इटहरी / स्थानीय खानाका परिकार प्रवद्र्दन गर्नुपर्ने इटहरीइमा शनिबार आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन । प्रिमियर होटल स्कुलले आयोजना गरेको लोकल फुड हन्ट कार्यक्रमका वक्ताहरुले नेपालका स्थानीय खानालाइ प्रवद्र्दन गर्दै विदेशी पर्यटकलाई लोभ्याउनुपर्ने आवश्यकता औल्याए ।

          प्रिमियर होटल स्कुलका निर्देशक सुनिल भुसालको अध्यक्षता तथा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहको उपस्थितीमा आयोजित लोकल फुड हन्टमा कलेजका होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुले झिगे माछा, घुँगी लगायत पुर्वी तराईका स्थानीय परिकार प्रदर्शन गरेका थिए । स्थानीय खानालाइ जगेर्ना साथै प्रोत्साहन गर्न विद्यार्थीहरुले तयार गरेका १५ भन्दा धेरै जातीय परिकारहरुको सहभागीले स्वाद लिएका थिए ।

333897679_942750830229629_3745266243296320064_n

       नेपालका रैथाने परिकार प्रवद्र्दन गर्ने उद्देश्यले सञ्चालनमा ल्याउन लागीएको कार्यक्रम सेफ नेपालका लागि देशका विभिन्न क्षेत्रका स्थानीय परिकार र तीनका महत्वलाई प्रवद्र्दन गर्न आफुहरुले अभियान नै चलाएको र त्यसै क्रममा इटहरी आएको अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त मास्टर सेफ सन्तोष साहको भनाइ छ ।

नेपाली खानालाई अन्तराष्ट्रिय बजारमा चिनाउन सके यसले नेपालको पर्यटन विकासमा पनि टेवा पुग्ने सहभागीको निश्कर्ष थियो ।

333897679_942750830229629_3745266243296320064_n