इटहरी / स्थानीय खानाका परिकार प्रवद्र्दन गर्नुपर्ने इटहरीइमा शनिबार आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन । प्रिमियर होटल स्कुलले आयोजना गरेको लोकल फुड हन्ट कार्यक्रमका वक्ताहरुले नेपालका स्थानीय खानालाइ प्रवद्र्दन गर्दै विदेशी पर्यटकलाई लोभ्याउनुपर्ने आवश्यकता औल्याए । प्रिमियर होटल स्कुलका निर्देशक सुनिल भुसालको अध्यक्षता तथा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहको उपस्थितीमा आयोजित लोकल फुड हन्टमा कलेजका होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुले झिगे माछा, घुँगी लगायत पुर्वी तराईका स्थानीय परिकार प्रदर्शन गरेका थिए । स्थानीय खानालाइ जगेर्ना साथै
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ को आयोजनामा महिलाहरुलाइ सेनेटरी प्याड बनाउने ४ दिने तालिम सम्पन्न भएको छ । उत्त तालिममा महिलाहरुलाइ अत्ति आवश्यक पर्ने सेनेटरी प्याड रेडिमेट प्रयोग कम गराउने साथै,घरेलु उत्पादनलाइ प्रोत्सान गर्ने उदेश्यले सुन्दरहरैचा वडा नम्बर ४ का विभिन्न टोल विकास संस्थामा आवद्ध महिलाहरु लाई आफैले उत्पादन गरेर आफै प्रयोग गर्न सकिने र ब्यवसायमा आत्मनिर्भर बन्नका लागि तालिम प्रदान गरिएको हो । त्यस्तै, कार्यक्रममा स्वरोजगार ट्रेनिंङ्ग सेन्टरको प्रविधिक सहयोगमा संचालन गरेको तालिममा प्रशिक्षक रमा नेपालले तालिमको सहजिकरण गरेकी थ
तेह्रथुम। तेह्रथुमको आठराई ६ चुहानडाँडामा शुक्रबार दिउँसोदेखि सुरूभएको आगलागी नियन्त्रणमा आएको छ ।आगलागी भएको करिव १२ घण्टापछि फिदिम नगर पालिकाको दमकल, प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सक्रियतामा राति ३ बजे आगलागी नियन्त्रणमा आएको हो । भीषण आगलागीबाट चुहानडाँडाको हातिखर्कको तल्लो बस्ती नै सखाप भएको छ । १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते हुनुभएको छ । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ ।तामाङ समुदायको बसोबास रहेको हातिखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खालि रहेको वडाअध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिन
इटहरी । इटहरी २० तरहरामा रहेको किड्स ह्याप्पी होमले दोस्रो स्नातक समारोह तथा अभिभावक दिवस मनाएको छ । दिवसको अवसरमा बिद्यार्थीहरुले बिभिन्न जातजातीको भेषभुषामा सजिएर सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै फेसन सो पनि गरेका थिए । सोहि अवसरमा बिद्यार्थीहरुले खेलकुद प्रर्दशन लगायतका गतिबिधिहर प्रस्तुत गर्नुका साथै ट्राफिक सचेतना सम्बन्धि नाटक समेत प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षता तथा जिल्ला प्रसासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको कार्यधmमा तरहरा जेसिसका अध्यक्ष बहादुर तामाङ, किड्स ह्याप्पी होमका प्रब
इटहरी । नेपाली चलचित्र ‘छक्कापञ्जा’ ४ को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेट २० सेकेण्ड लामो ट्रेलरले समसामयिक राजनीतिको प्रवृत्तिलाई प्रस्तुत गरेको छ । फिल्मको ट्रेलरले राजा नामक शीर्ष चरित्रले चारखाल सुधारगृहदेखि सिंहदरबारसम्म गरेको राजनीतिक यात्राको कथा प्रस्तुत गरेको छ। चुनाव सुरु भएसँगै राजा नामक पात्र सुधार गृहबाट निस्कन्छ र नेताको लागि भोट माग्न थाल्छ। एकीकृत निष्पक्ष दलका उम्मेदवार दिग्विजय सिंहलाई भोट माग्दै राजा पात्र चुनावमा होमिएको देख्न सकिन्छ । गुण्डागर्दीदेखि नेतासम्मको राजा नामको चरित्रको यात्रालाई ट्रेलरमार्फत प्रस्तुत गरिएको
