इटहरी । साहित्यिक कार्यक्रम कफि र शाश्वत संग संगै सुनसरीको इटहरीमा आयोजना गरियो । साहित्यकार शााश्वत ढुंगाना गोविन्दका कविता तथा गजलहरु उनकै मुखबाट सुन्ने र आफना रचना सुनाउने कार्यक्रम सगरमाथा साहित्य प्रतिष्ठानले आयोजना गरेको हो ।

जाडोको समयमा कफिको चुस्की लिदै साहित्यकारहरु आफना रचना सुनाउदै र शाश्वतका कविता र गजलमा आनन्द लिएका थिए । गितकार किरण टि लिम्बुको अध्यक्षता तथा प्रा.डा बद्रीविशाल पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य र इटहरीका विषयमा लेखक दिनेश पौडेलले चर्चा गरेका थिए भने किशोर कोइराला , जीवी गजल , सुविद गुरागाई , जिपी तिवारी , रोमु अधिकारी , खगेन्द्र समरस ,चन्द्र साम्पाहागं , मिश्रा गुरुगं र घिमीरे विनोदले आफना रचना सुनाएका थिए ।


