समाज

    Showing १०,१२१-१०,१३० of ११,३०१ items.
  • कक्षा १२ को नतिजामा यसवर्ष ६ हजार ९७६ विद्यार्थीले ल्याए ३.६१ देखि ४ जीपीए ल्याए

    काठमाडौं / कक्षा १२ को परीक्षामा ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव सदस्य सचिव दुर्गा अर्यालले २०७९ को तुलनामा ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएको बताए । गत वर्ष ४ हजार १७९ विद्यार्थीले उक्त जीपीए ल्याएका थिए ।त्यस्तै १ लाख ८२ हजार ९२६ विद्यार्थीले नन ग्रेडेड (एनजी) ल्याएका छन् । यो गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको सदस्य सचिव अर्यालले बताए । गत वर्ष १ लाख ८८ हजार ४१० विद्यार्थीले एनजी ल्याएका थिए । जुन जम्मा विद्यार्थीको ५१.९० प्रतिशत थियो । यो वर्ष भने ४९.०९ प्रतिशत रहेको बोर्डले जनाएको छ ।गत व

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १७५ पटक पढिएको
  • बेलबारीमा करेन्ट लागेर एक जनाको ज्यान गयो

    सुनसरी / मोरङको बेलबारीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार घरमा जडान गरेको पंखा चलाउने क्रममा करेन्ट लाग्दा बेलबारी ५ का २५ वर्षीय प्रेम माझीको मृत्यु भएको हो ।करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो ।घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १८४ पटक पढिएको
  • तेह्रथुममा श्रीमतीको हत्या गर्ने श्रीमानलाई पक्राउ गरि सार्वजनिक गरियो

    सुनसरी / तेह्रथुमको आठराई गाउँपालिका–१ सक्रान्तीबजार डाडागाँउकी २४ वर्षीया रेसिका श्रेष्ठ (दमन्ता) हत्या गरेको आरोपमा पक्राउ परेका राजकुमार श्रेष्ठलाई प्रहरीले हिजो सोमबार सार्वजनिक गरेको छ ।गत साउन १४ गते आफ्नै श्रीमती रेसिकाको हत्या गरि फरार राजकुमारलाई झापाको काँकडभिट्टा स्थित एक होटेलमा लुकेर बसेको अवस्थामा साउन २७ गते प्रहरीले पक्राउ गरेको थियो । घरायसी विवादमा श्रीमानश्रीमती बीच झगडा भएपछि रिसको आवेगमा छातीमा मुक्का प्रहार गर्दा रेसिकाको मृत्यू भएको प्रहरीको अनुसन्धानमा अभियुक्त राजकुमारले बयान दिएका छन् । श्रीमतीको हत्या गरि घर नजिकैको सुँगुरको खोरमा गाडिदिएको समेत राजकुमारले स्विकारेको

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १६२ पटक पढिएको
  • मोरङको पथरीशनिश्चरेमा पतिले पत्नीको हत्या गरे

    सुनसरी / मोरङको पथरीशनिश्चरेमा एक व्यक्तिले पत्नीको हत्या गरेका छन् । पथरीशनिश्चरे नगरपालिका–५ जयनगर का ६४ वर्षीय हर्कजंग लिम्बूले पत्नी ६३ वर्षीया कर्णमाया लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।घयसायी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान साढे ११ बजेतिर कर्णमायालाई कुटपिट गरेर घाइते बनाएका थिए । पतिको कुटाइले घाइते भएकी भएकी उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । नोबेलले सोमबार रेफर गरेपछि थप उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । उपचारकै क्रममा राति १० बजेतिर कर्णमायाको मृत्यु भए

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १५१ पटक पढिएको
  • विराटनगरमा तीन जना युवाले एक युवालाई तरबार प्रहार गरे

    विराटनगर / विराटनगरमा एक युवामाथि तरबार प्रहार भएको छ । सोमबार दिउँसो विराटनग १० सन्सारीमाईस्थानमा एक युवामाथि दिउँसो २ः४५ बजेतिर तरबार प्रहार भएको हो ।मोटरसाइकलमा आएका तीन जना युवाले तरबारले विराटनगर महानगरपालिका ८ का २२ वर्षीय महमद हलिम गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका हलिमलाई उपचारका लागि न्यरो अस्पताल लगिएको भएपनि त्यहाँ उपचार सम्भव नहुने भएपछि अहिले उनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।प्रहरी स्रोतका अनुसार हलिममाथि विराटनगर ८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार प्रहार गरेका हुन् ।उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको तरबा

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १८८ पटक पढिएको
  • एक क्विन्टल भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्र

