सुनसरीको बराहक्षेत्र न. पा. १० प्रमुख जिल्ला अधिकारि र प्रहरी सग सर्बजनिक अन्तरक्रिया कार्यक्रम सम्पन्न छ। स्थानीय प्रहरी चौकी प्रकाशपुरको आयोजनामा कार्यक्रम गरिएको हो । प्रमुख जिल्ला अधिकारि हेमकला पाण्डे र नेपाल प्रहरी प्र .उ प्रभु ढकालको प्रमुख अतिथ्यमा अन्तरकृय कार्यक्रम समापन भएको हो । बराहक्षेत्र नगरपालिका ९/१०/११को स्थानीय प्रहरी , स्थानीय सरकार ,पत्रकार , समाजसेवि , बुद्धिजीवी सरोकारवाला एवं बौद्धक ब्यक्तित्वहरुको जन सहभागीमा कार्यक्रम गरिएको थियो ।कार्यक्रममा स्थानीय स्तरमा घटेको समस्यहरु सेवा ग्रहिलाइ दिने सेवा , बन्यजन्तु आतंक , हात्तीको लाग
विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज (सोमबार) विश्वासको मत दिने सम्भावना टरेको बताएका छन् ।भदौ ४ गते सोमबार (आज) १ बजे उपसभामुख सृजना दनुवारले विश्वासको मतका लागि समय दिएपनि उनी काठमाडौँ तिर लागेपछि विश्वासको मत लिने सम्भावना टरेको थापाले बताएका हुन् ।‘आज विश्वासको मत लिने सम्भावना देखिएन । सरसल्लाह गरेर अर्को दिन निश्चित गर्छौं,’ मुख्यमन्त्री थापाले भने, उपसभामुखले ‘आफैंले तोकेको बैठकमा उपस्थित नहुनु सरासर गलत हो, उहाँले संसदीय परम्परालाई तोड्ने काम गर्नु भएको छ ।’उपसभामुख दनुवार भने आज बिहानै काठमाडौँ लागेपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।
काठमाडौँ । सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ मा सिक्किमका प्रितम राई विजेता बनेका छन् । विजेता बनेसँगै राईले नगद १ करोड पुरस्कार जितेका छन् ।शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा राई विजेता बनेका हुन्।प्रतियोगितामा शिशिर थताल फस्ट रनरअप भएका छन । उनले नगद ३० लाख रुपैयाँ जितेका छन् । प्रतियोगितामा सरद हुमागाइँ सेकेन्ड रनर अप भएका छन् । उनले नगद २० लाख हात पारेका छन् । परेश राई थर्ड रनरअप भएका छन् ।उनले ५ लाख ५० हजार पाएका छन् । फोर्थ रनर अप साईरान खाती भएका छन् । विजेताहरुलाई प्रधानमन्त्री प
सुनसरी : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआराधना गरेर मनाएको छ ।आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरी दुःख नपाइने धार्मिक विश्वास रही आएको छ । साथै चट्याङ, अग्निभय र मेघका कारणसमेत पीडित हुनुनपर्ने भन्ने कुरा बराहलगायतका पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।आजको दिन काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआर
मोरङ / मोरङको सुन्दरहरैंचा नगरपालिका - ९ स्थित सलकपुरमा रहेको नागदेवी स्थान मन्दिर यस बर्षको नाग पञ्चमी पर्व मनाइएको छ । नाग पञ्चमीको सेवा समिति सलकपुरले आयोजना गरेको नागको पूजा गरेको छ । मन्दिरमा श्रद्धालु भत्तजनहरूको सोमवार बिहानै देखि बर्षाद्को झरी सहेर घुइँचो लागेको थियो ।नाग पञ्चमीको अवसरमा जीवित नागको दर्शन र पूजा आराधना गर्ने व्यवस्था मिलाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काले बताए । उनले नाग पञ्चमीको अवसरमा नागको पुजा ,अराधना , रुद्रीपाठ , भजन किर्तन साथै प्रसाद ग्रहण लगायतको कार्यक्रम भक्तजनको उल्लासमय उपस्थितिमा गरिएको जानकारी दिए । सुन्दरहरैँचाम
