सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईंंको पहलमा नेपाल सरकारको आगामी आर्थिक वर्ष ०८०\०८१ को बजेटमा सुन्दरहरैंचाका केही वहुवर्षिय ठूला योजना समावेश भएका छन् । नगर प्रमुख गुरागाईंको पहलमा गत जेठ १५ गते सार्वजनिक भएको आगामि आर्थिक वर्ष ०८०\०८१ को बजेटमा सुन्दरहरैंचाका ३ वटा ठूला योजनाहरु बहुवर्षिय योजनाका रुपमा समावेश भएका हुन् । जसमा सुन्दरहरैंचा ७ स्थित गछिया खोलाको तटबन्धन निर्माण पनि परेको छ । नगर प्रमुख गुरागाईंको प्रत्यक्ष सहभागितामा जनश्रमदान तथा नगरपालिकाको समेत लगानीमा आंशिक क्षेत्रमा तटबन्धन निर्माण गरिएको गछिया खोलामा थप क्षेत्रमा तटबन्धन निर्माण
लेटाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङको २५ औं जिल्ला परिषद् भेला लेटाङ नगरपालिकामा सम्पन्न भएको छ । संगठनका मोरङ अध्यक्ष प्रेम प्रसाद भट्टराईको अध्यक्षतामा लेटाङ नगरपालिका ४ स्थित जनसेवा सामुदायीक वन समूहको हलमा भएको भेलामा संगठनमा आवद्ध मोरङ जिल्ला भरिका करिव ४ सयजना शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो । शिक्षक संगठनका कोशी प्रदेश संयोजक धर्मानन्द खरेलको प्रमुख आतिथ्यतामा भएको भेलामा लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निर
इटहरी / नेपाल जेसीजको आयोजना तथा तरहरा जेसीजको आतिथ्यतामा इटहरीमा मास्टर टट कार्यक्रमको आयोजना गरिनेगरी तयारी पूरा भएको छ । बिहीबार बिहान तरहरा जेसीजको सचिवालयमा पत्रकार सम्मेलन गर्दैै कार्यक्रमबारे जानकारी दिइएको छ । कार्यक्रम निर्देशक मणिराम श्रेष्ठका अनुसार असार १ गते (शुक्रबार) देखि ४ गतेसम्म इटहरी २ मा रहेको सोल्टी वेस्टेण्ड होटलमा देशभरका ४४ जनालाई सहभागी गराएर मास्टर टट कार्यक्रम आयोजना गर्नेगरी तयारी पूरा भएको छ । ‘तालिम लिएर तालिम दिन सक्ने बनाउनका निम्ति यो कार्यक्रमको आयोजना गरिएको हो,’ श्रेष्ठले भने, ‘नेपाल जेसीज स्थापना भएपछि हालसम्म एकपटक मात्रै मास्टर टट कार्यक्रमको आय
भोजपुरमा खोलाले बगाउँदा सब–इन्जिनियरको मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ मा पर्ने राउते खोलाले बगाउँदा २४ वर्षीय सव–इन्जिनियर मन्दिप राईको मृत्यु भएको हो । बाढीले पुल निर्माण भईरहेको स्थानमा रहेको स्काभेटर र पुलको जग बगाउन थालेपछि जोगाउने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।स्काभेटरका ड्राईभर भने हाम फालेर बाच्च सफल भएको प्रहरीको भनाई छ । सव–इन्जिनियर राई भने हाम फाल्ने क्रममा खोलाको भंगालोमा परेपछि बगाएको प्रत्यक्षदर्शीको भनाइ छ । बुधबार राती खोलाले बगाएका राईको शव करिब तीन किलोमिटर तल फेला परेको प्रहरीको भनाइ छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थित कचना महादेव माध्यमिक विद्यालयमा अध्ययनरत सुवास दमाई तेक्वान्दो विधाको राष्ट्रिय खेलाडीमा छनौट भएका छन् । विद्यालयको कक्षा ७ मा अध्ययनरत दमाई तेक्वान्दो एसोसियसन अफ नेपाल (टान) द्वारा आयोजित छनौट प्रतियोगितामार्फत् ३३ किलो तौल समुहतर्फ देशकै सर्वोत्कृष्ठ खेलाडीका रुपमा छानिएका हुन् । दमाईले देशका विभिन्न जिल्लाबाट प्रतिस्पर्धामा सहभागी हुन आएका आफ्नो तौल समुहका ६९ जना प्रीतस्पर्धीलाई पछि पार्दै राष्ट्रिय खेलाडीका रुपमा आफ्नो नाम लेखाउन सफल भएको विद्यायलका प्रधानाध्यापक हरिशंकर घिमिरेले जानकारी दिए । दुई वर्षदेखि तेक्वान्दो खेलमा अभ्यासरत दमाईले पहिलो प
