इटहरी । विश्व दृष्टि विशेषज्ञ दिवस अवसरमा नवदृष्टि आँखा अस्पतालमा विशेष कार्यक्रम आयोजना गरियो।

                        ‘दृष्टि विशेषज्ञको भूमिका विस्तार आजको आधार’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा नवदृष्टि मा कार्यरत दृष्टि विशेषज्ञ तथा कर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा अवसरमा बोल्दै आस्पतालका प्रबन्धक भक्तबहादुर शाहीले दृष्टि विशेषज्ञको आँखा उपचार सेवामा महत्वपूर्ण भुमिका रहने बताए ।  कार्यक्रमका अध्यक्ष डा. अशेष राईले दृष्टि विशेषज्ञको भूमिका महत्वपूर्ण हुने भन्दै प्रशंसा गरेका थिए ।

सोही अवसरमा अस्पतालले ‘दृष्टि विशेषज्ञ वर्ष २०७९ अवार्ड’ विवेक चौधरीलाई प्रदान गरेको थियो ।