मोरङ / मोरङको सुन्दरहरैंचा नगरपालिका - ९ स्थित सलकपुरमा रहेको नागदेवी स्थान मन्दिर यस बर्षको नाग पञ्चमी पर्व मनाइएको छ ।
नाग पञ्चमीको सेवा समिति सलकपुरले आयोजना गरेको नागको पूजा गरेको छ । मन्दिरमा श्रद्धालु भत्तजनहरूको सोमवार बिहानै देखि बर्षाद्को झरी सहेर घुइँचो लागेको थियो ।
नाग पञ्चमीको अवसरमा जीवित नागको दर्शन र पूजा आराधना गर्ने व्यवस्था मिलाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काले बताए । उनले नाग पञ्चमीको अवसरमा नागको पुजा ,अराधना , रुद्रीपाठ , भजन किर्तन साथै प्रसाद ग्रहण लगायतको कार्यक्रम भक्तजनको उल्लासमय उपस्थितिमा गरिएको जानकारी दिए ।
सुन्दरहरैँचामा रहेको नागदेवी मन्दिरमा पूजापाठ गर्ने भक्तजनको चहलपहल बर्सेनी बढ्दै गएको छ। यो स्थान धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेकोले यसको थप विकासका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरू बताउँछन् ।
सलकपुरको नागदेवी मन्दिर १ कठ्ठा जग्गा भन्दा बढी क्षेत्रफलमा फैलिएको छ । दान गर्ने सहयोगीदाताहरूका कारण करोडौंको संरचना निर्माण भएको छ । विशाल शिवजीको मुर्ति र नागको प्रतिमाले आर्कषण बढाएको स्थानीयहरू बताउँछन् ।


