इटहरी / नेपाल सरकारले १५ प्रतिशत वृद्धि गर्दा इटहरीमा रहेका कर्मचारीको वृद्धि भएको थिएन तर कर्मचारीको सेवा सुविधा काटेर खर्च कटौती गर्ने बिसय र सुत्केरी विदा हटाउने निर्णयमा विवाद भयको देखाउदै नगरसभा स्थगन छ ।कर्मचारीको सेवा सुविधा काटेर खर्च कटौती गर्नेबारे मेयरले भ्रम छरेको वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापाले टिप्पणी गरेका छन् उनले खाजाबापतको मासिक चार हजार रहेको रकमलाई एक हजार मात्रै बढाएको बताउँदै मेयर पौडेलले कर्मचारी पोस्न एमाले लागि परेको भन्ने अभिब्यक्ति दिएको बारे टिप्पणी गरे ।“हामीले कुन नयाँ नीति बनाएका हौं र ?” थापाले भने ‘खाईपाई आएको
इटहरी । विश्व दृष्टि विशेषज्ञ दिवस अवसरमा नवदृष्टि आँखा अस्पतालमा विशेष कार्यक्रम आयोजना गरियो। ‘दृष्टि विशेषज्ञको भूमिका विस्तार आजको आधार’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नवदृष्टि मा कार्यरत दृष्टि विशेषज्ञ तथा कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा अवसरमा बोल्दै आस्पतालका प्रबन्धक भक्तबहादुर शाहीले दृष्टि विशेषज्ञको आँखा उपचार सेवामा महत्वपूर्ण भुमिका रहने बताए । कार्यक्रमका अध्यक्ष डा. अशेष राईले दृष्टि विशेषज्ञको भूमिका महत्वपूर्ण हुने भन्दै प्रशंसा गरेका थिए ।सोही अवसरमा अस्पतालल
ईटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका लगायत अन्य केही पालिकाहरुमा जग्गाको कित्ताकाट नखुल्दा समस्या भईरहेका बेला मोरङको बेलबारी नगरपालिकामा चैत १२ गते आईतबारदेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ ।लामो समयदेखि बन्द रहेको कित्ताकाट आईतबारदेखि खुल्ने निर्णय गरिएको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिएका छन । नयाँ नियमावलीले जग्गाको वर्गीकरण नगरी कित्ताकाट गर्न रोकेको थियो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कृषि तथा गैरकृषि क्षेत्र भनेर वर्गीकरण नगरी जग्गाको कित्ताकाट रोकिएको थियो । बेलबारी नगरपालिकाले सोही कार्य सम्पन्न गरिसकेको र कित्ताकाट ख
काठमाडाै । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’की पत्नी एवं कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले चितवनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा आफूलाई गालीको वर्षा भइरहेको र त्यसले विक्षिप्त बनाएको दुखेसो गरेकी छन्। आफ्नो इनबक्समा नग्न तस्बिरहरूसहित विभिन्न तुच्छ गाली पठाइरहेको उनले उल्लेख गरेकी छन्।‘धुर्मुसजीले केही समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरूका गाली गलौज सहँदै आएँ र आज म मानसिक यातनाले विक्षिप्त भएको छु’, सामाजिक सञ्जालमा सुन्तलीले लेखेकी छन्, ‘अब सुन्ने र सहने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय! तर जे गर्छौ छिटो गर।’अबका हरेक वार्ता ब
बिराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नामको विषयलाई लिएर आन्दोलनरत पक्षलाई वार्ताको माध्यमबाट टुंग्याउन सरकारसँग आग्रह गरेका छन् ।माओवादी केन्द्र संसदीय दलको आज सञ्चारकर्मीसँग कुरा गर्दै नामकरण नहुँदा असन्तुष्टि देखिनु स्वाभाविक रहेको उनले बताए । संविधान पनि संशोधन हुने भएकाले प्रदेशको नाम परिवर्तन नहुने भन्ने नरहेको उनले बताए। भने,‘पहिचान पक्षधरको प्रदेशसभामा बाहुल्यता हुँदा भोलि पनि नाम परिवर्तन हुन सक्छ ।संविधान जलाएका शक्तिहरू पनि अहिले संविधान मानेर नै आफ्नो मुद्दाहरू उठाइरहेको स्मरण गर्दै उनले आफ्ना मुद्दाहरूलाई शान्तिपूर्ण
इटहरी । चैत ५ गते भएको आन्दोलनमा पदम लिम्बूको मृत्यु भएसँगै पहिचानवादी संघर्ष समितिले थप आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्।कोशी प्रदेशको नामकरणको विरोध गरिरहेको संयुक्त संघर्ष समितिको शुक्रबार बसेको आपतकालीन बैठकले ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामांकनको माग सम्बोधन नगरुञ्जेल आन्दोलन गर्ने निर्णय गरेको हो । आन्दोलनकारी लिम्बू ९लाजेहाङ०लाई शहीद घोषणा गरी क्षतिपूर्ति नदिएसम्म शव जिम्मा नलिने पनि बताएको छ ।यस्तै बैठकले मृतक परिवारलाई तत्कालका लागि प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट नगद एक लाख ५० हजार राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।संयुक्त राष्ट्
काठमाडौं : नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।सार्वजनिक भएको पूर्णविवरण अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । विक्रम सम्वत् २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार थियो ।राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रत
विराटनगर । कोशी प्रदेश नामांकन खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते भएका धरान–१५ का पदम लिम्बू लागेहाङको मृत्यु भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको हो । टाउकोमा चोट लागेका उनी मंगलवार राति अचानक बेहोस भएपछि उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो। लिम्बुको बिहीवार राति २ बजे उपचारको क्रममा मृत्यु भएको पदमका भाइ समेत रहेका बेलबारी नगरपालिका–२ का वडा सदस्य दिपेन्द्र खजुम लिम्बुले बताए । विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्रनजिक अश्रुग्
विराटनगर । ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आज सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार पहिलो दिन बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ ।रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरा
इटहरी / इटहरी उपमहानगरपालिकाले कर्मचारीको खाजा भत्ता र इन्धन सुविधा कटौती गरेको छ । प्रशासनिक खर्च घटाउनका लागि उपपमहानगरपालिकाले कर्मचारीले पाउँदै आएको मासिक पाँच हजार रुपैयाँ खाजा भत्ता र १० लिटर इन्धन सुविधा कटौतीको निर्णय गरेको हो । २६ फागुनमा बसेको उपमहानगरपालिका कार्यपालिकाको १२८ औ बैठकले खाजा भत्ता र इन्धन सुविधा कटौती गर्ने निर्णय गरेको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।‘कर्मचारीका लागि मासिक पाँच हजार खाजा भत्ता दिने व्यवस्था पहिलेदेखि नै रहेछ,’ उनले भने, ‘चैत १ गतेबाट लागु हुने गरी हामीले रोक्ने निर्णय गरेका छौं ।’ उपमहानगरपालिकामा ४७० जना कर्मचारी छन् । ती कर्मचारीका लागि खाजा भत्ताम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.