विराटनगर : कोशी प्रदेशसभाको चालु दोस्रो तथा बजेट अधिवेशन अन्त्य भएको छ । बुधबार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रदेशसभामा पशे गरेका थिए ।कोशीमा वर्तमान सरकार अल्पमतमा रहेका कारण नीति तथा कार्यक्रम पास नहुने देखेपछि बुधबार प्रदेश मन्त्रिपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।सरकारले गरेकमो सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरि अन्त्य गरेका हुन् ।बुधबार प्रदेश प्रमुखको कार्यालयका प्रवत्ता नरेन्द्र श्रेष्ठले प्रदेश प्रमुखले चालु दोस्र
पथरी शनिश्चरे / मोरङको पथरी शनिश्चरे-६ मा रहेको सुनदह वचत तथा ऋण सहकारी संस्थाले ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ।गएको जेष्ठ २८ गते ३३ लाख ६९ हजार ३५५ रुपैयाँ ठगी गरेको भनी तारा खड्का समेत २५ जना पिडितहरुले ईलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दिएका हुन् । ठगी कसुर अन्तर्गत दिएको जाहेरी दरखास्त ईप्रका कार्यालय पथरीमा दर्ता भई अनुसन्धान भई रहेको ईप्रका पथरीका प्रमुख डिएसपी लक्ष्मी प्रसाद भण्डारीले जनाउनु भएको छ।प्रहरीले उक्त सहकारी संस्थामा वचत गर्ने जाहेरी दिन छुटेका र बाँकी रहेका वचतकर्ता पिडितहरुले यथाशिघ्र ईलाका प्रहरी कार्यालय पथरी मोरङमा गएर ज
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम प्रेशसभामा पेश गरेको छ ।प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेश गरेका हुन् । नीति तथा कार्यक्रममा रोजगारी उल्लेख्य वृद्धि गर्न स्थानीय तहसँग साझेदारीलाई प्राथमिकता दिइने, प्रदेश गौरवको आयोजना पहिचान गरिने, गरिवी निवारणका उपायाको अध्ययन अनुसन्धान गरिने लगायतका विषय उल्लेख छ ।यस्तै कार्यक्रममा प्रदेशको लगानी सम्मेलन आयोजना गर्ने, कानून कार्यान्वयनको अनुगमन तथा मूल्यांकन गरिने, प्रदेश लोकसेवा आयोगको रणनीतिक योजना कार्यान्वयनमा ल्याउने, आन्तरिक राजस्व वृद्धिको लागि सम्भाव्यता
इनरुवा । लामो समयको प्रयासपछि जिल्ला अस्पताल सुनसरी इनरुवामा रक्त संचार केन्द्र सञ्चालनमा आएको छ । इनरुवा नगरपालिका र भोक्राहानरसिंह गाउँपालिकाको विशेष सहयोगमा रहेको रक्त संचार केन्द्र विश्व रक्तदाता दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको हो । अस्पतालले जिल्ला प्रशासन कार्यालय सुनसरी र नेपाल रेडक्रस सोसाइटी सुनसरी सँगको समन्वय र सहकार्यमा ब्लड बैंकको सेवा सञ्चालनमा ल्याएर सेवाग्राहीलाई सहज वनाएको छ । अस्पताल हातामा सञ्चालनमा ल्याइएको ब्लड बैंकले अस्पतालमा आउने रगत आवश्यक पर्ने विरामीहरुका लागि महत्वपुर्ण योगदान पुर्याउने कार्यक्रमका वक्ताहरुले जोड दिए ।अस्पताल
गैरपत्रकारहरुलाई पत्रकार महासंघको सदस्यता कायम राख्ने खेल भएको भन्दै प्रेस चौतारीले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । शुद्धीकरणका सन्दर्भमा महासंघ सुनसरीले २४ घण्टा भित्र जवाफ नदिए महासंघ विरुद्ध तालाबन्दी गर्नसमेत बाध्य हुने र उत्पन्न परिस्थितिको जवाफदेही पत्रकार महासंघ सुनसरी हुने चौतारीले चेतावनी दिएको छ ।शुद्धीकरण अभियानलाई कडाइका साथ खुट्टा नकमाई निष्पक्ष रूपमा काम गर्न सुनसरी पत्रकार महासंघलाई चौतारीले आग्रह गरेको छ । अन्यथा प्रेस चौतारी सुनसरी सशक्त आन्दोलनमा उत्रन बाध्य हुने उल्लेख गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चौतारी सुनसरीले पत्रकार महासंघ सुनसरीका कार्यसमि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.