सप्तरी । राजविराज नगरपालिकाको स्वास्थ्य शाखाले नगरवासीलाई म्याद सकिएको कोरोनाको खोप लगाउदै आएको जानकारी प्राप्त भएको छ । राजविराज नगरपालिका–८ को एक विद्यालयमा सयौ विद्यार्थीलाई त्यस्तो खोप लगाएको हो । भ्याक्सिन लगाउने भनेर राजविराज नगरपालिका–८ स्वास्थ्य शाखाकी स्वास्थ्यकर्मी कल्पना रामसहित खटिएको टोलीले लगाउन ल्याएको खोप विद्यालयकै प्रधानाध्यापकले चेक गरेपछि सबै भ्याक्सिनको म्याद गुज्रेको पाइएको हो । म्याद गुज्रेको भ्याक्सिनबारे जानकारी भएपछि विद्यालयले खोप लगाउनबाट विद्यार्थीलाई रोकेको थियो । वर्षदिन यता कोरोनाको
काठमाडौँ – पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका नाममा दुरुपयोग पनि उत्तिकै बढ्दै गएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमको प्रयोग गरेर समाजमा विकृति बढ्दै जाँदा गुल्मीमा पनि अचम्मको प्रसङ्ग बाहिरएको हो ।सुन्दा अचम्म लाग्न सक्छ तर, गुल्मीमा फेसबुक म्यासेन्जरको प्रयोग गरेर एक समूहले लागुऔषधको प्रयोग गर्दै आएको छ । जिल्लामा गाँजा खानेको म्यासेन्जर ग्रुप छ । जसको नाम जी ग्रुप राखिएको छ । उनीहरू म्यासेन्जर ग्रुपमा गाँजा खाने ठाउँ, गाँजा लिने पालो र सहभागी हुने विषयमा छलफल गर्दछन् ।सामाजिक सञ्जाल फेसबुक प्रोफाइल हेरेर उनीहरूले ग्रुपमा सदस्य थप्दै गएका छन् । चित्र तथा चरित्रको आधारमा शङ्का लागेमा त
काठमाडौं । प्रतिनिधिसभाको जारी बैठकमा मधेश आन्दोलनमा शहीद भएकाप्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।सभामुख चयन प्रक्रिया अघि बढिरहँदा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकान्त राउत (सिके राउत) ले मधेश आन्दोलनमा शहीद भएकाप्रति उठेर श्रद्धाञ्जली व्यक्त गर्न आग्रह गरे । त्यसपछि सांसदहरुले उठेर शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरे ।शहीदप्रति पनि विभेद भएको भन्दै उनले आक्रोश पनि व्यक्त गरेका थिए । सरकार गठनका बेलामात्र राष्ट्रिय सहमतिको मात्र कुरा उठ्ने गरेको भन्दै उनले मधेशी, थारुसहितलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने बताए ।
इटहरी । गिटी कुटेर जीविकोपार्जन गर्दै आएका इटहरी उपमहानगरपालिका वडा नम्बर ४ हरियाली टोलमा बस्ने २६ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । नेपाल रेड्क्रस सोसाइटी इटहरीको सहयोग तथा हरियाली टोल विकास संस्थाका अध्यक्ष विक्रम श्रीको समन्वयमा विपन्न परिवारका मानिसहरुलाई खाद्यान्न वितरण गरिएको हो । जाडो वढी रहेको समयमा काम गर्न नसक्दा समस्यामा परेका खोलासंग सम्वन्धित मजदुर परिवारलाई नेपाल रेडक्रस सोसाइटी इटहरीको समन्वयमा सहयोगी मनहरु शयाम रिजाल , गणेश दुलाल , कमल पौडेल, किरण न्यौपाने , सेभेनस्टार एजुकेशनल इन्च्युष्टको सहयोगमा प्रति परिवार दश केजी चामल , एक केजी दाल र एक के
इटहरी । जाडो वढी रहेको समयमा न्यानो कपडाको अभावमा विद्यालयमा विद्यार्थीको संख्या घट्ने तर्फ मध्यनजर गर्दै विपन्न विद्यार्थीलाई विश्व आर्दश कलेज इटहरीले न्यानो कपडा वितरण गर्दै आएको छ । न्यानो कपडाको अभावमा विद्यालयमा अध्ययनका लागि जान समेत समस्या झेल्दै आएका सामुदायिक विद्यालयका विद्यार्थीलाई स्वीटर वितरण गर्दै आएको कलेजले सार्वजनिक आधारभुत विद्यालय इटहरीमा पनि स्वीटर वितरण गरेको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर १४मा रहेको सार्वजनिक आधारभुत विद्यालयमा अध्ययनरत ६४ जना विद्यार्थीलाई नेपाल रेडक्रस सोसाइटी इटहरीको समन्वयमा विश्व आर्दश कलेज परिवारले स्वीटर वितर