रामधुनी । रामधुनी नगर प्यावसनको आयोजनामा स्पोर्टस मिट अन्तर्गतको भलिवल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।रामधुनी नगरक्षेत्रमा रहेका ३२ वटा प्यावसनमा संलग्न विद्यालयका बिच संचालन भएको खेलको उद्घाटन रामधुनी ७ स्थित पन्चायन विद्यामन्दिरको प्राङगणमा प्रमुख अतिथी वडाध्यक्ष केशव गौतमले खेल अफिसियललाई वल हस्तान्तरण गर्दैै गरेका थिए ।उद्घाटन खेलमा नमुना सामुदायिक विद्यालयको टिमलाई माउन्ट समिट वर्ल स्कुलले सोझो सेटमा जितेको थियो भने मंंगलबारै भएको अर्को खेलमा नवकिरण इग्लिस बोर्डिङ्ग स्कुलले पंचायन विद्या मन्दिरको टिममाथी जित हासिल गरेको छ भने मंगलबारै भएको अर्को खेलमा युनिक सगरमाथा बिजेता घ
इनरुवा/ प्रजातन्त्र दिवसको अवसर पारेर ‘प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सव प्रदेश १’ सुनसरी सदरमुकाम इनरुवामा आइतबारबाट सुरुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय अमनलाल मोदिको प्रमुख आतिथ्यता तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको सभापतित्वमा औपचारिक कार्यक्रम गरि सुभारम्भ गरिएमो हो । औपचारिक कार्यक्रमअघि भगवती स्कुलदेखि महोत्सव स्थल शान्ति चोक सम्म विभिन्न जातजातिको झाकी सहितको र्याली गरिएको थियो । महोत्सवको समुद्घाटन कार्यक्रममा विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को आयोजनामा सुरु भएको महोत्सव आयोजकले इनरुवाको स्थाप
विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा झरना युवा क्लब सुन्दरहरैंचाको आयोजनामा विराटचोक महोत्सव तथा फुड फेस्टिभल शुरु भएको छ । महोत्सवको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले गरिन् ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख चौधरीले आयोजकले महोत्सवको आयोजना गरेर बचत भएको रकम सामुदायिक विद्यालयका विद्यार्थीका लागि सहयोग गर्ने उद्देश्य राख्नु सह्रानीय भएको बताइन् ।नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नवराज चापागाईँले व्यवसायीबीच सम्बन्ध बढाउन यस्ता महोत्सवको भूमिका उल्लेखनीय हुने उल्लेख गरे । आफूलाई अप्ठ्यारो नपर्ने गरी उद्योग वाणिज्य संघले पनि महोत्सवलाई सहयोग गर्ने उद्य
बुढीगंगा । विराटनगर १९ घर भएकी २८ वर्षीय प्रियङ्का सुनवार साहको हत्या आरोपमा प्रहरीले श्रीमान् २९ वर्षीय रमेश साहसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले कटहरी गाउँपालिका ५ का रमानन्द राम र कटहरी ५ का ३५ वर्षीय उमेश सरदारलाई अनुसन्धानको लागि आज नियन्त्रणमा लिएको हो ।पक्राउ परका रमानन्द शव व्यवस्थापनको लागि एम्बुलेन्स खोज्ने व्यक्ति रहेको प्रहरीले जनाएको छ । सुरुमा प्रहरीले उनलाई पक्राउ गरेपछि हत्या गरेर शव फेला पारेको थियो ।प्रिंयकाको आज दिउँसो मोरङको बुढीगंगा गाउँपालिका २ अमाहीमा नर्सिङ चौधरीको घरको ग्वालीमा बोरा भित्र शव भेटिएको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले जानकारी
बुढीगंगा । माेरङकाे बुढीगंगा २ अमाहिमा एक जना महिलाकाे हत्या गरेकाे अवस्थामा शव भेटिएको छ ।पहिचान नखुलेकाे अन्दाजी ३५ बर्षिय महिलाको हत्या गरेकाे अवस्थामा बोराभित्र शव भेटिएको हाे ।स्थानीय नरसिंह चाैधरिकाे घरमा बाेराभित्र हालेकाे अवस्थामा शव भेटिएको माेरङ प्रहरिका प्रबक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । अहिले घटनास्थलमा माेरङ प्रहरीका डिएसपी रन्जनकुमार दाहलकाे नेतृत्वमा टाेली परिचालन भएकाे छ ।प्रहरीले घटनामा सम्लग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । महिलाको घाटीमा चोट रहेको प्रहरीले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.