भोजपुरमा खोलाले बगाउँदा सब–इन्जिनियरको मृत्यु भएको छ । टेम्केमैयुङ गाउँपालिका–९ मा पर्ने राउते खोलाले बगाउँदा २४ वर्षीय सव–इन्जिनियर मन्दिप राईको मृत्यु भएको हो । बाढीले पुल निर्माण भईरहेको स्थानमा रहेको स्काभेटर र पुलको जग बगाउन थालेपछि जोगाउने क्रममा खोलाले बगाएको प्रहरीले जनाएको छ ।


