इटहरी / नेपाल सरकारले १५ प्रतिशत वृद्धि गर्दा इटहरीमा रहेका कर्मचारीको वृद्धि भएको थिएन तर कर्मचारीको सेवा सुविधा काटेर खर्च कटौती गर्ने बिसय र सुत्केरी विदा हटाउने निर्णयमा विवाद भयको देखाउदै नगरसभा स्थगन छ ।
कर्मचारीको सेवा सुविधा काटेर खर्च कटौती गर्नेबारे मेयरले भ्रम छरेको वडा नम्बर ९ का वडा अध्यक्ष जितेन्द्र थापाले टिप्पणी गरेका छन्
उनले खाजाबापतको मासिक चार हजार रहेको रकमलाई एक हजार मात्रै बढाएको बताउँदै मेयर पौडेलले कर्मचारी पोस्न एमाले लागि परेको भन्ने अभिब्यक्ति दिएको बारे टिप्पणी गरे ।
“हामीले कुन नयाँ नीति बनाएका हौं र ?” थापाले भने ‘खाईपाई आएको रकममा अन्य कर्मचारीको तलब वृद्धि हुँदा हामीले एक हजार थप गरौं भनेका थियौं । तर मेयरले हामीलाई यसको दोष थपेर खर्च कटौतीको उपाय निकाल्दा मेयरले असहयोग गरेको भ्रम छर्नु भएको छ ।’
उनले महिला कर्मचारीको सुत्केरी बिदा काट्ने ऐन संशोधन गरि बिदा पुरै हटाउने निर्णय लागेकाले मेयर र एमालेनिकट वडा अध्यक्षहरुसँग बीचको विवाद सुरु भएको बताए । मेयरले सुत्केरी विदा पुरै काट्न लागेकाले पुरै काट्न नहुने घटाउन चै सकिने भन्दै एमालेले आपत्ति जनाएको बताए ।
चैत ३ गतेको नगर सभा एमालेका कुनै नेताहरुको दबाबले नभई मेयर आफ्नै नियतले स्थगन गरेको थापाको भनाई छ ।
वडानम्बर १७ का वडा अध्यक्ष प्रभात आचार्यले हिउँदे अधिबेशन मात्र नभई विधान अधिबेशन भएको बताए । उनले विधान बन्नुअघि ब्यापक छलफल गर्नु पर्ने भएकाले सामान्य विषयलाई मेयर आफैँले ठूलो विषय बनाएको बताए ।