विराटनगर । कोशी प्रदेशकी उप सभामुख सृजना दनुवारले आफू बिरामी भएको भन्दै प्रदेश सभामा उपस्थित हुन नसक्ने भन्दै जानकारी गराएकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको बैठकमा दनुवारले आफू बिरामी भएका कारण सभामा उपस्थित हुन नसक्ने जानकारी गराएकी हुन् । ५ बजेपछि गराइएको जानकारी कार्यावस्था शाखाले दर्ता भने गरेको छैन । उनले कोशी प्रदेश सभा नियमावलीको नियम ११ बमोजिम सभा सञ्चालन गर्न समेत अनुरोध गरेकी छन् । नियमावलीको नियम ११ मा अध्यक्ष मण्डलको व्यवस्था रहेको छ । सभामुख र उप सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४
सुनसरी / इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन जारी गरेको ३५ दिने म्याद सकिएपछि उपमहानगरपालिकाले १५ दिने अर्को सुचना प्रकाशन गरेको छ ।३५ दिनभित्र टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर खाली गर्नु भनेपछि सो संरचना नभत्काए उपमहानगरपालिकाले भत्काएर लागेको खर्च तिराउने चेतावनी दिएको थियोे । तर त्यसबिचमा कसैले संरचना नभत्काएपछि उपमहानगरपालिकाले फेरी अर्को १५ दिने सुचना जारी गरेको छ । खोला, पैनी अझ साँघुरो बनाएर बनाइएका घर, भवनका कारण बाढी तथा डुबान हुने गरेको छ । व्यक्तिका साथै कतिपय संस्थाका भवनहरु खोला पैनी मिचेर बनाइएका छन् भने धेरै ठाउँमा प
सुनसरी / सुनसरी र मोरङमा सोमबार बिहान भारी वर्षा मापन गरिएको छ ।मोरङको लेटाङ, सुनसरीको सप्तकोसी चतारा वर्षा मापन केन्द्र र आसपास पछिल्लो तीन घण्टामा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।झापा, मोरङ र सुनसरी भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । मोरङको लेटाङ, सुनसरीको सप्तकोसी चतारा वर्षा मापन केन्द्र र आसपास पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ,” विभागको सूचनामा उल्लेख छ, “झापा, मोरङ, सुनसरी भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महासाखाले जनाएको छ ।
इटहरी / सुनसरीको इटहरी ४ मा रहेको बेदान्त हस्पिटलले महामारीको रुपमा फैलिएको डेङ्गुलाई लक्षित गर्दै फिजिसियन डाक्टरको सेवा १००रुपैँयामा प्रदान गर्ने भएको छ। हस्पिटलमा २४ सै घण्टा सञ्चालनमा रहेको जेनेरल फिजिसियनको सेवा सय रुपैँयामा गर्ने भएको हो।लामो समय देखि सम्पुर्ण रोगको गुणस्तरीय तथा सहुलियत सेवा प्रदान गर्दै आएको बेदान्त हस्पिटल महामारीलाई लक्षित गर्दै जेनेरल फिजिसियनको सेवा १०० रुपैँयामा प्रदान गर्ने हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ। बेदान्त हस्पिटलले २४सै घण्टा बिभिन्न डाक्टरद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, भि
सुनसरी । नेपालकै प्रतिष्ठित हराईजन कप बास्केटबल प्रतियोगिता हुँदै आएको धरान उपमहानगरपालिका १७ स्थित श्री माविमा रहेको हराईजन बास्केटबल कोर्टमा धरान नगरपालिकाले डोजर चलाएको छ। धरानकै पुरानो तथा प्रतिष्ठित बास्केटबल कोर्टमा नगरप्रमुख साम्पाङको नेत्रित्वमा शनिवार साँझ डोजर चलाएका हुन ।भूतपूर्व गोर्खा लाहुरेहरूको श्रमदानबाट २०४५ सालमा निर्माण भएको धरानकै पहिलो सामुदायिक बास्केटबल कोर्ट भत्काएर नगरप्रमुख राईले सो स्थानमा विद्यालय भवन बनाउने भन्दै डोजर चलाएको बताएका छन् ।उक्त बास्केटबल कोर्टमा सातौँ संस्करणसम्मको हराईजनकप राष्ट्रिय बास्केटबल प्रतियोगिता सम्पन्न भैसकेको छ । यस्तै उक्त
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.