इटहरी । पटकपटक चोरी हुँदै आएको इटहरीको मुख्य चोक क्षेत्रमा रहेको सपना मोवाईल सेन्टरको ताला फोडेर फेरी चोरी भएको छ । मोवायल विक्री तथा मर्मत गर्ने सपना मोवाईल सेन्टरको मर्मत गर्ने तर्फको पसलमा लगाएको तीन वटा ताला फोडेर चोरी भएको सेन्टरका सञ्चालक खड्ग श्रेष्ठले जानकारी दिएका हुन । सो मोवाईलय सेन्टरमा ६ महिना अघि पनि चोरी भएको थियो । सिसी टिभीमा चोरी भई रहेको दृष्य देखिएपछि प्रहरीले चोरीमा संलग्नलाई पक्राउ गरेपनि चोरी भएका सामानहरुको क्षतिपूर्ति हाल सम्म नपाएको सञ्चालक श्रेष्ठले गुनासो गरे ।ययस पटक पनि चोरले ताला फुटाएर मर्मत गर्न राखिएका पुराना मोवायल, स्मार्टवाच र
सुनसरीको दुहवीमा दास्रो सोनापुर गोल्डकप हुने भएको छ । दुहवीमा हुने दास्रो सोनापुर गोल्डकप नेपाल भरी रहेको फुटवल क्लवहरुले प्रतियोगितामा प्रतियोगि रहन सक्ने छ । मेमोरी यूवा क्लबको आयोजनामा सुनसरीको दुहवीमा दास्रो सोनापुर गोल्डकप हुने भएको छ । फुटवल प्रतियोगिताले स्थानिय स्तरमा विशेष महत्व राखेको साथै प्रतियोगिताको दोस्रो संस्करण अझ भव्य रुपमा सञ्चालन गरिने विश्वास ले प्रदेश १ का लागि गौरवको विषय स नेपालको चर्चित फुटवलका युवा खेलाडिहरुलाइ यसले आफ्नो प्रतिभा पर्दशन गर्न तथा नपालि राष्ट्रिए फुटवल टिम निमार्ण गर्न थप सहयोग पुराउन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको सस
महिला, बालबालिका तथा जेष्ठ्य नागरिक मन्त्री भगबती चौधरीले महिला, बालबालिका र जेष्ठ्य नागरिकका हक अधिकार संस्थागत गर्न तथा उनीहरुको सुरक्षणका लागि विशेष काम गर्ने बताएकी छिन् । आज राष्ट्रपति निवासमा मन्त्री पदको सपथ लिएसँगै मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले महिलालाई राज्यका सबै क्षेत्रमा समान पहुँच स्थापित गर्न, ग्रासरुटबाटै बालबालिकाहरुको वृत्ति विकास गर्न र बालअधिकार प्रत्याभूत गर्न ठोस योजना लिएर आउने बताइन् । सरकारका मन्त्रालयहरुमा कम महत्वको मन्त्रालयका रुपमा विगतमा हेरिएपनि आफ्नो कार्यकालमा उदाहरणीय मन्त्रालयका रुपमा परिचित गराउने र जनताले परिवर्तनको महशुष गर्ने गरी काम गर
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा खनाल शिक्षामन्त्री नियुक्त भएका हुन् ।काठमाडौं–६ बाट प्रत्यक्ष निर्वाचित खनाल सार्वजनिक नीतिशास्त्र पढेका, माध्यमिक शिक्षाको समस्यालाई नजिकबाट बुझेका र त्यसमै काम गरेर आएका व्यक्ति हुन् ।‘टिच फर नेपाल’ नामक संस्थाका संस्थापक उनले २०७४ सालको निर्वाचनपछि तुलसीपुर महानगरपालिकामा शिक्षा सल्लाहकार भएर काम गरेका थिए । तत्कालीन मेयर घनश्याम पाण्डेको बुझाइमा नवनियुक्त शिक्षा मन्त्री खनाल शिक्षा क्षेत्रमा मुलुकले भोगिरहेको
इटहरी । साहित्यिक कार्यक्रम कफि र शाश्वत संग संगै सुनसरीको इटहरीमा आयोजना गरियो । साहित्यकार शााश्वत ढुंगाना गोविन्दका कविता तथा गजलहरु उनकै मुखबाट सुन्ने र आफना रचना सुनाउने कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको हो । जाडोको समयमा कफिको चुस्की लिदै साहित्यकारहरु आफना रचना सुनाउदै र शाश्वतका कविता र गजलमा आनन्द लिएका थिए । गितकार किरण टि लिम्बुको अध्यक्षता तथा प्रा.डा बद्रीविशाल पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य र इटहरीका विषयमा लेखक दिनेश पौडेलले चर्चा गरेका थिए भने किशोर कोइराला , जीवी गजल , सुविद गुर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.