सुनसरी / प्राविधिक शिक्षामा कोशी प्रदेशकै अब्बल मानिएको इम्पेरियल कलेज अफ होटल म्यानेजमेन्ट इटहरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत गर्ने भएको छ ।
नयाँ विद्यार्थीको स्वागत गरिनुका साथै उत्कृष्ट नतिजा ल्याउने र अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीहरुलाई प्रोत्साहन तथा पुुरस्कार वितरण प्रदान गरिने जनाइएको छ । मोरङको विराटचोकस्थित होटल नेपालीरिकामा सोमबार आयोजना हुने विशेष कार्यक्रममा स्वागत तथा सम्मान गरिने भएको हो ।
कार्यक्रम संयोजक इम्पेरियल कलेजका प्रिन्सिपल तथा गोदावरी विद्या मन्दिर इटहरीका कोअर्डिनेटर राजुु घिमिरेका अनुसार त्यस अवसरमा विद्यार्थीले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्ने छन् ।
यसका साथै इम्पेरियल कलेजले शिक्षा क्षेत्रमा दीर्घसेवा गरी योगदान पुुर्याउने शिक्षकहरु भरत नेपाल र युुवराज खतिवडालाई अभिनन्दन गर्ने जनाएको छ ।
शान्ति र बिकासका लागि युवा नेपालको सहयोगमा इम्पेरियल इन्टिच्युट अफ होटल म्यानेजमेन्ट कलेज इटहरीले गरिब र बिपन्न बर्गका बिद्यार्थीलाई सहुलियत रकममा एकबर्षे डिप्लोमा इन होटल म्यानेजमेन्ट पढाउने सम्झौता गरेको छ । आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीलाई पढने अवसर दिलाउनका लागि सम्झौता गरिएको शान्ति र बिकासका लागि युवा नेपालका उपाध्यक्ष श्रवण घिमिरेले बताए ।
भारतको दार्जिलिङमा होटल म्यानेजमेन्ट अध्यापन गराउँदै आएको इम्पेरियलले यस बर्षदेखि इटहरीमा पनि सेवा बिस्तार गरेको र पढाइ सकेपछि शतप्रतिशत बिद्यार्थीलाई रोजगारी लगाइदिने इम्पेरियलका सञ्चालक बद्री अर्यालले बताए ।
इम्पेरियलले दार्जिलिङमा डिप्लोमा इन होटल म्यानेजमेन्ट र व्याचलर इन होटलम्यानेजमेन्टका कोर्षहरु पढाउँदै आएको छ । इटहरीमा भने यसै वर्षदेखि कुलिनरी आर्टस एण्ड हस्पिटालिटी मेनेजमेन्टका नाममा डिप्लोमा इन होटल म्यानेजमेन्टको कक्षा सुरु गरेको छ ।
गत असार ४ गतेदेखि इटहरीमा एक महिने शुिल्क कुक तालिम दिन लागेको इम्पेरियलले होटलमा रोजगारीका लागि माल्टा, सिंगापुर, अमेरिका, चीन, दुवई, मलेसिया लगायतका देशमा जवप्लेसमेन्ट गर्दै आएको छ ।


