबाट गोसाइँकुण्डका लागि हिँडेको थियो । बस बिहान ८ः४५ बजे नुवाकोटको गंगटे पुगेपछि यात्रु तथा बससँग सम्पर्क हुन नसकेको परिवारजनले जनाएका छन् । प्रारम्भिक विवरणअनुसार बसमा सवार
इटहरी : पाँचथर र तेह्रथुममा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना जलविद्युत् आयोजनाका कर्मचारी छन्। पाँचथरको फिदिम नगरपालिका–८ मान्द्रेभीरमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। पौवाभञ्ज्याङबाट तमाखे–रानीटारतर्फ जाँदै गरेको प्र १–०१–०२ स ६००७ नम्बरको अटो बुधबार साँझ करिब ७ः५० बजे सडकबाट करिब सात मिटर तल खसेको थियो।दुर्घटनामा फिदिम–८ का अन्दाजी ४२ वर्षीय सुजन राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अटोमा कति जना सवार थिए भन्ने खुलेको छैन। प्रारम्भिक अनुसन्धानमा उकालो तथा भिरालो कच्ची सडकका कारण अटो दुर्घटनामा
इटहरी। रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका सुनसरीका नागरिकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ ।प्रशासनले बिहीबार सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा पुगेका आफ्ना परिवार तथा आफन्त सम्पर्कविहीन भएको भए नजिकैको प्रहरी कार्यालय, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालय सुनसरीमा जानकारी गराउन अनुरोध गरेको हो । बाढी प्रभावित क्षेत्रमा गएका आफ्ना परिवार तथा आफन्त सुरक्षित भए–नभएको र सम्पर्कमा रहे–नरहेकोबारे जानकारी गराउन प्रशासनले सुनसरीवासीलाई आग्रह गरेको छ । भोटेकोशी बाढीबाट प्रभावि
इटहरी : धनकुटाको चौबिसे गाउँपालिकामा छोराले काठको चिरपट प्रहार गर्दा ७० वर्षीय बुबाको मृत्यु भएको छ ।चौबिसे गाउँपालिका–७ ठूलोढुंगाका अमरध्वज लिम्बुलाई उनका ३२ वर्षीय छोरा युवराज लिम्बुले बिहीबार बिहान करिब ५ः४५ बजे काठको चिरपटले टाउकोमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका अमरध्वजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे बिहान ६ः१५ बजे प्रहरी बिट मौनाबुधुकमा जानकारी आएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । बुबालाई चिरपट प्रहार गरेपछि युवराज घटनास्थलबाट फरार भएका थिए । प्रहरीले उनलाई घरबाट करिब ५०० मिटर दक्षिणतर्फको जंगलमा लुक
इटहरी : रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय खोटाङले आग्रह गरेको छ।प्रशासनले बुधबार सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङका नागरिक सुरक्षित भए/नभएको तथा आफन्तसँग सम्पर्कमा रहे/नरहेको जानकारी गराउन अनुरोध गरेको हो। बाढी प्रभावित क्षेत्रमा गएका नागरिकले तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरिएको छ। भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका
इटहरी। पाथीभरा टी स्टेटको आवास क्षेत्रमा बिहानको ७ बज्दा चहलपहल सुरु भयो । टी स्टेटको ‘क्वाटर’ मा बस्दै आएका श्रमिकमध्ये कसैले चिया तयार गरे, कसैले नास्ता बनाए । चियानास्तापछि यहाँका १० जना महिला डोको बोेकेर बगानतिर लागे । पानी परेपछि खुलेको मौसम, चिसो बतास चलिरहेको हरियाली पाखामा चिया टिप्न थालेका ती महिला बेला बेला गीत गाउँथे भने बेला बेला अन्ताक्षरी खेल्थे । मिठा मिठा गफ गर्दै मुना टिप्दै डोको भर्ने प्रयत्न जारी थियो । करिब चार घण्टा चियाका मुना टिपेर उनीहरू मध्याह्नतिर कारखाना फर्किन्छन् । आफूले टिपेको हरियो पत्ती तौलिन्छन् । तौलिएको परिणाम खातामा चढ्छ । त्यही क्षण उनीहरूले बिहा
इटहरी। राम्रो मूल्य पाउने आशा बोकेर जुट खेतीमा लगानी गरेका मोरङका किसान यतिबेला पाटा कुहाउन खाडी र नजिकैका तलाउ, पोखरीमा पानी नहुँदा ठुलो आर्थिक नोक्सानीमा पर्ने चिन्तामा छन् ।यो वर्ष जुटको बोट राम्रो आयो । बजारमा सनपाट ननिस्किँदै छ हजार पाँच सयसम्ममा जुट बिक्री हुन थालेको छ । किसानले सनपाट काटेर खाडीमा हाल्ने बेलामा न खाडीमा पानी छ न त सनपाट हाल्ने खाडी नै प्रशस्त छन् । २०८१ सालमा चिसाङखोला किनारमा सनपाट गाड्दा बाढीले बगाइदियो । गत वर्ष सनपाट खेती अत्यन्तै कम थियो । खाडी, तलाउ र पोखरी भरिएका थिएनन् । यो वर्ष रङ्गेली, सुनबर्सी, रतुवामाई नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा सनपाट खेती विग
इटहरी। बुधबार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि मोरङका तीन जना सम्पर्कविहीन भएका छन्। परिवारजन र स्थानीय जनप्रतिनिधिका अनुसार सुन्दरहरैँचाका दुई जना र पथरीशनिश्चरेका एक जना सम्पर्कविहीन भएका हुन्।सुन्दरहरैँचा नगरपालिका–८ का वडासदस्य भोजबहादुर राईका अनुसार सोही वडाको सलकपुरका ४३ वर्षीय भोजराज अधिकारी परिवारसँग सम्पर्कविहीन हुनुहुन्छ। भोजराजका माइला भाइ नवराज अधिकारीका अनुसार बुधबार बिहान साढे ८ बजे भोजराज र उहाँका साथी प्रह्लाद शिवाकोटीबीच फोनमा कुराकानी भएको थियो। त्यसपछि भोजराजसँग सम्पर्क हुन सकेको छैन। नवराजका अनुसार भोजराज विद्युतीय (ईभी) गाडीको भन्सार जाँच गराई ल्याउन एक साता
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.