    काठमाडौं / राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ ।नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए ।उनका अनुसार ब्रेक प्याडबाट छुट्याएपछिको यो परिमाण निस्केको हो । गालेर जोख्दा तौल थप घट्ने बताइएको छ। यता , सत्तारूढ गठबन्धनले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ ।

    • प्रकाशित मितिः साउन २९, २०८०
    • १६२ पटक पढिएको
  • संखुवासभा कारागारमा कैदीबन्दी मृत्यु प्रकरणमा आफन्तले शव बुझे

    सुनसरी / सुरक्षा घेराभित्र कुटपिटबाट मृत्यु भएका दुईजना कैदीको शव आफन्तले बुझेका छन् । संखुवासभाको मादी नगरपालिका- ५ का विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का आकाश बलामीको शव आफन्तले ६ दिनपछि बुझेका हुन् । शनिबार किटानी जाहेरीपछि शवको पोस्टमार्टम भएको थियो । घटनामा संलग्लाई सार्वजनिक नगरेको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । जाहेरीका आधारमा आइतबार प्रहरीले कारागारमा रहेका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी र कारागार प्रमुख राजेन्द्र घिमिरेका नाममा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ । प्रहरीले प्रहरी नियन्त्रणमा रहेका चौधरीलाई पहिलो पटक पाँच दिनका लागि म्याद थप ग

    • प्रकाशित मितिः साउन २९, २०८०
    • ११५ पटक पढिएको
  • मुस्ताङमा बाढीले १५ घर र पक्की पुल बगायो

    सुनसरी / मुस्ताङको वारागुङ मुक्तिक्षेत्र- ४ कागबेनीमा आइतबार राति ठाडो खोलामा आएको बाढीले १५ घरसहित एक निर्माणाधीन पक्की पुल बगाएको छ ।वारागुङ मुक्तिक्षेत्र- २ को झोङ,पुडाक र छेङ्गुरको शाखा नदी थुनिएर कागखोलामा आएको बाढीले कागबेनीमा १० घर र पक्की पुलसहित करोडौँको भौतिक सामग्री बाढीले बगाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए। कागबेनीमा रहेको प्रहरीचौकी, धर्मशालामा पनि क्षति पुर्‍याएको छ।एउटा झोलुंगे पुल र तीन वटा विद्युत् पोल पनि ढलेकोले विद्युत् आपूर्ति बन्द भएको जनाइएको छ । आइतबार राति ११ बजेदेखि कागखोला र कालीगण्डकी नदीमा पानीको सतह घट्दै गएकोले सोमबार बिहानसम्म मानवीय

    • प्रकाशित मितिः साउन २९, २०८०
    • १२० पटक पढिएको
  • सप्तकोशीको कटान सुरु , खतरा भएपछी ५६ ढोका खोलीयो

    सुनसरी / सप्तकोशी नदीमा पानीको बहाव उच्च देखिएको छ । पहाडी क्षेत्रमा निरन्तर बर्षा भइरहेकाले कोशीमा पानीको बहाव केही दिनयता बढिरहेको थियो ।सोमबार बिहान भने यो वर्षकै उच्च बहाव पाइएको छ । सुनसरी प्रशासन कार्यालयका अनुसार बिहान ४ बजेको मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको छ । सप्तकोशीमा एक लाख ५० हजार क्युसेक पानी नाघेपछि खतराको सङ्केत मानिन्छ ।पानी बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलेर निकास दिइएको छ । कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

    • प्रकाशित मितिः साउन २९, २०८०
    • १३३ पटक पढिएको
  • इटहरीको इम्पेरियल कलेजमा स्वागत तथा अभिनन्दन कार्यक्रम

    सुनसरी / प्राविधिक शिक्षामा कोशी प्रदेशकै अब्बल मानिएको इम्पेरियल कलेज अफ होटल म्यानेजमेन्ट इटहरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत गर्ने भएको छ ।नयाँ विद्यार्थीको स्वागत गरिनुका साथै उत्कृष्ट नतिजा ल्याउने र अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीहरुलाई प्रोत्साहन तथा पुुरस्कार वितरण प्रदान गरिने जनाइएको छ । मोरङको विराटचोकस्थित होटल नेपालीरिकामा सोमबार आयोजना हुने विशेष कार्यक्रममा स्वागत तथा सम्मान गरिने भएको हो ।कार्यक्रम संयोजक इम्पेरियल कलेजका प्रिन्सिपल तथा गोदावरी विद्या मन्दिर इटहरीका कोअर्डिनेटर राजुु घिमिरेका अनुसार त्यस अवसरमा विद्यार्थीले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम

    • प्रकाशित मितिः साउन २८, २०८०
    • २८९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]